मेरो सानो भाइ
बन्दना पौडेल
चकचक गर्छ बोल्छ धेरै सानो मेरो भाइ ।लेख बाबु भन्छु मैले उसको हात समाइ ।।उसले मुखले बोलेजति पु¥याइ दिनुपर्छ ।नदिएमा ढुङ्गा टिपी हिर्काउने गर्छ ।।उठेदेखि मोबाइ मात्रै हुने गर्छ हातमा ।कपी, कलम छ भने फालिदिन्छ साथमा ।।एउटा कुरा सम्झाउछु अर्को सुनिदिन्छ ।मिठास बोली बोलेर यहाँ जाल बुनिदिन्छ ।।जान्न म त स्कुल भनी घरमा कराउँछ ।स्कुल जाने समयमा खै कता हराउँछ ।।पढ बाबु भन्यो भने नबोलेर बस्छ ।कपी, किताब देख्यो भने भागी भित्र पस्छ ।।पढ्ने शब्द सुनेपछि रिसाइ हाल्ने बानी ।नपढ्नेको कथा भन्छु सुन्छ झर्को मानी ।।कस्तो डर उसलाई कपी, कलमको यहाँ ।हजुरको भाइ कस्ता छन् भनी दिनुस् त्यहाँ ।।– तानसेन नपा —१२, पाल्पा