चार मुक्तक
अन्जु सापकोटा “अनु”
१.
ए परदेसी
तिम्रो मायामा भुलेको याद आउँछ
त्यो वर्षेझरीमा सँगैसँगै रुझेको याद आउँछ
जे भने पनि भन आखिर मेरो पनि त मन न हो
बेलाबेला तिमीले यी अधर चुमेको याद आउँछ
२.
हातमा परेको चिज गुमाउने कति छन् कति
तिम्रो मेरो दुःखमा मुस्कुराउने कति छन् कति
हाम्रो दुस्मन कोही छैनन् भन्छौ नि, भन्न त तर
हामी दुईको सम्बन्ध फटाउने कति छन् कती
३.
सबै त होइन केही हाम्रो बानी उस्तै उस्तै हो
एकफेर आउँछ सबैको जवानी उस्तै उस्तै हो
सधैं भन्ने गर्छु म हरेस होइन संघर्ष गर्न सिक
तिम्रो मेरो विगतको कहानी उस्तै उस्तै हो
४.
गर्छौ हतार म गर्छु अनुमान फरक यत्ति हो
गर्दैमा हतार मिल्दैन पहिचान फरक यत्ति हो
पलपल तड्पी वर्षात झैँ बर्सदा पनि अश्रु
मेरो आँसुमा दिन्छौ मुस्कान फरक यत्ति हो
– बर्दिया