कविता
वादल
बाेधराज पाैडेल
एक दिन बादलले मलाई सोध्यो–
मैले सूर्य ढाकिन भने,
पृथ्वी के हुन्छ ?
फेरि सोध्यो–
मैले पानी बोकिन भने–
धर्ती कसरी हरियो हुन्छ ?
अन्न कसले फलाउँछ ?
अर्को बिहान कानमा फुस्फुसायो
तँलाई शीतलता दिने म नै हुँ
नत्र तँ आफैँ आगो हुन्छस् ।
अहंकारको शिखर चढेपछि
भेटिन्छ अन्धकारको संसार
मैले उसको प्रश्नमा
जीवनको भाव खोजे
बच्चाले आमा खोजेजस्तै
सूर्यको ताप त ढाकिस्
चन्द्रमा छोप्नुको अर्थ के हो ?
नदीहरूमा पानी दिइस्
गरिबको बस्ती बगाउनुको लक्ष्य के हो ?
आफ्नो शरीरमा शीतलता भरेर
आफ्नै आत्माको आगो झोसेर बस्तीभरि
रमाउनुको अर्थ के हो ?
बोल्दैन बादल एक शब्द
लज्जाबोधले सेतोबाट कालो बनेर
क्षितिजमा हराउँदै गएको छ
आफ्नै अन्तस्करणमा आगो झोसेर ।
मैले सूर्य ढाकिन भने,
पृथ्वी के हुन्छ ?
फेरि सोध्यो–
मैले पानी बोकिन भने–
धर्ती कसरी हरियो हुन्छ ?
अन्न कसले फलाउँछ ?
अर्को बिहान कानमा फुस्फुसायो
तँलाई शीतलता दिने म नै हुँ
नत्र तँ आफैँ आगो हुन्छस् ।
अहंकारको शिखर चढेपछि
भेटिन्छ अन्धकारको संसार
मैले उसको प्रश्नमा
जीवनको भाव खोजे
बच्चाले आमा खोजेजस्तै
सूर्यको ताप त ढाकिस्
चन्द्रमा छोप्नुको अर्थ के हो ?
नदीहरूमा पानी दिइस्
गरिबको बस्ती बगाउनुको लक्ष्य के हो ?
आफ्नो शरीरमा शीतलता भरेर
आफ्नै आत्माको आगो झोसेर बस्तीभरि
रमाउनुको अर्थ के हो ?
बोल्दैन बादल एक शब्द
लज्जाबोधले सेतोबाट कालो बनेर
क्षितिजमा हराउँदै गएको छ
आफ्नै अन्तस्करणमा आगो झोसेर ।
- खाेटाङ
