कविता
ए, देशका कर्णधार हो !
जता काम मिल्छ,
त्यतै मुन्टिनुहोस्
’विप्रेषण’ले देश चलिहाल्छ
’आयत’ले चुलो बलिहाल्छ
गए आत्मनिर्भरता जान्छ,
तपाईंको बाउको के जान्छ
?
ए, विज्ञ र वैज्ञानिकहरू
हो !
तपाईंहरूको सिप र दक्षता
आफ्नै खल्तीमा राख्नुहोस्,
देश त मेरो भाषण र मेरो
आदेशले पो बन्छ,
म त त्यही गर्छु जो मेरो
ब्रह्मले भन्छ
गए मूल्य र मान्यता जान्छ,
तपाईंको बाउको के जान्छ
?
ए, देशका कानुनविद् हो
!
तपाईंको राय सुझाव
आफ्नै दिमागमा राख्नुस्
नियम, कानुन त मैले बनाउने
हो
मैले हेर्ने हो, मैले फेर्ने हो
विचौलियाको दानापानी
खाएर
केही मेट्ने हो, केही समेट्ने हो
गए जाबो नैतिकता जान्छ
तपाईंको बाउको के जान्छ
?
ए, देशका डाक्टहरू हो !
ए, देशका शिक्षकहरू हो
!
आन्दोलन गर्नुस् या नगर्नुस्
हामीले त केवल पेल्ने
हो
मनको तुष ठेल्ने हो
तपाईंको माग पूरा गरे
हाम्रा सपना अधुरै रहन्छन्
मागभन्दा भाग ठुलो हो
गए विधिको शासन जान्छ,
तपाईंको बाउको के जान्छ
?