नी लामो
समयदेखि सेवामूलक कार्यमा लागेका छन् । खासगरी मन्दिर निर्माण, पाठपूजा, यज्ञ यज्ञादिमा पनि मनग्य सहयोग
पु¥याएका छन् । कहीँकतै महात्माहरूको धार्मिक प्रवचन छ भने पनि
उनी पुग्छन् र आफ्नो परिचय दिन्छन् । आयोजकहरू पनि उनलाई निमन्त्रणा गर्न छुटाउँदैनन्
।
सधैँ हसिलो खुसिलो राम्रो मिजास भएका उनी कसैबाट प्रतिक्रिया सकरात्मक नकरात्मकजस्तो जनाए पनि एकपटक पुग्छन् ।
एकपटक एक बृद्ध गएर भने, ‘हजर मेरो कोही छैन एक्लो हुँ टाढाबाट आएको खाने खर्च छैन, हिजोअस्तिदेखि केही खाएको छैन, केही सहयोग गर्नुस्’ भनेछन् । त्यो दानीले पनि वृद्धलाई हाम्रो ठुलो संस्था छ फलानाका जानुस् भनी नाम लेखी पठाएछन् ।
ती व्यक्ति कहाँ गएपछि वृद्धले भनेछन् ‘हजुर फलानाले पठाएको यहाँकाँ ठुलो संस्था छ रे सहयोग दिनुप¥यो’ ती व्यक्ति दाताको व्यवहार देखेर छक्क परेछन् ।
ती व्यक्तिले वृद्धालाई भनेछन् ‘यहाँ त्यस्तो संस्था कहाँ छ र ? उसले तपाईंलाई सहयोग नगर्ने र तर्काउने जुक्ति गरेको
हो । त्यत्तिका मन्दिर र धार्मिक संस्थामा चन्दा दिनेले तपार्इंलाई केही सहयोग गरे
हुन्थ्यो’ त्यसपछि वृद्ध बाहिरिए छन् ।