गजल
दिनेश निरौला
त्यो दिलभित्र मलाई थुन्न, कारागार बनाउ
यही मेरी आमाको सपना, साकार बनाउ
सम्बन्धमा कुनै कालो मैलोको तुष नराख
एकआपसमा सहमति गरी, निखार बनाउ
अहंकार नगर यौवन क्षणिक हो आखिर
मन शुद्ध राख, जस्तै माहुरीको घार बनाउ
म तिमीले भनेको अक्षरस पलना गरौँला
त्यसलाई मिल्ने वातावरण र आधार बनाउ
एक्लै चल्दैन संसार प्रकृतिको नियम छ
आउ एकआपसमा मिलौ, घरबार बनाउ