लोकेन्द्र रावल
जब हाम्रो गाडी त्रिशूलीको किनारतिर हुइकिएको थियो । तिब्बत हुँदै बगेकी त्रिसूली आफ्नो घाँटीसम्म पुरिएकी थिइन्
। यी भरिएकी थिइन्, सुसाएकी थिइन्, र टन्न कुहिरोले ढपक्क ढाकिएकी थिइन् । हामीलाई
त्यो कुहिरो र त्रिसूलीको बार्तालाप के हुँदै थियो थाह भएन तर हामी हुइकिएका थियाैँ बेँसीसहर पुग्न । बिच बिचको निर्झर बर्सादले आकाश र धर्तीको सन्धी बराबर स्थानमा थियो
। बाटो अवरुद्ध भएकाले भय त थियो तर हाम्रो यात्रा तय भैसकेको थियो नै । यात्रालाई
हामीले निरन्तरता दियौँ । यो ऋतुले जंगल सुन्दर, सफा, स्निग्ध थियो । त्यसैले आँखाहरूमा शान्त, शालीन शीतलताको अनुभूत हुन्थ्यो । भाइ केशव र मित्र
गगन आफ्ना यात्राहरूमा मलाई कमै छुटाउँछन् । घुम्न रहर गर्ने यात्रु भएकोले उनीहरूसँग
हिँड्न आनन्द नै लाग्छ । बाटोहरूको स्थिति बिग्रदो थियो सधैँ झँै यो बर्सादमा दुःखदायी यो मुग्लिन सडकखण्ड
कहिले स्तरोन्नती होला, कुनै सजक नागरिकले आकलन गर्न
सक्दैन ।
उता राजधानी सरकार बनाउनेको चपेटामा सरकारलाई दिएको सहमती धमाधम फिर्ता लिदै थिए भने प्रदेश सरकारहरू पनि दिनहुँ गिर्दै थिए । जसरी हाम्रो भौतिक पूर्वाधारको विकास अलपत्र छ त्यसरी नै हाम्रो राजनैतिक अवस्था पनि अलपत्र छ । विश्व मन्चमा हाम्रो जीवनस्तर, कुटनीति, मुद्रा, पासपोर्ट, सुरक्षाको जसरी अवमूल्याङ्कन छ त्यसरी नै हाम्रा राजनैतिक नेतृत्वको अवमूल्याङ्कन छ । यी विकास सूचांक र नेतृत्वको क्षमता बिचको अन्योन्याश्रित समन्ध छ । हामी मस्र्याङ्दी नदी किनारतिर हुँइकिदै गर्दा रन, वन रसिलो र भरिलो देखिन्थ्यो । मेरो देशको प्राकृतिक वातावरणको हरियाली झँै शासनको स्थायित्व, प्रगति, उकालो लाग्दै गरेको हाम्रो हरेक उन्नतिका सूचकांक पनि हरियाली हुँदै गरेको भए सायद यो देश युरोपेली देशभन्दा कम हुने थिएन । हामी लमजुङको गेट वे हिमालय रिसोर्ट पुग्दा करिब ९ः०० बजिसकेको थियो । मलाई यो दुई दिवशीय टुरमा म्बददष्लिन मष्उयिmबअथ सिध्याउने योजनामा साथीहरूको डिनर पार्टीबाट अलग्गै कोठामा पुगेर समाचार हेर्दा बेलायती कन्जर्भेटिभ पार्टीका नेता सर कियर स्टार्मरले लेबर पार्टीलाई हराएर भारी बहुमतबाट प्रधानमन्त्री बनिसकेका थिए । स्वास्थ सेवा प्रवाहको ढिलाइ र आप्रबासीको समस्या मात्र होइन कन्जरबेटिभ पार्टीमा भएको तीन प्रधानमन्त्रीको बदलाबले अस्थिर राजनीतिको विजारोपण गरेको अनुभूत हुन्छ । यो नै बेलायती जनताको सरकार परिवर्तनको कारक हो भन्ने लाग्दछ । त्यहाँ जनतालाई सेवा, सुविधामा आउने कमीका कारण सरकार परिवर्तनको अधिकार मतदान मार्फत पूर्ण रुपमा राजनैतिक चेतनाका रुपमा लिने प्रचलन छ । हामी कहाँ त्यो राजनैतिक चेतनाको कल्चर अझै विकास हुन सकेको छैन र त्यो यात्रामा हिँड्दा पनि सयाैँ वर्ष लाग्ला ।
यात्रा जोखिम थियो हाम्रो । हामीलाई पूर्वअनुमान थियो रातको बर्सादले
ठाउँ ठाउँमा बाढी, पहिरो र खोलानालाहरू बढिरहेका
छन् । यात्रा जतिबेला नि जहाँ नेर पुग्छांै त्यहीँ घन्टौं बिताउनुपर्ने अवस्थामा थियौं
। बेँसीसहरबाट हिँडिसकेपछि काठमाडौँमा भीषण बर्साद हुँदै थियो । यो प्राकृतिक विपत्ति
कसैले चाहेर हुने वा बन्द हुने होइन यो त समग्र सृष्टिको नियम हो, जो सबैले स्विकार गर्नुपर्छ । जोखिम अनि चुनौतीको
सामना गर्न तयारी हुनु र भोग्नु नै भोगाइ र बुझाइको स्तरोन्नती हो । बढ्दो जलवायु परिवर्तन
आधुनिक विज्ञान प्रविधिले ल्याएको विकासको प्रतिस्पर्धाले, आन्तरिकदेखि बाह्य द्वन्दले मानव शान्ति खलबल हुँदै
गएको छ ।
हाम्रो आजको गन्तव्य पोखरामा छ ।
मस्र्याङ्दी हिजोभन्दा आज रातको पानीले बेसी उर्लेकी छिन् । प्रिमियर पोजिसनमा रहेका प्रचण्डको बिस्वासको मत
लिने दिन नजिक आउँदै गर्दा उनको मथिङ्गल मस्र्याङ्दीभन्दा कम उर्लेको छैन होला । जनताका
लागि लिबर्टी, लिमिट स्टेट, ष्लमष्खष्मगब िच्ष्नजतक, स्वतन्त्रताको उपभोग जस्ता खष्चतगभ प्रप्त गर्न
यो दृष्टि, दर्शन, व्यवहार र सोचबाट सम्भव छैन ।
तनहुँको घाँसीकुवामा जब खाना खान बस्याैँ वर्षाको अविरलता झनै बढेर आयो । आफूले देख्ने दृष्टिभरि नदेखिने भयो । हामी खाना खाइसकेपछि लमजुङ्को भोर्ले हुँदै पोखरा लाग्यौं । मादी नदीतिर हुँदै माथि बेगनासको डाँडा पुग्दा मलाई मलेसियाको र मस्को सेन्टपिटर्स बिचको मानव निर्मित जंगलभन्दा कैयन गुना सौन्दर्यपूर्ण जंगल देखियो । यस अनभिज्ञ वातावरणभित्र पसेर मुटु छुने सङ्गीत सुन्दा यति भावुक बनायो बनायो । जसले यो यात्रालाई पूरापुर आनन्दानुभूति प्राप्त गरायो । यात्रामा जीवनप्रतिको बुझाइ, अध्ययन, सङ्गीत जिउदो हुँदासम्म जीवनलाई सार्थक दिने कुरा हुन् । यसैमा जीवनको आनन्द र खुशीको ग्राफ चढ्ने गर्छ । झट्ट सुन्दा र हेर्दा सबैलाई जीवन नमर्ने कुरामा आशीर्वाद लाग्दो होला तर अन्ततोगत्वा यो श्राप हो । छोटो जीवनमा धेरै अनुभव लिएर, थोरै शब्दमा धेरै अर्थ अटाएर टुग्याउनु जीवन अर्थपूर्ण मानिन्छ । मानवसँग शक्ति, ज्ञान, बलवान हुँदा हुँदै पनि जीवन अन्तत बोझपूर्ण बनेको हुन्छ । त्यसर्थ पनि तपाईं हामी भौगलिक यात्राहरू तय गर्न मन पराउनुका साथै प्रकृतिक दृष्यको आनन्दले जीवनमा सुखद् एवम् आनन्दता प्राप्त गर्ने कुरामा कन्जुस्याइँ नगरौँ ।
– लेकसाइड पोखरा, २०८१, आषाढ २२