गीत
नवराज न्यौपाने “मौन”
उघारी राखेँ मनको दैलो आउँछ्यौ कि भनेर
फर्केर फेरि मसित माया लाउँछ्यौ कि भनेर
हात र गोडा चलेमा मात्र जिन्दगी हुँदैन
यो मेरो दुःख सबैले देखे तिमीलाई छुँदैन
यो मुटु मेरो दुखेको थाहा पाउँछ्यौ कि भनेर
उघारी राखेँ मनको दैलो ....
मान्छेको जुनी पाइन्न त्यसै घुमेर आउँछ
माया र प्रेम उमेरसँगै मनमा छाउँछ
लेख्छु म गीत तिमीले पनि गाउँछ्यौ कि भनेर
उघारी राखेँ मनको दैलो....
मेला र पर्म गरेर मैले यो घर धानेको
जिन्दगीभरि तिमीलाई मैले आफ्नै हो ठानेको
पिरती गाँसी यो मन यतै अल्झाउँछ्यौ भनेर
उघारी राखेँ मनको दैलो....