एक
बन्ने हो भने दुई दिनको जीवन
त हो ।
गन्ने हो भने दुई दिनको जीवन
त हो ।
दुःख र पिरले जति जटिल बनाए पनि
।
भन्ने हो भने दुई दिनको जीवन
त हो ।
दुई
सिक्न खोजेमा सिकाई पनि ज्ञान
भैदिन्छ ।
मौन भयो भने हिँडाई पनि ध्यान
भैदिन्छ ।
फूल बनेर सपनामा फुल्यो भने सृष्टि
।
अनायास मरुभूमि पनि उद्यान भैदिन्छ
।
तीन
प्रत्येक दिन नौलो घनघटा बोकेर
आउने गर्छन् ।
प्रत्येक दिन कुनै रिक्तता बोकेर
आउने गर्छन् ।
कहिले घटना, कहिले केवल स्मृति बनेर
।
प्रत्येक दिन अलिखित कथा बोकेर
आउने गर्छन् ।
चार
झस्किनु तर्सिनु पनि एकप्रकारको
संवाद हो ।
बिर्सिनु सम्झिनु पनि एकप्रकारको
संवाद हो ।
शब्द, स्वर र ध्वनिहरू मौन
रहँदारहँदै ।
हिँड्नु र पर्खिनु पनि एकप्रकारको
संवाद हो ।
पाँच
अर्थ हुन्न मूल्य हुन्न आभार
नहुने कुराको ।
महत्व झन् हुँदै हुन्न आधार नहुने
कुराको ।
भाषा पनि कहिलेकाहीँ निरर्थक
नै भै दिन्छ ।
व्यक्त गर्ने शब्द हुन्न आकार
नहुने कुराको ।
छ
सीमानाको स्तम्भजस्तै रहे अलिखित
कथाहरू ।
फुल्दै झर्दै फुल्दे झर्दै रहे
अलिखित कथाहरू ।
भाव, अक्षर, शब्द र वाक्यमा अनुवाद
भए पनि ।
बन्दी मनभित्र बन्द नै रहे अलिखित
कथाहरू ।
– नेपालगन्ज–१, रानाचोक