मुक्तक
चार मुक्तक
१.
उपस्थित नभएर इन्द्रेनीलाई कालोले
ठग्छ
हरियालीमा प्रकृतिको अनियमित
पालोले ठग्छ
चोरीको माला पहिरिदै पटकपटक छक्याएर
आफ्नै घरमा मलाई भने राघे बिरालोले
ठग्छ ।
२.
ब्रह्मविद् अहम् भित्र ज्योतिपुन्ज
रवि देख्छु
आत्मशक्ति झुल्किएर स्वच्छमय
छवि देख्छु
मुटुद्वारा निर्देशित भावहरू
छचल्किएको बेला
म त प्रत्येक मान्छेभित्र सच्चा
एउटा कवि देख्छु ।
३.
एक एक मैले राखेँ भन्छ स्रेस्ता
तहसिलले
सधैँ दुःख दिइरहन्छ पुरानो त्यो
खिलले
गुराँसको हाँगाबाट पल्लो डाँडा
बेग हान्दा
डाँफेमाथि झम्टा मारो एउटा कालो
चिलले ।
४.
मान्छे हो नि, मुटुमा निलकाँडाले छोइरहनुपर्छ
मनमा कल्मष जम्मा हुन्छ, आँसुले धोइरहनुपर्छ
गहभरि आँसु हुँंदा पनि रुवाइको
धीत मर्दैन कैल्यै
सफल जिन्दगीमा त पटकपटक रोइरहनुपर्छ
।
- विराटनगर
