भोका सपनाहरूमा समन्वित चेतना
बाँस्कोटा धनञ्जय
विषय प्रवेश
समयको रङ्गलाई टिपेर गोजीभरि राखी घरीघरी कथाका, अनि घरीघरी कविताका सुन्दर हरफहरूमा देखाइरहने कवि होमशंकर बास्तोलाका कविताका रङ्गहरूको अनन्तता अकल्पनीय छ । किनकि उनका कविताका आयामहरू सधैँ अनन्त र अकल्पनीय रहन्छन् । जीवन साहित्यको योगदानमा अर्पेका बास्तोला एक सफल साहित्यिक पत्रकार पनि हुन् ।
बस्तोलाको पहिलो कृति आँसुका झरनाहरू (२०५८) हो भने उनको दोस्रो कृतिको रुपमा आएको गजलसङ्ग्रह हो घाम हराएको दिन (२०६१) । बन्दुकको छाया कथासङ्ग्रह (२०६७), हिमाल पहाडका कथा (२०७१) र कवितासङ्ग्रह भोका सपनाहरू (२०७८) उनका कृतिहरू हुन् ।
समन्वित चेतना
चेतना र विचार पदार्थले निर्माण गर्छ भनेर सामाजिक संरचनाको आधारमा विचार बन्ने उद्घोष गरे कोम्टे र कार्ल माक्र्सले । अनि उनीहरू साहित्यमा पनि रङ्ग भर्न आइपुगे । तिनले साहित्यकार, रङ्गकर्मी भनेका समाजको रङ्ग भर्ने प्रतिनिधि भएको हुनाले ती समाजबाट निरपेक्ष बस्न सक्दैनन् र बस्नुहुँदैन पनि भने । त्यो सापेक्षतामा समाज पढ्ने र बुभ्mने, अनि त्यी कुरा लेख्ने हुती राख्नुपर्छ साहित्यले र साहित्यकारले । त्यो ‘ज्ञानको समाजशास्त्र’ भनेको नै साहित्य हो । सिर्जना हो । कलाको रचना हो ।
विचारको इतिहास हेर्दा पूर्वीय दर्शनको वेद, पश्चिमका सोक्रेटिज, उत्तरका कन्फसियस सबै बिचारको कुरा गर्छन् । तर पदावलीमै ओर्लिएर प्रयोग गर्ने भने बेलायती लेखक पे्रmन्सिस बेकनको नाम आउँछ । उनले चार प्रकारका ‘आइडोल’को कुरा गरे । ‘आइडोलोजी’बाट आइडोल अर्थात् ‘विचार’को जन्म भएको हो र बेकनले भनेजस्तै ती विचारहरू कहीँ न कहीँबाट प्रभावित हुने गर्छन् नै । विचारलाई प्रभावमा पार्छन् नै । अनि समाज बदल्ने त्यही विचारको प्रक्षेपण गर्नुपर्छ भन्छ माक्र्सवादीय सौन्दर्यशास्त्रले । त्यसका विभिन्न मोडलहरू छन् । अनि उत्तरवर्ती विचारले फेरि विचारको उन्मुक्ततालाई अंगिकार गरिरहेको छ । यी विपरीत विचारबाट समाजमा विचारको मन्थन हुने गर्छ र त्यसले परिस्कृतता पस्किन्छ विचारको । समाजका समग्र आयामहरू र तिनका आयामहरूको, खासगरी सामाजिक, आर्थिक विचार र भावनाको एकीकृत अभिव्यञ्जना नै समन्वित विचार हो (बृहत् नेपाली शब्दकोश) ।
विचार शुद्ध हुनुपर्छ भन्छौं हामी । तर ती विचारहरू सबै प्रभावमुक्त हुँदैनन् । हर्के साहुको पिर देखेका आँखाहरू, समाजका कल्पनीय तथा अकल्पनीय आयामहरू पढिरहेको, सिकिहेको, तिनैमा घोत्लिरहेको एउटा लेखक ती आयामहरूको विपरीत जान सक्दैन । ती जे देख्छन् त्यही लेख्छन् । ती सत्य छन्, तर अन्तिम सत्य भने होइनन् । यो उत्तरवर्ती समयलाई कसैले इन्कार गर्न पनि सक्दैन । मैले देखेको समाजको रङ्ग अर्को समाजको मान्छेले उस्तै देख्छ भन्नु बच्चापन हो । मैले लेखेको उसको समाजको रङ्ग र उसले देखेको उसको समाजको रङ्ग कसरी एउटै हुन्छ ? यो भिन्न हुनु भनेको विचारमा भिन्नता हुनु हो । यसरी विचारले रङ्ग जन्माउँछ र रङ्गले साहित्य र कला । अनि विचारलाई धर्मले, संस्कारले, भूगोलले, लिङ्गले, शिक्षाको स्तरले, बुभ्mने क्षमताले, सामाजिकीकरणले प्रभाव पार्ने निश्चित हुन्छ । तिनै प्रभावयुक्त अभिव्यञ्जनाहरू साहित्यमा आउने गर्छन् र ती समन्वित चेतनाको हैसियत प्राप्त गर्छन् । ती चेतनाहरू शसक्त ढङ्गले उपस्थित हुन्छन् साहित्य सिर्जनामा ।
होमशंकर बास्तोलाको समन्वित चेतना भनेको प्रगतिवादी चेतना हो । राष्ट्रवादी चेतना हो । लुईस टाइसनले आप्mनो पुस्तक क्रिटिकल थ्योरी टुडे (२००६ः ६६) मा भनेकी छिन््, ‘....कम्तिमा प्रगतिवादी साहित्यले लेखक तथा पाठकहरूलाई विचारले सिँगारिदिन्छ र वर्गीय चेतनालाई उत्कर्षमा लैजान्छ ।’ होमशंकर बास्तोलाको समन्वित चेतना यही प्रगतिवाद र राष्ट्रवादको चेतना हो । पचासदेखि सत्तरीको दशकका राजनीतिका कुरुप रङ्गहरूलाई कोर्रा हान्न प्रयोग भएको छ बास्तोलाको समन्वित चेतना । समाजका कुरुप पाटाहरूलाई झटारो हान्न प्रयोग भएको छ उनको चेतना । राष्ट्रप्रेम ढोंगी हुँदै जानु, मानवता कमजोर बन्दै जानु, जनताका जीवन सदैव अभाव र अशिक्षाले पिसिँदै जानु र मानिसका मर्महरू छायामा पर्दै जाने कहालीलाग्दो समयको रङ्ग छरेर चेतना दिन खोजेका छन् उनका कवितामा । सामाजिक यथार्थता, साँढेको मिचाइमा परेका बबुरा बाछाहरूको बिम्बमा नेपाली जनता उद्घाटित भएका छन् बास्तोलाका कविताहरूमा ।
उपभोक्तावादको उत्कर्षमा बाँचेको यो समाज सबै खाले मानवीय, सामाजिक, आर्थिक र भौतिक बर्चस्वका लागि ‘जे पनि गर्ने’ र आफ्ना सिमानाहरू मनिसले धमाधम भत्काइरहेको बेलामा कवि होमशंकर बास्तोला कविता लेखिरहेका छन् । समाजको कुरुप दलीयकरण, संस्थागत भ्रष्टाचार र बेथितिको माहारतको रचना भइरहेको समयमा बास्तोला यी कविताहरू लेखिरहेका थिए । वर्गीय चेतना भर्नुपर्नेमा वर्गीय खाडल झन् बढाउन उद्यत हुनेहरूको भिडमा बास्तोला कविताहरू लेख्दै रहेका छन् । त्यसैले त डा. नरेन्द्र चापागाईं लेख्छन्, ‘राष्ट्रका समस्याहरूको पहिचान गरी त्यसबाट मुक्ति दिलाउने अभिचेतना आफ्ना कवितामा मुखरित गर्ने व्यक्ति नै साँचो राष्ट्रवादी कहलाउँछ, सच्चा मानवतावादीका रुपमा परिभाषित हुन्छ ।’
बास्तोलाका समन्वित चेतना समाजको उपभोक्तावादी सोच, समाजमा भएका विभेद, असमानता, अपारदर्शिता, सामन्ती सोच र सबै खाले अन्यायहरूको विरुद्धमा तथा राष्ट्रप्रेमको पक्षमा चेतना पस्किन खोजिरहेका छन् ।
‘भोका सपनाहरू’ मा समन्वित चेतना
मूलतः लेख्नु भनेको चेतना पस्किनु हो । मन पस्किनु हो । भावना मुखरित गर्नु हो । समयका धब्बाहरूलाई प्रक्षेपण गर्नु हो । समाज, व्यक्ति र राष्ट्रका पर्दा अगाडि र पछाडिका विषयहरूको अन्तर्बोध गर्नु र गराउनु हो । होमशंकर बास्तोलाले पनि यही काम गरिरहेका छन् यस कविता कृतिमा ।
उनका कविताका समन्वित चेतना कुनै असम्भव तारा झारेर ल्याउने स्वैरकल्पनाधारी पनि छैनन् । ती समाजले भोगेका उकाली ओरालीहरू छन् । नागवेली परेका तर काँडाले छपक्कै ढाकेका कठिन बाटाहरू पनि छन् । समाजमा कोही ती बाटा पन्साउन खोज्छन्, कोही नदेखेभैmँ गरेर हिँड्छन् आफ्नो गन्तव्यका लागि । बास्तोला ती नदेखेभैmँ गरेर हिँड्ने बटुवा होइनन् । उनी काँढा पन्साउनुपर्छ भन्छन् यस कविता कृतिमा ।
साहित्यमा सबैभन्दा बढी लेखिने र पढिने विधा कविता हो । कवि होमशंकर बास्तोला एक कविता साधक हुन् । उनका कविताहरू समन्वित चेतनाका राँकाहरू माथितिर उचालिरहन्छन् । तर उनका कविता कुनै ठुलो विषयवस्तुमा आधारित पनि छैनन् । बरु आफँै बाँचेको समाजका विविध रङ्गहरू सुख, दुःख, आशा र उत्साह, लोभ, मोह, आक्रोश, संघर्ष, आशक्ति, कुण्ठा आदि विषयलाई आफ्नो कविताको भावमा समेट्छन् । श्रम गरेर बाँचेकाहरूका कथा अलिखित छन् । ती अज्ञात नागरिक हुन् । तिनको भावनाको कुनै लेखोट छैन । तिनै मानिसहरूको भावनाको लेखोट हुन् कवि होमशंकर बास्तोलाका कविताहरू ।
उनी समाजका रूपरङ्गहरूलाई जस्तै हत्याहिंसा, बलत्कार, दुराचार, अत्याचार, कमिसनतन्त्र, सांसद खरिद बिक्री, दमन, उत्पीडन, आस्थाको आधारमा भेदभाव, असन्तोष, असहमति, बिरोध, खिन्नता, विद्रोह, सबै पस्कन्छन् र राष्ट्रप्रेम, संस्कृति प्रेम, शिक्षाप्रेम, जनता प्रेम, मानवता प्रेम, जीवन प्रेमका आयामहरू यस सङ्ग्रहमा समेटिएका छन् ।
बास्तोलाले जीवन र समाजका बाङ्गाटिङ्गा बाटाहरूलाई सच्याउने प्रयास गरेका छन् । राष्ट्र, युवाहरू र सर्जकहरूप्रति सम्मानमा निस्केका बास्तोला सामाजिक विकृतिहरूलाई खरो अभिव्यञ्जनाहरू लिएर उत्रिन्छन् काव्यमा ।
उनका ३५ वटा कविताहरू समाहित कवितासङ्ग्रह ‘भोका सपनाहरू’ आफैँमा चेतनाको राँको हो र उनका कविताहरूलाई यिनै विभिन्न समन्वित चेतनाका रंगहरूले पढ्न सकिन्छ ।
१. राष्ट्रवादी चेतना
जुन कुराले देशको हित हुन्छ, जनताको हित हुन्छ र त्यही कुरालाई अँगालेर त्यसैको पृष्ठपोषण गर्नु नै राष्ट्रवाद हो । कवि बास्तोलाका कविताहरूमा पाइने राष्ट्रवादमा यी विशेषताहरूको प्रभुत्व देखिन्छ । उनका कवितामा एक समुन्नत राष्ट्र बनाउने सपना छ । ती कविताहरू माटोको माया, हिमाल, पहाड भत्कन्न, आमाको पीडा, आमाको दुखेको छाती हुन् जुन आफ्नो देशको मायाले पिरोलिरहेको दुखेसो पोख्छन् । यस मुलुकका हरेक अवयवहरूलाई सुम्सुम्याउँदै, चुम्मन गर्दै स्नेहभावले देशको माटो सुम्सुम्याउँछन् कवि बास्तोला । उनी माटोको माया कवितामा यसरी आज होस् गुमाएका कथित राष्ट्रवादीहरूलाई झाँक्को झार्छन्ः
हामीलाई इच्छा पनि छैन
माटोको मृत्युको खबर सुन्न । (पृ.२८)
राष्ट्र निर्माण गर्ने उनको उत्कण्ठा सगरमाथाजस्तै उच्च भएर जान्छ । उनी सबैलाई राष्ट्र निर्माणमा उठौं भन्न निकै जोसका साथ सकिरहेका छन् आमाको पीडा कवितामा ः
तिम्रो आलो घाउमा
चह¥याएको छातीमा
अलिकति मलम दलेर
दुखाइ कम गर्न सकिरहेको छुइनँ । (पृ.६२ )
२. राजनैतिक अर्थात् वर्गीय चेतना
होमशंकर बास्तोलाका कविताहरू राजनीतिक चेतनाका आयामहरूले भरीभराउ छन् । ती समकालीन नेपाली राजनीतिका कुरुप पाटाहरूको फण्डाफोर गर्न चाहन्छन् । त्यसमा सुद्धताको आब्हान छ । ती कविताहरूमा अभाव, त्रिशुलीमा गिट्टी कुट्नेहरू, ओडारे माइलाका भोका सपनाहरू, तमसुक, मलम खोजिरहेछु, साँपहरू, पहाड भत्कन्न, खोसिएको खुसी, सडकमा पल्टेको लास, विश्वास भत्किएको बेलाजस्ता कविताहरूले उनको राजनैतिक चेतनाको उजागर गरेका छन् । त्यो भनेको समाजमा असमानता, भ्रष्टाचार, वर्गीय विभेद र अन्य कारणले पछाडि परेका समुदायहरूलाई आवाज दिनु हो । तिनका भावना बोल्नु हो । तिनलाई एकताबद्ध बनाउनु हो र तिनलाई संघर्षमा उतारेर तिनको सर्वोच्चता स्थापित गर्नु हो । सादा जीवन उच्च विचार अनुसरण गर्नु हो । उपभोक्तावादी समाजलाई बदल्नु हो । मानिसलाई यन्त्रिक बनाउने, समाजमा श्रमको मोल गिरिरहेको अवस्थामा त्यसको मोल बढाउने युगको थालनी गर्ने हो । त्यो निमुखा वर्गलाई अधिकार सम्पन्न बनाउन आन्दोलन र संघर्ष गर्नु हो । राष्ट्रिय पुँजीको विकास गर्नु हो र समग्रमा द्वन्द्वात्मकता खडा गरी स्थापित मान्यताहरूलाई बदल्नु हो । फेर्नु हो । उनी राजनैतिक खडेरी परेको र नेतागणले गरिबीमाथि लादेको निरपेक्षतालाई अनि यो समयलाई यसरी छाला काढ्दै भन्छन् त्रिशुलीमा गिट्टी कुट्नेहरू कवितामाः
सत्ताको इन्जेक्सन लगाएर
हष्टपुष्ट देखिनु सिवाय
खै के देखिरहेछ र यहाँ ? (पृ.२६)
माक्र्सवादीय सौन्दर्यशास्त्र, खासगरी नेपाली माटोमा आब्हान गरिरहन्छ विगत सात दशकदेखि, श्रमजीवि वर्गको एकता र संघर्षमा समर्पित छ । तिनको मुक्तिको लागि समर्पित छ । तिनका वर्गशत्रुको विरुद्धमा प्रयत्नशील छ र यही समर्पण सबल भएर यसरी उजागर हुन्छ कवि बास्तोलाका कवितामा ः
साँच्चै ए सरकार !
फाटेको धुरीको प्वालबाट
ओडारेको बाँसको कटेरोमा
कहिले छिर्ला सपनाको नयाँ घाम ? (पृ.३२)
सामन्तवादी समाजलाई अनेकौं अलंकारहरूको प्रयोग गरेका छन् बास्तोलाले आफ्ना कविताहरूमा । सामन्तवादीहरू आततायी छन् । तिनका रङ्ग र शैली अकल्पनीय छन् र त उनी अलंकारहरूको सहायता लिएर आफ्नो बिद्रोहलाई यसरी घनिभूत बनाउँछन् कविता विश्वास भत्किएको बेलामा ः
अब भत्काउनुपर्छ तिमीहरूले
आफ्नै अस्थित्वहीन पर्खालहरू
अविश्वासका गहिरा गहिरा खाडलहरु (पृ. ९५)
३. स्वच्छन्दता
कवि होमशंकर बास्तोलाका कविताहरूमा पाइने समन्विक चेतनामा शान्तिभाव पनि एक हो । त्यो शान्ति भनेको राजनैतिक विषयलाई मात्र लिने गरिन्न । त्यो भनेको आत्माको शान्ति पनि हो । परिवेशको शान्ति पनि हो र स्वच्छन्दवादीहरूले आनन्द लिने संस्मरण, प्रकृति प्रेम पनि हो । आपैंmलाई यो प्रकृतिको सुन्दर बगैंचामा समाहित गर्नु पनि हो । ती कालजयी आनन्दहरू हुन् । ती सर्वकालिक छन् । प्रकृतिका अकल्पनीय आयामहरूमा मानिसले आफूलाई अन्तरघुलन गर्न पुग्छ र जीवनको सबैभन्दा रहस्यमय पाटामा आपूmलाई उभ्याउँछ । त्यो लेख्ने काम बेलायती कवि विलियम वर्डस्वर्थले अङ्ग्रेजी कवितामा गरे । नेपाली साहित्यमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाले गरे । आफ्नै नोष्टाल्जिय, अर्थात् सम्झनामा रमाउनु शान्ति हो, स्वच्छन्दता हो । प्रकृतिको अनन्दतासँग सधँै रमाउँछन् जुन कुरा उनको तिम्रो साथ शीर्षकको कवितामा यत्रतत्र छरिएको छ । उनी भन्छन्ः
तिमी हिँड्दै गरेको जिन्दगीको सडकमा
बिछ्याएका नरम ओठहरू
भुल्नै सक्दिन यो बतासमा (पृ.७७)
४. मानवतावाद अर्थात् सामाजिक चेतना
आज खिइँदै गएको मानव सभ्यता, त्यसमा पनि हामी आपैmँ बाँचेको सभ्यताका अनेकौं बेरङ्गी तस्वीरहरू हामी दैनिक सुम्सुम्याइरहेका छौं । तिनैको समीपमा आफैँलाई घिसारेर जिइरहेका छौं । कवि बास्तोलाले यो समाजका ती अस्वीकार्य रङ्गहरूलाई कोर्रा लगाइरहेका छन् आफ्ना कविताहरूमा । मानव सभ्यतालाई माथि उठाउने ती अवयवहरूलाई प्रेमले सम्झिरहेका छन् र सिँगारिहेका छन् । उनका कविताहरूमा समाज र संस्कृतिलाई उँचो बनाउने र यसको विरासतलाई रङ्ग्याउने आवाजहरू छन् । जुन समाजमा इतिहासलाई सम्मान गरिन्छ, जुन समाजमा भाषा र संस्कृतिविदहरूको उच्च सम्मान गरिन्छ, जुन समाजमा भाइचारा र सहयोगको राग अलापिन्छ, जुन समाजमा मानिसहरूको सम्मान र गौरवगाथा गाइन्छ, जुन समाज शान्ति र अमनचैनमा रमाउँछ, त्यो समाज मानवतावादी समाज हो । त्यसले मानिसका हर आयामहरूको, इतिहासका डोबहरूको रक्षा गर्न तम्सिन्छ र मानिसका कर्महरूलाई माथि उठाउने कसम खान्छ, त्यो समाज मानवतावादी समाज हो । जुन समाजले समाजका हर आयामहरू जस्तै कला, संस्कृति, भाषा, साहित्य, धर्म, रीति, परम्परा र मानिसले गरेका हर उपलब्धिको चर्चा र रक्षा गर्छ, त्यो मानवतावादी समाज हो । नानीहरूप्रति समवेदना, ओडारे माइलाका भोका सपनाहरू, पूmलहरू, जन्जिर र पर्खालहरू जस्ता कविताहरूले समाजको ताँदो उठाएका छन् । समाजको दलिन उठाएका छन् र बाध्य बनाएका छन् तिनलाई स्वीकार्न जो मान्छेलाई कमजोर प्राणी बनाउन चाहन्छ, जो मान्छेका टाउका गनेर आापूm वीरताको गीत गाउँछ । मान्छेलाई गाडीमा कोचेर तिनको ओसार प्रसार गर्छ र सत्ता र शक्ति सुरक्षित गर्छ । कवि बास्तोला त्यस्ता कुरुप फेहरिस्तहरूलाई मेट्न कलम लिएर आउँछन् आफ्ना कविताहरूमा । तिनै आवाजहरूले उनको समन्वित चेतना पस्किरहेका छन् । समाजका पहिचान जनाउने रचना र रचनाकारप्रति सम्मान जनाउने बास्तोलाका कविताहरू चेतनाका सीमित दिवालहरू पार गरेर निकै पर पुग्छन् र खरो जवाफ दिन्छन् जन्जिर र पर्खालहरू कवितामाः
तिमीले हान्यै बन्दुक
र, बगायौं रगतको भेल
जुन भेलले —
तिमीलाई बगायो । (पृ. ५०)
उपसंहार
कवि होमशंकर बास्तोलाको कवितासङ्ग्रह भोका सपनाहरू एउटा अनुपम कृति हो । मानव चेतनाको अजस्र धाराहरू झार्दै, तिनलाई समाजको गति दिने अस्त्रको रुपमा काव्ययान गर्न सफलीभूत भएका छन् बास्तोला । चेतना हर क्षेत्रमा आवश्यक छ । चेतना आत्मा हो, ज्ञान हो, सिप हो, सूचना हो, ज्ञानको प्रक्षेपण र संप्रेषण हो, व्यक्ति र समाज बदल्ने अस्त्र हो । मानव पहिचान र उपलब्धिको अन्नत शास्त्र हो चेतना । पश्चिमाहरूले यही चेतनाको बिक्री गरे, लादेर विश्वलाई नियन्त्रणमा राखे । विज्ञानमा तिनै चेतना हावी भयो र ग्यालिलि ग्यालिलो, न्युटन, कोपर्निकसका नाम हाम्रा दिमाग भर्न आइपुग्छन् । कला, साहित्य र समाजविज्ञानमा अरिस्टोटल र सोफोक्लिजहरू आइपुग्छन्, प्लेटो आइपुग्छन् । राजनीतिमा रुसो र माक्र्सहरू आइपुग्छन् र कब्जा गर्छन् यो दुनियाँका दिमागहरूलाई । आजसम्म तिनका चेतनाको राप र तापले हाम्रा दिमागलाई भरिरहेको छ । हामी उन्मुक्त भएर तिनको प्रशंसा गर्न आपूmलाई महान् सम्झिरहेका छौं । यही चेतनाको दास हुन्छ हर सभ्यता । हर मान्छे । हर समाज । र त्यसको प्रतापले दुनियाँ बदलिदिन्छ । यिनै चेतनाको कुरा ग¥यौं हामीले । यही चेतनाको विगुल फुक्यौं हामीले यस कविता कृतिमा । यही चेतनाको कसीमा राखेर हे¥यौं कवि होमशंकर बास्तोलालाई हामीले ।
बास्तोलाको यस सङ्ग्रहमा उपस्थित सबै कविताहरूले कुनै न कुनै चेतना पस्किरहेकै छन् र ती चेतनाहरूको पोको नै सवन्मित चेतना हो । यस अर्थमा यो सङ्ग्रह चेतनाहरूको पोको भन्दा अत्युक्ति हुँदैन । तिनको पस्काइलाई हेर्ने सूक्ष्म अर्को चेतनाको मात्रै खाँचो हो । किनभने यी कविताहरूमा राष्ट्रियताको चेतना, राजनैतिक चेतना, मानवतावादी चेतना, प्रकृतिवादी चेतना, समाजिक चेतना असरल्ल छरिएका छन् । तिनलाई कसरी टिप्ने भन्ने कुराको मात्रै कुरा हुन सक्ला ।
सन्दर्भ सूची
– बाँस्कोटा, धनञ्जय (२०७८) सङ्गम, दमकः साहित्यकला सङ्गम अंक १४ (पृ.५३)
– बास्तोला, होमशंकर (२०७८) भोका सपनाहरू, काठमाडौँः कौशिकी
साहित्य प्रतिष्ठान ।
– Tyson, Lois. (2006) Critical Theory Today: A User Friendly
Guide, 2nd ed. Special Nepal Reprint. Noida: Routledge.
- दमक, झापा
