लघुकथा
धनिराम अब कहिल्यै उठ्दैन
विवाह कहिले गर्छस् ?
“उफ ! कतिलाई जवाफ दिनु । मेरो विवाहको दुनियाँलाई चिन्ताचासो किन ?
बिस वर्षदेखि कान्तासँगको मेरो प्रेम थाहा नपाउने उल्लुहरू ! “धनिराम यो तनावसँग
जुधिरहेको छ । अहिले मनमा पहिरो खस्यो ।”
धनिराम नभएको भए, कान्ता कसरी महानगरको प्रमुख हुनसक्थिन् ? कान्तालाई सफल बनाउन के गरेन धनिरामले ! जिन्दगी नै
छोडिदियो ।
कान्ताले प्रमुखको सपथ खाएपछि समयले कोल्टे फेरेको छ ।
लेखापढा नभएको धनिरामलाई महानगरभित्र के हुन्छ , थाहा छैन् । तर मेयरपदले सम्बन्ध टुटाउँछ, भन्नेमा विश्वास छैन् ।
“पदमप्रसाद प्रमुख हुँदा उनकी श्रीमतीसँगसँगै हुन्थिन् । कान्ता मेयर हुँदा मैले
भेट्नु त परको कुरा फोन पनि नउठ्ने”– धनिरामले आफैँसँग प्रश्न ग¥यो । उत्तर भने दिन सकेन ।
“मेयर बनेको दुईवर्ष बित्न लाग्यो कान्ताले मलाई एकान्तमा कहिल्यै भेटेकी छैन्
। जसरी पहिला छिप्पिदो साँझमा पनि मसँग छुट्टिन मान्दिन थिई !“
धनिरामलाई आफैंदेखि रिस उठ्यो !
“भोलि सांसद, मन्त्री होलिन् ! पदले भावना टुटाउँछ ।
मुटु फुटाउँछ, भने त्यस्तो असत्ती पद किन खानु !” धनिरामको बाफिएको मनले सोच्यो ।
आफूले कमाएर कान्तालाई पढाएको । राजनीति गर्दा रातोदिन कुदेको ।
राजनीतिका लागि खेतीकिसानी गरेर पैसा खर्च गरेको र कान्ताका पक्षमा कुटपिटमा उत्रिएको
विगतले धनिरामलाई छट्पटीमा लछारपछार गरायो ।
सार्वजनिक कार्यक्रममा भेट नहुने होइन । कान्ता नबोल्ने पनि होइन । तर पहिलाजस्तो
एकान्त भेट गर्न उनलाई पटक्कै मन छैन् ।
कान्ताको कार्यालयमा बसेर विगतमाजस्तो
एकान्तमा जीवनका मिठा सपना बुन्न मन छ धनिरामलाई ।
तर कान्ता जूनजस्तै भएकी छन् । बरू जून
त हेर्न पाइन्छ । कान्तालाई
पाइन्न । धनिराममा यो पिर रोग बन्दैछ ।
चालिस वर्ष पुगेको धनिरामलाई कान्तासँग बाहेक अरूसँग घरजम गर्नु
छैन । कान्ता पनि सैँतिस वर्षकी भई ।
“आजसम्म मैले उनलाई उनले मलाई पर्खिएर बसएका हौं । अब कसरी अरूसँग...! बेइमानी
गर्न म पशु हुँ !” ऐनामा देखिएको आफ्नै अनुहारले धनिरामलाई औंला डठ्याउँदै भन्यो ।
“तर के कान्ताले अब तँलाई पर्खिन छोडी ? के कन्ता तँलाई माया गर्दिन ?” ऐनामा देखिएको धनिरामलाई ठुलो
स्वरले प्रश्न गर्याे ।
एक साँझ धनिरामले आफूजस्तै चालिस कटेका मानिसहरूको खोजी गर्यो आफ्नो क्षेत्रमा ।
एघार जना पुग्यो । तीन जना त नगरपालिकामै काम गर्ने भेट्यो । दुईजना वडा अध्यक्ष
। हे राम ! उपप्रमुख नै कान्ता भन्दा चार वर्ष
जेठो । धनीमात्रै हो र !
पढेलेखेको । धनिरामका मनमा अनेक कुरा खेले
।
यी सबैलाई एकएक गरेर हत्या गर्ने सोच बनायो । एघार जना कसरी
मार्नु । एघार जना मार्दा त्यत्रो परिवारको
विचल्ली हुन्छ । धनिराम भावुक बन्यो ।
त्यसो भए कान्तालाई मार्छु !
यो के सोचेको थियो, धनिराम जोड्ले चिच्यायो । कान्ताको नाममा डाँको छोड्यो ।
बिहान छिट्टै उठ्ने ऊ, आज उठेन । घरका सदस्यले उठाउन खोजे । सदाका
लागि धनिराम निदाएछ ! उठेन ।
धनिराम कहिल्यै नउठ्ने भएको हल्ला नगरभर सनसनी भयो !
हतार हतार कान्ताले धनिरामको मोबाइलमा फोन गरिन् ... ! उफ ! उठेन !
जरुरी बैठक चल्दै थियो, कान्ता बैठकबाट बाहिर निस्किइन !
उनलाई धनिराम भेट्ने ईच्छा मनमा आगोको मुस्लो बनेर मडारियो ... !
०००