मानिस कौतुहलको लामो, अँध्यारो, अप्ठारो गुफामा भौतारिरहेको हुन्छ । एकै वाक्यमा भन्ने हो भने देवताको कोटीमा पुगिसकेका पण्डित टेकनाथ भट्टराईको जीवन देवताको झैं थियो, संघर्षमय जीवन, सरल स्वभावका सबैसँग आत्मीयता राख्ने । सबै छोराहरू आँटिला आफ्ना क्षेत्रका दरिला खम्बाको रूपमा पाउँदा २०५६ असार १५ गते पण्डित टेकनाथको अन्तिम सन्तोषको क्षणमा दिवंगत पुर्खाहरूका आँखाबाट अवश्य खुशीको आँसु झरेको हुनुपर्छ । जीवन यापनको लागि जहाँ गए पनि उहाँको सद्व्यवहारमा कुनै परिवर्तन आएन, सदा निर्लिप्त, निसंग बनिरहनुभयो ।
समीक्ष कृति ‘स्मृतिबिम्ब पण्डित टेकनाथ भट्टराई’ अध्ययन गरे, देशका करिब चार दर्जन लब्ध– प्रतिष्ठित विद्वानहरूले सजाएको शब्दको श्रद्धाञ्जलीबारे एक शब्द पनि धारणा नराखेर ब्लाङ्केट ओढेर सुत्नु पनि भएन । प्राप्त गहन जानकारी सद्–व्यवहारको चर्चा नगर्नु अवश्य राम्रो कुरा होइन, यसकारणले पनि विवश छु । तर त्वरित प्रतिक्रिया पनि राम्रो होइन, यो बुझेको छु ।
धोखा, बेइमान, चोरी, डकैती यहाँसम्म कि मृत्युको अनेकन समाचारले पण्डित
टेकनाथलाई कर्तव्यपथबाट डगाउन, प्रभावित गर्न सकेन । सबै मानिस
सदा सद्–व्यवहारमा अड्न सकेको पाइदैन, यस पुस्तकको शब्द शब्द पढेर अनि कर्मपथका विराट
व्यक्तित्व बुझ्ने प्रयत्न गरेँ । मेरो आँखा कौतुहलसाथ पुस्तकका अक्षरमा अडिदै रह्यो
। मेरा वरिपरि रहेका साहित्यका अन्य पुस्तकले पनि ध्यान तान्न सकेन— जबसम्म यो पढेर तुरिन ।
“स्मृतिबिम्ब पडित टेकनाथ भट्टराई” पढ्दै गर्दा अचानक समयको उथलपुथलको भयावहताले मानौं
मस्तिष्कलाई छोयो र मेरुदण्डको तल्लो भागबाट सनसनाउँदै घाँटीसम्म झन्झनायो । स्मरणमा
आएका ती वाक्यहरू बारम्बार पाना पल्टाउँदै पढ्दै गए र सोच्दै गए मदनमणि दीक्षित, डा. रामदयाल राकेश, यज्ञप्रसाद गौतम, कमलराज भट्टराई, डा. गोविन्दराज भट्टराई, रामप्रसाद भट्टराई, ओमप्रकाश दाहालका संवेदना अवश्य नै पण्डित टेकनाथ
बाँचेको समयलाई समाउन सक्ने कुशलता हो, वास्तवमा व्यक्तिले व्यहोरेको
समयलाई अभिव्यक्त गर्ने प्रभावपूर्ण क्षमता छ यी लेखकहरूसँग । यो स्मृतिबिम्ब चर्चित
साहित्यकार डा. तुलसी भट्टराईसमेतको सफल सम्पादन हो ।
पण्डित
टेकनाथको यो स्मृतिबिम्ब ‘स्मृति’को अभिव्यक्तिमात्र हैन, वाल्यकालदेखिको संघर्षको सविस्तार साथै सर्वोपरि
वर्णन पनि हो । त्यसैले मैले मन लगाएर पढँे, जहाँ रहे पनि जे कर्म गरे पनि
सत्–व्यवहार नै पाएँ । त्यसैले पण्डित टेकनाथ नेपाली
माटोका सत्–पुरुष हुन्— जो, सदा विचार पु¥याएर बोल्नुहुन्थ्यो ।
एकदम
त्यस्तै नैजस्तो हामी गरिबी पछौटे देशका जनजीवनको बारेमा लेखिएको विश्व प्रसिद्ध साहित्यिक
कृतिहरूमा नायक पाउछौं । यो समीक्षकृति पढ्दै गर्दा हो त्यही रूपमा मैले पण्डित टेकनाथ
भट्टराईलाई पाएँ ।
दाहाल
यज्ञनिधिको ‘अमेट भेट’ होस् या डा. तुलसी भट्टराईको
‘स्मृतिपटलमा सदा अंकित पिताजी’ले मेरो मनको गहराइसम्म छायो, यसको प्रभावबाट केही दिन म स्मृतिबाट
बाहिर निस्कन सकिन । वास्तवमा मानिस यति धेरै उदार चरित्रको कसरी हुन सक्छ, गृहस्थ–सन्यास बनेर पनि सत्–कर्तव्य पालनमा कहिल्यै नचुक्नु साधारण साधनाको कुरा होइन ।
लुना
भट्टराई, विना भट्टराई, पं. टेकनाथको अन्तर्वार्ता र
डा. अञ्जना वस्ती भट्टराईको भावना यति स्वीकृत, यति सहज, यति आत्मसात लाग्दछ, मानौं शब्द मनबाट निस्केर टक्क बसेको हो । गंगा
भट्टराई अधिकारीको ‘बाआमासँग हुँदा’मा कतै पनि निर्ममता र कठोरता
पाइन्न । देवेन्द्र भट्टराई ‘मृत्यु’मा आफ्नो भावना मनको वहको साथ बगाएका छन् । देवेन्द्रले पिताजीको
मात्रै होइन आफ्नी आमाको स्मृतिमा पनि शब्दले सजाएको श्रद्धाञ्जली बेजोडको छ ।
हरि गौतम ‘मुहूर्तमपि जीवेत् नर : शुक्लेन कर्मणा’ मा आफ्नो भिनाजु टेकनाथसँगको सफा आर्थिक व्यवहार उजागर गर्नुको साथै कसैसँग वैरभाव नराख्ने, कसैको द्वेष नगर्ने, कसैसँग बढी सम्मोहन बढी निकटता पनि नगर्ने, कसैलाई चटक्कै परित्याग पनि नगर्ने, सबैसँग गुण स्वभाव अनुकूल आदरभाव राख्ने, शिष्ट वचन बोल्ने र सुख दुःखमा बराबर प्रसन्न चित्त रहने उहाँको स्वभावको स्मरण गर्नुहुन्छ । अर्को लेखमा जयराज भट्टराई ‘स्मृतिमा हाम्रा हजुर बुवा’मा उहाँलाई कुनै पनि किसिमको कसैको पनि दबाव या बन्धन स्वीकार नभएको जानकारी गराउँनुहुन्छ । बाँचुन्जेल सद्–व्यवहारले सबैको मन जित्नु भएका पण्डित टेकनाथबारे यस स्मृतिबिम्बले धेरै कुरा बोलेको छ । मृत्युपछि आज यस समीक्षकृतिको माध्यमले उहाँबारे धेरैले थाहा पाउन सकेको छ । हुन त मृत्युपछि जसले जे भने पनि हुन्छ, जे लेखे पनि हुन्छ, प्रतिवाद गर्न आउँने कुरा भएन । एउटा कुरा भने छ— झुठो टिक्दैन, सत्य डग्दैन ।
एक युगमा
एकपल्ट एउटा परिवारले एउटा यस्तो व्यवहार कुशल सदस्य पाउँछ— देवताको कोटीमा पुग्ने क्षमता भएको पण्डित टेकनाथजस्तो
। भट्टराई कुललाई केही मात्रामा भए पनि शिक्षित तुल्याउन जुन श्रेय पं. टेकनाथको छ, त्यो अरूको छैन, पछि हुने कुरा अर्कै हो । पं.
टेकनाथले बनाएको व्यवहारिलो पाटोलाई उहाँका सुशिक्षित सन्ततिले हृदयदेखि नै पालन गरेको
मैले पाएको छु । आजको भयावह वातावरणमा समाज, संस्कारजस्ता शब्दले आफ्नो अर्थ
गुमाउँदै जान लागे पनि पं. टेकनाथका सुशिक्षित सन्तति भने समाज, संस्कार र व्यवहारमा लत्रिएका छैनन् ।
उहाँका सन्तति उहाँको पद चिन्हमा हिँड्दै छन्, आधुनिकताको नाममा उच्छ««ङ्खल भएनन्— रितलाई थामेको हुँदा समाजमा, राष्ट्रमा, देशविदेशमा सम्मानित छन् । अग्रजको पद चिन्हमा हिँड्नेहरूले खुशी खोज्नु पर्दैन, खुशीले आफँै खोज्दै आउँछ । यो खुशी क्षणिकको नभएर पितृहरूले पठाएको हुँदा कोही पनि दुःखमा आत्तिने र खुशीमा मात्तिने भने हुँदैनन् । कमलराज भट्टराई, निर्मला भट्टराई, नारायण भट्टराई, डा. व्यञ्जना शर्मा र लक्ष्मण गाम्नागेले पं. टेकनाथमाथि शब्दको श्रद्धाञ्जलीमात्रै चढाएका छैनन्, सत् गुण पनि आफ्नो जीवनमा अपनाएका छन् ।
खुशी
हुनुको कुनै शर्त हुँदैन । यदि शर्त हुन्छ भने पनि त्यस व्यक्तिलाई थाहा हुँदैन । शब्दभन्दा
व्यक्ति धेरैमाथि हुन्छ भन्ने हो भने पं. टेकनाथलाई नै माने हुन्छ । मृत्युपछि व्यक्तिको
व्यवहार अनि अभिव्यक्तिले नै उसको प्रतिनिधित्व गर्छ भन्ने हो भने पनि पं. टेकनाथका
सुशिक्षित सन्तान छन्, उहाँकै पद चिन्ह पछ््याएका, यो कोरा कल्पना नभएर व्यवहारमा देखे भोगेको पाएको
कुरा हो ।
सूचना
र मनोरञ्जन आजको समयमा सहज सरल भएकै हुँदा आज धेरैको पहुँचमा छ मोबाइल, समय कटाउने साधनमात्र हैन कतिपयलाई पंगु पनि बनाएको
छ यसले । टिभी च्यानलहरूका मनोरञ्जनका कार्यक्रम आज धेरैको रुचि क्षेत्र बन्न सकेको
पाइन्न— वरू हातैहातमा रहेका मोवाइलमा सहजै उपलब्ध युटुबले
व्यापकता पाएको छ । यस्ता मनोरञ्जनले समाजमा हुर्कदै गरेका वालवालिकामा नराम्रो असर
पार्दैछ । २०५६ सालमा दिगदिगन्तमा बिलाउनु भएका पण्डित टेकनाथको समय यस्तो थिएन, आजकोभन्दा धेरै असुविधायुक्त अवश्य थियो, अभावयुक्त अवश्य थियो, त्यही अभावको बिचमा आफ्ना सन्तान नैतिकवान, चरित्रवान बनाउनुभयो ।
यस स्मृतिबिम्बमा
रहेको मेघराज तिमल्सिनाले ‘पं. टेकनाथज्यूको स्मृतिमा’ समाजपयोगी घटनाहरू स्मरणको रूपमा राखेका छन् । होला
कि यसमा देशको अवस्थाको बारेमा गम्भीर घटना समावेश छैन तर पछिल्ला पुस्तालाई पण्डित
टेकनाथ चिनाउन “अभिभावक पं. भट्टराई श्री सरस्वती माताका बरदानी
पुत्र भएकाले उहाँको आशीर्वादले गर्दा छोराहरू र बुहारीहरूसमेत अङ्ग्रेजी, नेपाली र विविध भाषामा विद्वता प्राप्त गरी देश
विदेशमा भाषाविद्को रूपमा ...” गर्वसाथ
लेख्नुहुन्छ
। यो स्मृतिग्रन्थ पढ्दा केही समयको लागि भए पनि मानसिक रुग्णालयको वातावरणमा परिवर्तन
आउँछ र आफ्ना बालबालिका आजको समयमा कसरी हुँर्काउँने सोच्न थाल्दछ । स्मृतिग्रन्थको
यो राम्रो पक्ष हो, मेरो नजरमा यस समीक्षग्रन्थको सार्थकता भनेकै यही
हो ।
साहित्य अथवा कलामा यस कुरोमा सधैँ विवाद रहदै आएको छ, यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गर्ने अथवा त्यसको पछाडिको संघटकहरूतर्फ संकेत गर्ने । कतिपयको मान्यतामा माया–प्रेमको बारेमा लेख्न बस्दा प्रत्यक्ष रूपमा यी शब्द नै कतै पनि प्रत्यक्ष रूपमा ल्याउन हुन्न, कतिपयको मान्यतामा भने माया–प्रेम शब्द बारम्बार ल्याउदा रचना सशक्त बन्न सक्छ । आफ्ना भावना सुधा भट्टराई, ‘मेरो प्रेरणाका स्रोत’मा सोझै प्रस्तुत गर्नुभएको छ । “जुन दिन भेला हुन्छौं त्यै दिन दसैं” आहाँ कस्तो पवित्र भावना पं. टेकनाथको । छोरा बुहारीले बानेश्वरमा घर बनाएर सरेपछि उहाँको उद्गार, “अब तिमीहरू यसरी स्थिर भएकोमा म ज्यादै खुशी छु ।” यसबाट सहजै अर्थ लाग्छ उहाँको आफ्ना सन्तानप्रतिको स्नेह । कुनै पनि पिता आफ्ना सन्तानको हित चिताउँछन्, प्रगति गरेकोमा रमाउँछन् । अनि, पण्डित टेकनाथ पनि अलग र अछुता रहेनन् । यो स्मृतिबिम्ब पं. टेकनाथको विचार र व्यवहारको समर्थन गर्न उपस्थित भएजस्तो लाग्छ, पं. टेकनाथको अनुपस्थितिको उपस्थितिमा ।
पं.
टेकनाथ समाजमा रहेका अल्छी र अनैतिक काम गर्न उत्सुकहरूप्रति दया भाव राख्नुहुन्थ्यो
। समाजबाट अलग रहन नचाहने उहाँले त्यस्तालाई सही मार्गमा डो¥याउन चाहदा पनि सफल हुन नसकेकोमा आफैँ चिन्तित बन्नुहुन्थ्यो
। समाज
राम्रो बनोस्, समाजका कोही नबिग्रिउन भनी उहाँले पहल गर्नुभएको छनक पाइन्छ यस कृतिमा । समाज राम्रो बनोस् भन्ने मानसिकताको संकेत यसमा सङ्ग्रह गरिएको चन्द्रकला भट्टराई वोहोराको ‘गान्धीजस्तै मेरा बा’मा पाइन्छ, अलकिता
फरक
तरिकाबाट ।
आफ्नो छोराछोरीसँग भेटघाट गर्न सञ्चो विसन्चो बुझ्न आफैं पनि समय मिलाएर जाने गर्नुहुँदो रहेछ र समय समयमा बोलाउने पनि गर्नुहुँदो रहेछ । शशी भट्टराई श्रेष्ठले ‘स्मृतिमा बुवा’मा सहजतापूर्वक स्वीकार गर्नुभएको छ र गृहस्थीको गह्रौं भारी बोक्दा पनि रमाउँनु हुने पं. टेकनाथको परिवारका सदस्य भएकोमा खुशी हुनुभएको छ । कटु शब्द र व्यवहारले कसैको पनि अपमान नगर्ने ‘यायावर हजुरबुवा’ मनिषा भट्टराई रमाएको पाएँ । पं. टेकनाथको जीवन निश्चित रूपमा निष्पक्ष र स्वीकृतिपूर्ण रहेको बुझिन्छ । समग्र नेपाली जीवनमा उहाँको जस्तो निष्ठा एकदम कममा पाइन्छ ।
कुनै न कुनै रूपबाट आफूलाई एउटै परिस्थितिमा सुरक्षित रहन चाहने हामीमा बानी परेको छ । यस्तो बानीले समग्र नेपाली समाजलाई उन्नति हुनबाट रोकिरहेको छ । आफ्नो परिवारमा मात्र सीमित रहनाको कारण हिजोको जस्तो छरछिमेकी गाउँलेबाट आज शहरिया वातावरणले सरसहयोगको अपेक्षा गर्न छाडेको छ । आफूले सहयोग गर्दैन र पाउन्न पनि । हो आजको शहरी जीवन आफूसँग मात्र सरोकार राख्ने बन्दै गएको छ ।
अनि
प्रश्न उठ्न सक्छ— आज नेपाली समाज कमजोर बनेकै हो त ? वास्तवमा आजका व्यक्तिले जीवनमा आइपर्ने घटना र
स्थितिहरूसँग सहज सामन्जस्य स्थापित गरिसकेको छ । पं. टेकनाथले आजको यस्तो स्थिति देख्नुहुने
थियो भने भित्रभित्रै कति प्रताडित हुनुहुन्थ्यो यसको अनुमान लगाउँन सक्तिन म । यस्ता
कुराहरू अचेल लेखिदै गरेका साहित्यमा आउँने गरेको छ, परिस्थितिहरू र संवेदनाहरू ।
साहित्यमा आशा गर्न सकिन्छ, आजको यथार्थ अथवा प्रत्यक्ष परिस्थितिहरूका अन्तस्थलमा
लुकेर बसेको कलुषित भाव उजागर गर्न ।
मृत्युजस्तो संवेदनशील समयमा आजका मानिस कुन कारणले औपचारिकतामा मात्रै निर्वाह गर्ने गर्छ ? यसको पछाडि समाज, राजनीति या अर्थतन्त्र कुन शक्तिले काम गरिरहेको छ ? यस्तो शक्तिको वास्तविक प्रयोजन के हो ? यसले मानिसको संवेदनाको सम्मान गर्न किन छाडेको छ ? देवी तिमल्सिनाको ‘हाम्रा हजुरबुवाप्रति’ भन्ने शैली यति सहज, प्रवाहशील र उल्लासपूर्ण छ, यसमा एउटा छुट्टै सम्बन्धको सुगन्ध पाइन्छ । प्रा. नारायणप्रसाद शर्मा कट्टेल, ईश्वरीप्रसाद भट्टराई, माधवा भट्टराई अधिकारी, डा. शिवराज भट्टराईका लेखन प्रवाहमा उहाँप्रतिको स्नेह छचल्किएको छ । शब्दमा डुब्दा यो समीक्षकृति कहिले पढी सकियो थाहा नै हुँदैन ।
‘त्यो शिष्टता, त्यो परिष्कार’मा सेवा भट्टराईको उहाँप्रतिको सम्मान बेजोडको छ । यसमा काठमाडौँमा
बस्ने एउटी नातिनीले गाउँमा बस्ने आफ्नो हजुरबुवालाई सम्झेर लेखेको संस्मरण छोटो छ
तर गहकिलो छ । ‘पिता गीता’मा खगेन्द्र भट्टराईको पिताप्रतिको
प्रेम छताछुल्ल पोखिएको पाइन्छ । आफ्ना सन्तानप्रति माया–प्रेमको नदी बगाएर सत्कर्ममा लगाउन सकेका न्यायको मूर्तरूप हुन्
पं. टेकनाथ । अनि उहाँको बारेमा लेखिएको संस्मरण धेरैको लागि नौलो र उत्साहबद्र्धक
लाग्नु स्वभाविक हो ।
यसमा
पं. चिदानन्द भट्टराई, पद्मा भट्टराई खतिवडा, खगेन्द्र भट्टराई, माधव भट्टराई, प्रकाश दाहाल, प्रमोद भट्टराई, प्रभा भट्टराई, ऋचा भट्टराई र कुमार खड्काको संस्मरणले उहाँको बारेमा
धेरै कुरा बोलेको छ । कुसल सम्पादक डा. तुलसी, डा. गोविन्दराज, लुना, देवेन्द्र भट्टराईको कारण यस
स्मृतिबिम्बको भाषा सादगीपूर्ण र अभिव्यक्ति सहज बन्न गएको कारण यो समीक्षग्रन्थ पाठकहरू
आफूतिर तान्न सक्षम छ । प्रवाहपूर्ण र लययुक्त भाषाको कारण कुनै पनि संस्मरण स्वभाविक
लाग्छ । दुईसय अठासी पृष्ठमा रहेको यो स्मृतिबिम्ब पठनीय र सङ्ग्रहयोग्य मात्र होइन, पाठकले असल चरित्रबारे बुझ्न पाउँछ । पं. टेकनाथका
विचार आफ्नो परिवारमा अवलम्बन गर्नुपर्नेतर्फ सोच्दछन् र यो स्मृतिबिम्ब नेपाली मध्यमवर्गीय
परिवारको दुःख सुख प्रष्टसँग बताउन सकेको हुँदा सार्थक लाग्यो मलाई ।
पुस्तक : स्मृतिबिम्ब : पण्डित टेकनाथ भट्टराई
प्रकाशक : सेर्गेम प्रकाशन गृह
सहयोग
स्वरूप : रु. १०००।–