संस्कृित
भैरवले भगवान् शिवको गणमध्ये एक गणको प्रमुख देवता शिवजीको रूपमा पूजा पाउँदै आएको छ । भैरवको बारेमा थाहा पाउनको लागि शिव, शैव सिद्धान्त र शैव दर्शनबारे थाहा पाउनु आवश्यक छ ।
रामायणमा शिवलाई सबै प्राणीहरूको
संरक्षकको रूपमा आराध्यदेव मान्नुका अतिरिक्त हलाहल विषपान, गङ्गणअवतारण, उमामहेश्वर
विवाह, स्कन्दकुमारको जन्म आदि भगवान्
शिवसित सम्बद्ध कथाहरू बडो रोचक तरिकाले वर्णन गरिएको छ । साथै विजय प्राप्तिको हेतु
रामले बालुवाको शिवलिङ्ग बनाइ नित्य पूजा गर्नु र रावणले सुवर्णको शिवलिङ्ग स्थापना
गरी नित्य उपासना गर्नु शिव, महादेव हुनुको प्रमाण हो । त्यसैगरी
महाभारतमा भगवान् शिवलाई सम्पूर्ण देवताहरूमध्ये सर्वश्रेष्ठ मानिएको छ । यस महाकाव्यमा
तपस्या र योगको बलले शिवत्व पाउन सकिने भएकोले उनलाई ‘महायोगी’ पनि भनिएको
छ । सर्वोपरी सथार्थ सत्तालाई शिव भनिएको छ । उ अनादि, अजन्मा, सर्वथा
निर्दोष, सम्पूर्ण कार्यको कर्ता र सर्वज्ञ
हो । उसले जीवात्माहरूलाई ती बन्धनहरूबाट मुक्ति दिलाउँछ, जसले उनीहरूलाई जेलेर राखेको छ । सच्चिदानन्दको
सूत्रको व्याख्यामा आठ गुण उपलक्षित छ : बुद्धि, सबै बन्धनहरूबाट
स्वतन्त्र, अनन्त दया अथवा प्रेम, सर्वशक्तिमत्ता र असीम आनन्द । ईश्वरको सत्ताबारे
केही प्रमाण दिइएको छ ।
संसारमा निरन्तर परिवर्तन भइरहेको
छ । यस्तो परिवर्तनको जस प्रकृतिलाई छ तर स्वयम्मा भने सक्रियकर्ता होइन । यदि ईश्वर
प्रत्यक्ष रूपमा कारण हुन् भने त उसको स्वतन्त्रता र पूर्णतामा सम्भव छ अवश्य अबरोध
देखा पर्ने नै छ । यसकारण भन्न सकिन्छ, ईश्वरले
आफ्नो शक्तिद्वारा व्यापार गर्दछ, त्यो शक्ति मानिसको धार्मिक लगा
अनुसार कार्य गर्दछ । जसरी शब्द रागको सम्पूर्ण संसारहरूमा व्यापक रूपमा रहन्छ अथवा
सुगन्ध फूलमा लुकेको हुन्छ, यसैगरी ईश्वर आफ्नो शक्ति रहन्छ
कि यस संसारभन्दा बाहिरको लाग्दैन । ईश्वर आत्मा हो र प्राकृतिक विश्व तथा मनुष्य उसको
शरीर हो ।
बन्धन र जाल (पाशजाल) तीन किसिमका
छन् : अविद्या, कर्म र माया –मृगेन्द्र आगम २ः३–७) । पहिलो संज्ञा हो आणवमल अर्थात् अपुत्व (सान्तत्व)
भावको मिथ्या विचार जो आतमामा रहन्छ । आतमा विशुद्ध चैतन्य रूप हो आफंैमा शान्त र शरीरभित्र
आवद्ध तथा परिमित ज्ञान अथवा शक्ति भएको ठान्दछ । यो आफ्नो स्वरूपबारे अनभिज्ञ रहन्छ
र शरीरलाई नै भ्रमवश यथार्थसत्ता मान्दछ । जड शरीरको साथमा चेतन आतमा संयुक्त हुनुको
कारण कर्म हो । यो अविद्याको सहायक हो । प्राणीहरूका क्रियाबाट उत्पन्न हुनेगरेको हुँदा
नै यसलाई कर्म भनिएको हो ।
संसारको कालचक्रबिच निष्क्रियताको
विश्राम आउँदछ र त्यसको अन्तमा विकास प्रारम्भ हुन्छ । यसले प्रभु मलिनता व्यक्त हुन
दिन सहायता प्रदान गर्दछ र उसको विकासको सम्पूर्ण प्रक्रियालाई आत्माहरूका उपकारको
लागि, जो उसको कृपामा निर्भर रहन्छ, अक्षुर्ण बनाइ राख्दछ (पौष्कर आगम, ७ः११–२२) ।
यसले आत्माहरूका कर्मको हिसाब राख्दछ, साथै उनीहरूको
उन्नतीको मार्गमा सहायता गर्दछ । संसारको पृष्ठभूमिमा एउटा गम्भीर आशंका रहने गरेको
छ, यस कारण अनादि संसार प्रकृति र आत्माहरू मिलेर बनेकोलाई
भ्रांतिमात्र अथवा हाँसखेलको वस्तु भनेर तुच्छ रूपमा लिइनु हुँदैन । ईश्वर सधँै प्रकृतिको
बन्धनबाट आत्माहरूलाई मुक्त गर्न तत्पर रहन्छ ।
ईश्वरले सधैँ मनुष्यको पुरुषार्थको
समर्थन गर्दछ । तिरुमुलारको मतमा बर्ण एउटै नै हो जसरी ईश्वर एउटै छ (ओनरे कुलुमुम
ओरु वने देवनुम्ः —तिरुमात्रम्) । बासब (बारौं शताब्दी)
ले सुधारसम्बन्धी आन्दोलनमा ब्राऋमण वर्णको श्रेष्ठताको विरुद्ध विद्रोह गरेको थाहा
हुन्छ यसो त वासव स्वयम् पनि ब्राह्मण थिए (सुधारवादी लिंगायत सम्प्रदायले जातिपाती
विभेद विरुद्ध प्रबल आन्दोलन आरम्भ गरेका थिए तर वर्तमान समयमा भने लिंगायत सम्प्रदायले
वणृभेद मान्दछन्) । यो सम्प्रदाय पुनर्जन्मको सिद्धान्तलाई मान्दैन । भनिएको छ पाश
(बन्धन) नष्ट भएपछि जीवात्मा शिव बन्दछ (मृगेन्द्र आगम ६ः७, निरन्तर शिवोऽहमिति भावनाप्रवाहेण शिथिलितपाशपतयाऽपगपशुभाव
उपासकः शिव एवं भवति नीलकण्ठ, ४ः१,३) ।
यो संसार चैतन्यमा नै स्थिर छ यद्यपि त्यसभन्दा बाहिरको जस्तो लाग्दछ । “चित्त (बुद्धि) स्वरूप प्रभु इच्छाको वशीभूत भएर सम्पूर्ण सामूहिक विषय (पदार्थ) लाई प्रकाशको कारण बनाउँछ मानौं ऊ त्यसभन्दा बाहिरको हो, यद्यपि जसरी कुनै पनि अधिष्ठान नभएको योगीले जसरी गर्दछ (ईश्वरप्रत्यभिज्ञासूत्र, ५ः६, ‘परमार्थसार’ अनुसार त्यो प्रभु जो विचार तथा आनन्दको संयुक्तरूप हो, शक्ति, माया, प्रकृति र पृथ्वी उत्पन्न गर्दछ) । ईश्वर आफ्नो सृष्टि पदार्थसँग यसरी अछुतो रहन्छ जसरी ऐना आफूभित्र प्रतिबिम्बित आकृतिसँग अछुतो रहन्छ । आफ्नो अद्भूत शक्तिले जो उसमा निहित छ, ईश्वर आत्माको रूपमा प्रकट हुन्छ र उसको भोगको लागि पदार्थ बनाउँछ (परमार्थसार, पृष्ठ ४८–५०) । अनन्त तथा निर्मल आत्मा नै एकमात्र–उथार्थसत्ता हो र जो विश्वको एकमात्र अधिष्ठान हो र जसको स्पन्दन समस्त भेदको कारण हो । शिव त सम्पूर्ण विश्वको पृष्ठभूमिमा निर्विकार यथार्थसत्ता हो, तर उसको शक्तिको असंख्य रूप छ, जसमध्ये मुख्य–मुख्य हो ः चित् (बुद्धि), आनन्द, इच्छा, ज्ञान र क्रिया (उत्पादक शक्ति) । आत्माभिव्यक्तिको इच्छाले ज्ञान र क्रियाको अवस्था उत्पन्न गर्दछ । अर्को सत् चैतन्यमय ज्ञान हो जसलाई शक्ति तथा विश्व रचनाको इच्छा सहित ईश्वरतत्व मानिएको छ । अर्को अवस्था ज्ञाता तथा ज्ञानको विषय हो जब क्रिया प्रारम्भ हुने गर्दछ । यो शुद्ध विद्याको अवस्था हो ।
प्रायः सबैजसो प्राचीन भैरवहरूलाई
शिलाको रूपमा नै पूजा गर्ने हुनाले नेपालमा भैरवपूजा परम्पराको इतिहास विक्रमपूर्वका
शताब्दीहरूदेखि नै चलिआएको थियो भन्न सकिन्छ । शिवको भयावह पूर्णरूपको झलक नै भैरव
हो भनेर शिवपुराणमा भनिएको छ । नेपालमा शिवका संहार मूर्तिहरूमध्ये भैरवको मूर्ति सबैभन्दा
बढी प्राप्त छन् । शिवको एउटा नाम भैरव हो । प्रारम्भिक अवस्थामा भैरव शब्द त्रिदेवमा
अन्तिम देउता शिवको वाचक रूपमा थियो ।
वैदिक कालमा भयावह रूपमा चिनिने रुद्र देउताको विस्तारै स्वभाव परिवर्तन हुँदै गएर सौम्य, शिव, महादेव, भोलेनाथ भनेर चिनिए पनि उनको रौद्र रूप प्राप्त भने हुन सकेन । त्यही रुद्रकै परिवर्तित रूपमा भैरवलाई लिन सकिन्छ । आफ्नो उग्र रूपमा शिवलाई क्रूर र भयानक साथै महानाशकारी देउता मानिएको छ । हुँदाहुँदा भैरव भनेपछि भयानकको रूपमा सहजै बुझिन्छ । भयप्रतिको आस्थाले भैरव पूजाले प्राथमिकता पाएको हुनसक्छ । भय सहन गर्न सकिने हुनुपर्छ । भयसँगै जब भयभीत हुन छाड्छ, तब त्यो भय आफंै भयभीत हुन्छ । भैरवको स्वरूप भयानक भए पनि कल्याणकारी रहेकाले पूजा पाउँदै गरेका हुन् । शिवको क्रूर, भयानक र महानाशकारी रूपलाई चण्ड, भैरव, महाँकाल इत्यादि उपाधि दिइएको छ । भैरवलाई शिवको उग्र रौद्र रूप भनिन्छ । शिवको आठ प्रकारको रौद्र रूपमा काल (चण्ड), असिताङ्ग, संहार, रुरुक्रोध, धपाल, भीषण र उन्मत्त— तन्त्र शास्त्रका प्रवर्तक भगवान् शिवबाट आदिशक्ति स्वरूपिणी देवी पार्वतीलाई लोकको उपकारक र कल्याणको निमित्त महाकाल संहिता र रुद्रयामल तन्त्रमा दारिद्रयरूपी भवसागरबाट पार पाउनसक्ने उपायस्वरूप स्वार्णकर्षण भैरवको उपासना, अनुष्ठान आदि कर्मको विधि बताउनुभएको वर्णन छ । विभिन्न तन्त्र साहित्यमा शक्ति पीठहरूको नाम उल्लेख गरिएको छ । विभिन्न ग्रन्थमा भने शक्ति पीठको नाम फरकफरक छ । मेरुतन्त्रमा सती देवीको अङ्ग पतन भएका पीठहरूको निर्देशन गर्दा भनिएको छ—
अकार कामरुपाख्यदि पीठ तदुत्यते
यस्मिन् पीठे मयादेवि कुलमार्ग
प्रवर्तितः ।।
तश्रत पतिता योनि स्तादृष्टवा
तत्प्रिय कृतम् ।।
आकार काशिका पीठ ... ... ...
नेपाल तु इकारस्यात् गुइ तत्रतु
पार्वती
तस्मान्वस्य मार्गस्य मूलस्थान
तदुच्यते
षड पेलाशवलक्षमिता भैरुन्थ्यो
भैरवस्तथा
शक्ति ना च उदसे द्वे पीठाना
चा शतगमयम् ।
नेपालमा भैरवलाई दिकपाल क्षेत्रपाल अर्थात् रक्षक सबै मनोकामनाको पूर्ति गर्ने, व्यापार वृद्धि गर्ने देउताको रुपमा मानिन्छ । अन्धक राक्षसको गदाबाट शिवको शिर चारखण्ड भयो र त्यसबाट रगत बग्न लाग्यो र त्यही रक्तधाराबाट पाँच भैरवको उत्पत्ति भयो भन्ने वर्णन पुराणहरूमा पाइन्छ । अकाररूप नेपालको पीठ हो, जहाँ सतीदेवीको गुह्यभाग पतन भएको थियो । अतः वाम मार्गको मूलस्थान नेपालको गुह्येश्वरी पीठलाई भनिन्छ । वैष्णव या अन्यभन्दा तन्त्रमा प्राचीन नेपालको धर्म निर्भर छ । यसकारण यहाँको समाजमा रोचक संस्कृति छ ।
अतः संस्कृतिको अभिष्ठान तान्त्रिक
समाजमा हुन्छ । तन्त्रप्रतिको यहाँका गुभाजु, लामा, भट्ट आदिको अधिकारले समाज सङ्गठित छ । व्यक्ति समाजप्रति
अर्पित होस् । यो यस निरीह भावनाको कुरामात्र हो ।
यानि व्यक्तिमा निर्भर रहन खोज्ला
हुनसक्छ समर्पित नबनोस् । नैतिकता कत्र्तव्यसम्म रहन्छ । यसकाण अधुरो छ । यसले व्यक्तिसँग
अपेक्षामात्र गर्दछ । यानि तब अधिकार व्यक्ति समक्ष पुग्दछ । समाजले मात्र आशा गर्नेछ
।
मानिसले स्वार्थवश अति श्रद्धावश आशक्ति भै धर्मलाई मूर्त मानेर सत्तामा ल्याएर मूर्त बनाएको छ : धार्मिक राज्य : धर्म निरपेक्ष राज्य । नेपाल मण्डलभित्र भैरवको मूर्तिको पूजा गर्ने चलन सम्भवतः ईशाको सातौं÷आठौं शताब्दीदेखि चल्यो । काठमाडौं उपत्यकामा भैरवको विशेष पूजाआजा र जात्रा हुने स्थानमा भक्तपुर पर्दछ । भक्तपुरलाई भैरवको विशेष स्थानको रूपमा लिन सकिन्छ । जीतबहादुर मानन्धरले भक्तपुरलाई त भैरव प्रधान नगर नै हो भनेर वर्णन गर्नुभएको छ ।
भक्तपुरको टोलटोलमा भैरवका थुप्रै
ठुलासाना मन्दिर र पीठहरू दर्शन गर्न सकिन्छ । धर्मले मूर्त रूप धारण गरेको राज्यमा
निर्वाचनको माध्यमबाट आफ्नो प्रतिनिधि चयन गर्ने गरिन्छ र तिनीहरू नै सत्ताधारी बन्दछन्
र आफू अनुकूलको शासन चलाउँछन् ।
प्रसिद्ध सांस्कृतिक इतिहासकार मेरी स्तसरले आफ्नो पुस्तक ‘नेपाल मण्डल’मा पशुपतिभित्र नवदुर्गा र अष्टमातृकाको मन्दिरमा लिच्छविकालीन शिला भैरव राखिएको छ भनी उल्लेख गरेका छन् । पुरातत्व विभागको सक्रियतामा ती पुराना चित्रहरू संरक्षण गर्ने काम भएको छ । नेपाल मण्डलभित्र लिच्छविकाल वा त्यसभन्दा अघिदेखि जनतालाई ऋणमोचनगरी शिलाभैरव स्थापना गर्ने परम्परा चल्दै आएको छ । लिच्छवी राजा शिवदेवले चार गणेश, चार भैरव, चार नृत्यनाथ, चार महादेव, चार कुमारी आदि विधिवत स्थापना गरी नौवली नगरी बसाए भनी वंशावलीमा लेखिएको छ । विभिन्न धार्मिक ग्रन्थहरूमध्ये पद्म पुराणमा यसरी वर्णन गरिएको छ— “व्रह्माले समस्त शास्त्रभन्दा पहिला पुराणको स्मरण गरे, यो संसारमा सर्वश्रेष्ठ ज्ञानको उत्पादक र प्रचारक हो ।” ईशाको सातौं शताब्दीका सबैभन्दा शक्तिशाली राजा अंशुवर्माले स्थापना गरेको मतिनाम नगरमा भारतको प्रयागतीर्थबाट विद्वान, वेद, ज्योतिष शास्त्र जान्ने गुणभक्तले आवश्यक विविध विधान गरी ल्याएको भैरवलाई विधिपूर्वक दरवार नजिकै स्थापना गरी भैरवलाई प्रसन्न गर्न मांसाहुति यज्ञ गर्ने चलन पनि चलाए भनी राजभोग माला वंशावलीमा लेखिएको छ । ‘राजभोग माला’ वंशावलीमा ईशाको दशौं शताब्दीका राजा भाष्कर बर्माले गोकर्ण स्थापनामा स्थुलकाय शिला भैरवहरूको स्थापना र पूजाआजा गर्ने चलनलाई लिच्छवी र मल्लकालको बिचको ठकुरी कालमा विस्तारै विस्तारै भैरवका मूर्तिहरू बनाइ स्थापना र पूजाआजा गर्न थालेको देखिन्छ । विभिन्न अध्ययन अनुसन्धान गर्दा के प्रष्ट हुन्छ भने भैरव भन्ने शब्द प्राचीन भए पनि शिक्षाको उल्लेख लिच्छविकालको शिलालेखमा आएको छ । कापालिकहरूले शिक्षाको जुन रूपको पूजा गर्दथे त्यो रूप नै भैरव रूप हो ।
कापालिक रूपका भैरवको ध्यान उनको
शक्ति भैरवी वा कराला चामुण्डासँगै गर्ने परम्परा थियो । पाशुपतका संस्थापक नकुलीशलाई
समेत भैरव भनेर सम्बोधन गरिएको वाचस्पत्यम् ग्रन्थको श्लोक यस्तो छ—
नकुलीश कालिपीठस्र्थ भैरवभेठे ।
नकुलीशः कालिपीठ दक्षपादाङजुली
मता ।
राजा आनन्द देवले आफ्नो राज्यकाल –ने. सं. २६७ देखि २८७ सम्म) श्री आकाश भैरवको मन्दिरलाई देशको मध्यपारी तन्त्रोक्त विधिले स्थापना गरे भन्ने उल्लेख छ । भक्तपुरको भैरवको रथयात्रा, काठमाडौंको पचली भैरवको जात्रा र पचली भैरवको बाह्र वर्षे नाच, हलचोकको आकाश भैरवको बाह्र वर्षे आदि सबै परम्पराको थालनी नेपालको इतिहासको पाँचसय वर्षको अन्तरिम कालमा भएको देखिन्छ । लिच्छविकालमा सामान्य चर्चा गरिएका भैरव मल्लकाल र शाहकालमा अझ व्यापक भएकोदेखिन्छ । भैरवको मूर्ति र अन्य मन्दिरहरूको स्थापना मल्लकालमा थुप्रै भएका छन् ।
इन्द्रजात्राको अवसरमा काठमाडौँका विभिन्न टोलबाट भैरवको मुखुण्डो प्रदर्शन गर्ने व्यापक प्रचलन छ । जात्राको अवसरमा एक हप्तासम्म प्रदर्शन गरिने, भैरवको मूर्तिबाहेक विशेष जात्राको कारणले पचली भैरव मुशल र ठुलो भित्ते चित्रको रूपमा पुजित टीका भैरव, एउटै प्रस्तरमा कुदिएको कालो रङ्गको डरलाग्दो अनुहार भएको कालभैरव, भक्तपुर दरबार क्षेत्रको राजा भुपतिन्द्र मल्लले स्थापना गरेको सम्वत ८२७ शुक्ल अक्षय तृतीयाको भैरव मूर्ति, भक्तपुर सदाशिव चौकमा रहेको १६ + १ = १७ काष्ठ भैरव र एक प्रस्तर भैरव पनि उल्लेखनीय छन् । भैरव र नेपाल उपत्यकाका एक अर्काको पर्यायजस्ता लाग्दछ । नेपाल तन्त्र शास्त्रको अग्रणी भएकोले पनि भैरवको प्रधानता रहेको हो । यस किसिमबाट विचार गर्दा भैरव उपत्यकाबासीको कुटुम्ब हो र यिनैको प्रेरणाले यहाँका बासी श्रम गर्दछन् र आफ्नो जीवनलाई उपयोगी बनाउँछन् । रूपमण्डनमा भीषण देउताहरूको प्रतिमा स्थापना गर्ने नियम तोकिएको छ ।
भैरव नेपालको तान्त्रिक देउता
भएको हुनाले भैरवको पनि यहाँ ठुलो जगजगी थियो । तन्त्रमा स्वतन्त्रता हुन्छ, जहाँ स्पर्धा र शोषणको स्वतन्त्रता धेरै हुने गर्दछ
सहयोगिता र सामाजिकता त्यहाँ रहँदैन । ठुलो तान्त्रिक को ? भन्ने स्वार्थले आपसमा द्वन्द्व गराउने र एक अर्कालाई
क्षति पु¥यायो । यसले गर्दा समष्टि रूपमा
तन्त्र समाजलाई सामान्य जनबाट पृथक गरायो । चौधौं शताब्दीका राजा स्थिति मल्लले इस्वी
१३९५ मा पाटन कुम्भेश्वरमा कीर्तिमुख भैरव स्थापना गरेका थिए । राजा यज्ञ मल्लको पालामा
ने. सं. ५८१ मा नारायण भट्ट नामक एक विद्वानले श्री पशुपतिनाथको दक्षिणतर्फ श्री भैरवको
स्थापना गरी सुवर्णको तीन गजुर चढाए भनी पशुपतिको दक्षिण ढोकामा रहेको एक अभिलेखमा
उल्लेख गरिएको छ । भैरव मूर्ति एउटा यस्तो प्रकारको शैव उग्र शिवको संहार मूर्ति हो, जसको कुनै एउटा निश्चित कथा छैन । शिवको सोम सिद्धान्त
सम्प्रदायको प्रभावले गर्दा शिवको संहार मूर्ति भए पनि भैरव मूर्तिमा चन्द्रमा अनिवार्य
रूपले बनाइन्छ ।
स्वयम्भु परिसरमा पटभैरव, आकाशभैरव, पातालभैरव, वायुभैरव, शून्यभैरव
र असिताङ्ग भैरव स्थापना गरिएको छ । भक्तपुरको दरवार क्षेत्रमा रहेको आकर्षक भनेकै
भैरव हो भन्न सकिन्छ । वि. सं. १६८३ मा भक्तपुरका राजा त्रैलोक्य मोहनले महाकाल भैरवको
भव्य मूर्ति स्थापना गराएका थिए । काठमाडौँ उपत्यकामा मल्लकालको भैरवका थुप्रै मूर्ति
छन् । तान्त्रिकहरूको दृष्टिमा शिव, रौद्र
र विभत्स प्रतिविम्वित भएर मूर्तिकारको हातबाट निस्कदा एक भयानक डरलाग्दो भैरवको रूपमा
खडा भयो, जुन भैरव अत्यन्त लोकप्रिय भएर
अनेक रूपमा खडा भएका छन् ।
वेदोतरकालमा जब त्रिमूर्तिको कल्पना गरियो तथा शिवलाई पूर्णरूपमा संहारकारी बनाइयो उग्ररूपमा शिवलाई क्रूर, भयावह र महानाशकारी देउता मानिएको छ । दोलखाको भीमसेनलाई महादेव मानी रुद्री आदि गरिन्छ, साँढे, त्रिशूल चढाइन्छ भने साथसाथै भीम भैरवको रूपमा बली चढाइ पूजाआजा पनि गरिन्छ । नुवाकोट दरबार नजिक रहेको नुवाकोट भैरवलाई ‘गण्डकी भैरव’ र ‘भैरवेश्वर महादेव’को रूपमा पनि मान्दछन् । प्राप्त ताम्रपत्रहरूबाट यो प्रमाणित हुन्छ कि प्रताप मल्लको समयभन्दा धेरै अघिदेखि नै नुवाकोट भैरवले ख्यातिप्राप्त गरिसकेको थियो । सोह्रौं शताब्दीका पाल्पाका सेन राजा मुकुन्द सेनले नेपाल उपत्यकामा हमला गरी मच्छिन्द्रनाथको मन्दिर प्राङ्गणबाट भैरवको मूर्ति झिकी पाल्पा लगि स्थापना गरेको हो भनी वंशावलीहरूमा लेखिएको छ । भैरव रूपमा शिवको पूजा आराधना गर्दा कापालिकले नरबलि दिने गरेको चर्चा एघारौं शताब्दीमा लेखिएको कृष्ण मिश्रको “प्रबोधचन्द्रोदय”मा छ । गढवालको लोकसाहित्यमा मत्स्येन्द्रनाथ, गोरखनाथ र केल सम्प्रदायका देउतालाई भैरवको रूपमा लिइन्छ । त्यस्तै पञ्चमुखी शिवको दक्षिण मुख अघोर मूर्ति भैरवको रूप मानिन्छ र त्यहाँ विशेष पूजामा बलि चढाउने प्रथा पनि छ । पाल्पा भैरवलाई पिठोको रोट चढाइन्छ । बलि दिई पूजाआजा पनि गरिन्छ ।
पाल्पा भैरवको मन्दिरको एउटा
अनौठो प्रचलन के छ भने सहायक पुजारीको रूपमा काम गर्ने उपाध्याय
ब्राह्मणहरूले बोका, कुखुरा, हास आदि बलि दिने काम गर्दछन् । बलिको शिरभाग भैरवको
हुन्छ र बाँकी शरीरको भाग प्रसादको रूपमा सेवकले अथवा चढाउने भक्तले नै पाउँदछ । सम्भवतः
किँरातकालदेखि चल्दै आएको भैरव पूजाको परम्परा नेपालमा अझ सशक्त रूपमा चल्दे आइरहेको
छ । नेपालमा भएका भैरवहरू शास्त्र अनुसारको आठ भैरवहरूमध्ये कुन कुन भैरवको परिवारमा पर्दछन् । त्यो अझै
खोज र अनुसन्धानको विषय बनिरहेको
छ । विष्णु धर्मोत्तरमा भैरवको मूर्ति निर्माण गर्दा
पालन गर्नुपर्ने नियम यस्तो बताइएको छ, भैरवको मूर्तिमा पेट पुट्ट बाहिर
निस्केको, गोलो र पहेंलो आँखा, मुखबाट दाह्रा निस्किएको, नरमुण्डको माला लगाएको र सर्पको आभूषण लगाएको हुनुपर्दछ
।