शासन कडा छ सताउँछ
जगदिश्वर पोखरेल
ठण्डी बढ्यो अति धरती भयो चिसो ।
काम्छन् मनुष्य पशु तरास फैलियो ।।
देखेर दृश्य नयन यो रसाउँछ ।
हेमन्त शासन छ कडा सताउँछ ।।१
पर्दा तुसारो अति
यहाँ फुल्यो हियो ।।
वृद्धा र बालक सदैव गलाउँछ ।
हेमन्त शासन छ कडा सताउँछ ।।२
यहाँ कली म¥यो ।
रोगीहरू अतिश
को दिन्छ अन्न सडक बाल माग्दछन् ।
ठण्डी बढ्यो मनुज अजस्र मर्दछन् ।।
दुःखी बरा डसनाविना निदाउँछ ।
हेमन्त शासन छ कडा सताउँछ ।।३
देखिन्न सूर्य दिवसमा लुकेछ झन् ।
झन् शीतको लहर परेर मर्दछन् ।।
तापेर अग्नि नर निशा बिताउँछ ।
हेमन्त शासन छ कडा सताउँछ ।।४
छोटो हुँदा दिवस दिनेश शीघ्र गो’ ।
तातो लुगा अब सबले लगाउ यो ।।
आगो फुकेर दिन निशा कटाउँछ ।
हेमन्त शासन छ कडा सताउँछ ।।५