भनिन्छ मानिसको जन्म तीन पटक हुन्छ । पहिलो आमाको कोखबाट, दोस्रो गुरुको ज्ञानबाट, तेस्रो नबाँच्ने स्थितिमा पुगेर पुनः बाँचेको अवस्थाबाट । साहित्यकार राम विनयको (रामकुमार श्रेष्ठ ) पनि पुनर्जन्म भएको छ । कोरोना कहरले मृत्युको आभास नजिकैबाट गर्ने अवसर पाउनुभएका साहित्यकार राम विनयको जीवनमा बज्रपात पर्यो । कोरोनाको भयावह कालमा छोटो समयका अन्तरालमा आफ्ना परिवारमा तीन जना पिय परिवारजनलाई गुमाउनुको पीडा र आफू स्वयम् समेत मृत्युसँग पौंठेजोरी खेलेर, क्रूर मृत्युलाई पराजित गरेपछि जन्मेको साहित्यिक कृतिको नाम हो “पुनर्जन्म “।
अहिले बजारमा यो कृतिको हल्ली खल्ली ज्यादै छ । चीनबाट फैलिएको भनिएको कोरोना भाइरसको उत्पतिको कथा छ, रोगले च्यापेपछिको पीडादायी भोगाइ छ । आफ्ना परिवारभित्र तीन जनालाई गुमाएको तर आफूलाई थाहा नपाएको बिचित्रको कथा छ । रोग लागेपछि सावधानीका उपायबारे धेरै कुरा सुझाइएको छ । सचेतता, सतर्कता, सामाजिक दुरी सबैको पालना गरेर पनि हुने कुरा भएरै छाड्यो । झण्डै परिवारको चौथो सदस्यलेसमेत जीवन गुम्ने अवस्था श्रृजना भएको थियोे । पारिवारिक साथ सहयोग, भगवान्रुपी चिकित्सकको कुशल निगरानी र उपचारपछि पुनर्जीवन पाएका राम विनयले गहन, मिहिन तरिकाले आफू कसरी कोरोनाको अन्तिम बिन्दुमा पुगेर बाँच्न सकेको कुरा उक्त पुस्तकमा पढन पाइन्छ ।
पुस्तकले रोग लागेपछि सतर्कता, सचेतता, सावधानी अपनाउनुपर्ने सारा उपायको सघन पाठ पढाएको छ यो पुस्तकले । कोरोनाको महामारी नभोग्ने आगामी पुस्ताका लागि कोरोना रोगको विषयबस्तु, यसको उत्पत्ति, प्रवद्र्धन, विस्तार, विश्वव्यापीकरणको विस्तृत जानकारी गराइएको छ । घरघरलाई जेल र मानवलाई कैदी जीवन बिताउन बाध्य पार्ने शक्तिशाली अचम्मको परिवेश विश्वव्यापी समुदायले भोग्न बाध्य भयो । कोरोनाको महामारी आजको वैज्ञानिक युगमा विज्ञानलाईसमेत छक्क पार्न सफल भयो । साँच्चिकैभन्दा कोरोना भाइरस मानवीय इतिहासको कलंक भएर गयो, पुनर्जन्मले उजागर गर्न खोजेको कुरा यही हो ।
संस्मरणात्म पुस्तकमा कसैले भूमिका लेखेको छैन । आफ्नो कुनै भनाइ छैन । सीधै लेखकले विषयबस्तुमा प्रवेश गर्नुभएको छ । सत्ताइस वटा उपशिर्षकमा लेखकले आफ्ना अनुभूति, अनुभव, त्रासदी, आशा, भरोसा, सतर्कता, सन्देश, सचेतताका पाटाहरू एवम् बाँच्ने जिजीविषाका साङ्गोगोपाङ्गो पाटोलाई सूक्ष्म तरिकाले अभिव्यक्त गरिएको छ । बाँच्ने उत्कण्ठा जाग्नु, एकान्त बासमा रहँदा बिगत जीवन भोगाइको आत्मसमीक्षा गर्नु, जीवन भोगाइका यावत पाटाहरूलाई सकारात्मक र नकारात्मक दुवै पाटोबाट आत्म चिन्तन गर्ने समय पाउनु कोरोनाले दिएको फुर्सदको सदुपयोग यस पुस्तकका लेखकले भरपुरमात्रामा गरेको पाइन्छ । पुस्तक पढेपछि मात्रै कोरोनाकहरमा यी र यस्तो भएछ भन्ने जानकारी पाइन्छ ।
आफू आवद्ध संस्थाका अध्यक्ष मृत्युसँग लडिरहेको क्षणका
बारेमा उपाध्यक्ष रमेश पोख्रेल, सल्लाहकार बासुदेव अधिकारीसँग
उहाँको स्वस्थ्यका बारेमा चिन्तित हँुदै बारम्बार सोधखोज बाहेक केही गर्न सकिएको थिएन
। म र हामीजस्ता हजारौं शुभचिन्तकहरूको कामना, शुभेच्छा प्रकृृतिले सुनेर होला
राम विनय हामीसँग आज क्रियाशील जिन्दगी बाँचिरहनुभएको छ । रोगलाई जित्न आत्मवल, साहस, उपचार, औषधी, परिवारको साथ, आफन्तजनको, साथीभाइ र शुभेच्छुकहरूको भूमिकालाई
लेखकले बिर्सेका छैन् ।
यो पुस्तक पढेर नजिकै आएको मृत्युबाट फुत्किएर कसरी
पुनर्जन्म लिन सकिन्छ भन्ने राम्रोसँग जानकारी
लिन सकिन्छ ।
– काठमाडौं, बानेश्वर
९८४१२५३३३३