हाइकुहरु
लीलाराज दाहाल
१.
बगे टाकुरा
मौसमको ज्यादती
उदास मन !
२.
आलिङ्गनमा
चिप्लिरहन्छ किलो
अनिँदो रात !
३.
कृषिमा सान
गमलामा रोपाइँ
नेपाली खेती !
४.)
हरायो बाटो
चारकोसे झाडी छ
अँध्यारो मन !
५.
सन्की प्रकृति
मुसलधारे पानी
बगेछ भाग्य !
६.
के साह्रो वेग
छुप्लुङ्ग छ आवाज
डुबेछ सूर्य !
७.
हिमाली काख
सगरमाथामा छ
नेपाली सान !
८.
बाँध थुन्दा नि
चुहिरहने पानी
जस्तै जिन्दगी !
९.
दुःखको ताल
समस्याको खँडेरी
गयो जिन्दगी !
१०.
घुम्दै छ पृथ्वी
उछिट्टिए सपना
खाली छ हात !