कविता
वसन्त बहार
राज अनुराग
वसन्तको यो मध्यान्हमा प्रतीक्षाको
बेला
नववर्ष आगमनको स्वागत पनि होला
।
फूलहरूको सुवासले निख्खारेको
बेला
शशीको त्यो किरणले शीतल छर्दै
होला ।
हावाका ती झोक्काहरू मन्द भा’को
बेला
पहाडको सुसेलीले बोलाउँदै पो
होला ।
कोईलीको भाका तेसै मिठो भा’को
बेला
रियाज गरी भाका अझै निखार्दै
पो होला ।
रविको त्यो तेजले छुनै खोज्ने
बेला
कठाङ्ग्रिदो चिसोपछि न्यानोपन
आउने होला ।
वसन्तको बहारसँगै फूलहरू नि हाँस्ने
बेला
प्रकृतिको सुन्दर छटा मौलाउँदै
पो होला ।
बादल जिती निलो आकाश टल्किएको
बेला
क्षितिजले नयाँ सपना झुल्काउँदै
पो होला ।
वसन्तको यो मध्यान्हमा प्रतीक्षाको
बेला
नववर्ष आगमनको स्वागत पनि होला
।
