बास्तोलाको साहित्यिक यात्रा
१. शिक्षा र जागिर
कुइभिर–३, ओखलढुङ्गामा जन्मिएका
कवि एवम् कथाकार होमशंकर बास्तोला कुइभिर नि.मा. वि. बाट कक्षा ७ उत्तीर्ण गरी
देउराली मा. वि. डुम्रे, खोटाङबाट एस. एल. सी.
गरेका हुन् । अर्थिक अवस्था कमजोर भएको र भान्जभान्जीले दुःख पाए भनेर मावलीले
ओखलढुङ्गाको कुइभिरबाट खोटाङको दुबेकोलमा बसाइँ सराए । आर्थिक एवम् भौतिक सुविधाका
लागि अधिकांश ग्रामिण भेगका मानिसहरू तराईतिर बसाइँ सर्थे । तर उनको परिवार
मावलीको आडभरोसा पाउन खोटाङ जिल्लाको दुबेकोलमा बसाइँ सरेको हो । आर्थिक अवस्था
कमजोर भएको हुँदा उनको परिवारले खोटाङमा मात्र होइन अन्यत्रसमेत बसाइँ सर्नुप¥यो । बास्तोला देउराली माध्यामिक
विद्यालयबाट २०४९ सालमा एस.एल.सी.पास भएका हुन् । टिउसन पढ्न र विद्यालयको शुल्क
तिर्नसमेत उनलाई समस्या थियो । त्यसताक गाउँतिर टेष्ट पास भएपछि मात्र अङ्ग्रेजी र
म्याथको टिउसन पढ्ने चलन थियो । त्यसरी पढ्दाको फिस कतिपल्ट उनका मामाले समेत
तिरिदिनु भएको थियो । वि. सं. २०४९ सालमा एस. एल. सी. पास भएपछि उनी महेन्द्र मोरङ
बहुमुखी क्याम्पस, विराटनगरमा आई. ए.
पढ्न थाले । पढाइको लागि रकम जोहो गर्न नसक्दा आई.. ए. दोश्रो वर्षको परीक्षा
दिएपछि कामको खोजीमा उनी भारतको नागाल्याण्ड राज्यको पिके जिल्लाको जिपु भन्ने
स्थानसम्म पुगे । त्यहाँ पनि कुनै रोजगारी नपाएपछि उनी नेपालै फिर्किए । आई. ए.
पास भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरमा स्तातक तहमा भर्ना भए । पढ्नका लागि आर्थिक श्रोत जुटाउन नसकेपछि
उनी क्याम्पसको अध्ययन छाडेर लोक सेव आयोगको तयारीमा लागे । उनले वि. सं. २०५५
सालमा लोकसेवा आयोग सगरमाथा अंचल कार्यालय, दिक्तेलबाट लेखा समूहको खरिदार पदमा नाम निकाली खोलुखुम्बु जिल्ला अदालतबाट
जागिरको सुरुवाद गरका हुन् । सोलुखुम्बुबाट २०५७ सालमा वीरगञ्ज सरुवा भएपछि
ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, पर्साबाट स्तानक गरे । वि. सं. २०६१ सालमा काठमाडौँमा सरुवा भएपछि जनप्रशासन
क्याम्पस,
जमल, काठमाडौँबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरे । स्नातकोत्तर गरेपछि उनी
नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा एल. एल. वि. मा भर्ना भए ।
नेपाल ल क्याम्पसबाट एल. एल. वि. पूरा गरेका होमशंकर बास्तोला निजामती सेवाको
जागिरेका रुपमा पूर्वाधार विकास कार्यालय, ललितपुरमा अधिकृत पदमा कार्यरत छन् ।
२. लेखनको मुख्य विधा
होमशंकर बास्तोलाको साहित्यप्रतिको लगाव स्कुले जीवनदेखि नै भएको हो । उनले
दश कक्षा पुग्दा नै कविता, नाटक, उपन्यास लेखेका थिए । एस. एल. सी. दिनुअछि
नै उनले ‘रगतको सिउँदो’ नाटक देखेका थिए र उक्त नाटक पछि अन्तर्बोध साहित्यिक
पत्रिकामा प्रकाशित भएको थियो । उनले उपन्यास र खण्डकाव्य लेखेका भए पनि प्रकाशन
गरुँगरुँ भन्दाभन्दै हराएको कुरा कुराकानीको क्रममा बताए । विराटनगरबाट प्रकाशित
विराट साप्ताहिकमा २०५५–२०५७ मा नियमित साहित्यिक रचना छापिएका थिए । जागिरको
क्रममा वीरगञ्जमा हुँदा उनको पहिलो कृति ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह– २०५८ मा
प्रकाशित भएको हो । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिक पत्रिकाको ‘बाटिका’मा
उनको नियमित साहित्यिक स्तम्भ छापिन्थ्यो । उनी वीरगञ्जमा बस्दा बरिष्ठ समालोचक
एवम् गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को संगतमा परेपछि गजल लेखनमा झनै
उत्पे्ररित भए । वीरगञ्जबाट काठमाडौँ छिरेपछि उनको गजल, कथा एवम् साहित्य लेखन झनै मौलायो ।
त्यससँगै उनी कथा, लघुकथा, कविता, गजल,
हाइकु, समीक्षा आदि लेख्दै गए । लेखन र प्रकाशनको हुटहुटी चल्दाचल्दै उनमा एउटा
साहित्यिक पत्रिका निकाल्ने सोच पलायो । २०६१ सालमा कवि बोधराज पौडेल, रमेशकुमार पौडेल, होमशंकर बास्तोललगायतका साथीहरूको छलफलबाट
एउटा साहित्यिक पत्रिका निकाल्ने योजना बन्यो । सोही योजना वमोजिम ‘पूर्वको
पशुपति’ नाम राखेर दुई अङ्कसम्म उक्त पत्रिका निकालियो । केही साथीहरू तितरवितर
भएपछि होमशंकर बास्तोलाले बोधराज पौडेल र रमेश पौडेलको सहयोगमा अन्तर्बोध
साहित्यिक त्रैमासिक पत्रिका दर्ता गरेको बताए । उक्त पत्रिका उनले आफ्नो तलवसमेत
खर्च गरेर निकाल्दै २०७९ आश्विनसम्म ५७ औँ अङ्क प्रकाशित गरिसकेका छन् । कवि एवम्
कथाकार होमशंकर बास्तोलाको मुख्य लेखन कवित, कथा,
लघुकथा, गीत, गजल, हाइकु, समीक्षा रहेको भए पनि साहित्यिक पत्रिकाको सम्पादन एवम् प्रकाशन पनि रहेको विदितै
छ ।
भाषा, साहित्यको उन्नयनमा
सक्रिय होमशंकर बास्तोलाका ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह–२०५८, ‘घाम हराएको दिन’ गजलसङ्ग्रह– २०६१, ‘बन्दुकको छाया’ कथासङ्ग्रह– २०६७, ’हिमाल पहाडका कथा’ सङ्कलित
कथासङ्ग्रह–२०७१, ‘भोका सपनाहरू’ कवितासङ्ग्रह–२०७८ जस्ता कृतिहरू प्रकाशित भएका छन् भने
अन्तर्बोध त्रैमासिक, कपन कविता क्यालेण्डर
आदिको सम्पादन गरेका छ ।
३. साहित्यिक योगदान र संलग्नता
साहित्य समाज रुपान्तरण गर्न लेखिनुपर्दछ । कवि एवम् कथाकार होमशंकर
बास्तोलाको लेखन एवम् सिर्जना समाज हिताय र मानव जीवनको सकारात्मक उन्नतिका लागि
प्रगतिवादी चेतानासँग मेल खाने खालका भेटिन्छन् । राजनीतिले मात्र नभई साहित्यले
पनि समाजलाई सही बाटोमा डो¥याउन सहयोग पु¥याइरहेको हुन्छ । हो बास्तोला साहित्यमा
निरन्तर लागिरहने श्रष्टा हुन् । उनले भाषा, साहित्यको क्षेत्रमा पु¥याएको योगदानका कारण
जनआन्दोलन घाइते सम्मान– २०६३, भानुभक्त काव्य
पुरस्कार–२०७१, यज्ञराज घले संस्था
पुरस्कार–२०७४, प्रेस काउन्सिल
साहित्यक पत्रकारिता पुरस्कार–२०७६ जस्ता पुरस्कार एवम् सम्मान प्राप्त गरिसकेका
छन् । उनी साहित्यिक पत्रिकारिताको माध्यमबाट दूरदराजमा रहेका प्रतिभाहरूका
सिर्जना पाठकसम्म पु¥याएर पाठक र लेखकको
नाता जोडाइरहेका छन् । सामाजिक कार्यमा समेत संलग्न उनी वाणी प्रकाशन, विराटनगर, जनमत वाङ्मय प्रतिष्ठान, दायित्व वाङ्मय प्रतिष्ठान, कौशिकी साहित्य
प्रतिष्ठान, कपन साहित्य समाज
जस्ता साहित्यिक संघसंस्थामा संलग्न छन् भने नेपाल साहित्यिक पत्रकार सङ्घको सचिव
छन् । साहित्य र साहित्यिक पत्रकारितामा सधैँ सक्रिय होमशंकर बास्तोला नेपाली
साहित्यमा सुपरिचित नाम समेत हो ।
समाप्त
