लघुकथा
सक्कली अनुहार
हामी एउटै पार्टीमा
हुँदादेखि नै उसको र मेरो राम्रैसँग चिनजान थियो । सम्भव अलि बोलक्कड र बढी नै महत्वकांक्षी
थियो । तर मेरो स्वाभाव उसको भन्दा ठिक विपरीत थियो । तैपनि एउटै पार्टी र एउटै कमिटीमा
हुँदा थोरै घनिष्ठता त हुन्छ नै । त्यसैले
हामीबिच थोरै अन्तरंगता पनि थियो ।
महान अनि बलिदानी
पार्टीको एक इमानदार कार्यकर्ता भएको नाताले पार्टीको निर्णय र आदेश नै मेरो लागि सर्वोपरी
थियो किनकि यही पार्टीले नै देशमा आमूल परिवर्तन
ल्याउँनेछ । नेपाल समृद्ध मुलुक बन्नेछ र नेपालीहरू सुखी र खुशी हुनेछन् भन्ने कुरामा
म विश्वस्त थिएँ, ढुक्क थिएँ तर उसका सोचहरू फरक थिए । ऊ भन्ने गथ्र्यो– “पार्टीकै
काम गरे पनि आफ्नो विकासको बारेमा पनि सोच्नु पर्छ है, कमरेड !”
हल्लाखल्लाका साथ
उसले पार्टी छाड्यो । त्यसको लामो समयसम्म उसको र मेरो भेटाभेट भएन । म पार्टीको कामले
सांस्कृतिक मोर्चामै खटिएको थिएँ । पार्टी
छाडेपछि ऊ कता गयो भनेर सोच्ने फुर्सद नै भएन । करिब दुई वर्षपछि उसको फोन आयो । फोनमा
सामान्य कुराकानी गरेपछि भेट्ने तय भयो ।
उसले अलग्गै पार्टी
दर्ता पनि गरिसकेको रहेछ । लामो भूमिका बाँधेपछि सम्भवले भन्यो –“कमरेड, मलाई सघाउनुस् । हाम्रो
मनकारी समाजवादी पार्टीमा आउनुस् । स्थायी कमिटीमा बसेर काम गरौं ।
“जीवनभरिको लगानी
छाडेर म अर्को पार्टीमा जान्न, कमरेड ।“
“त्यो पार्टीमा लागेर
तपाईंले के पाउनुभयो < प्रदेश सदस्य
< त्योभन्दा बाहेक लाभको
पदमा कहिल्यै पुग्नुभयो <
“लाभहानिको हिसाब
गरेर, पार्टीमा लागेकै हैन
।”
“छाड्नुस् ती आदर्शका कुरा, मेरो पार्टीमा आउनुस्
। पाँच वर्षमा तपाईंका लागि काठमाडौँमा घर बनाइदिने मेरो वाचा भयो । मिलेर काम गरौं
।” उसको
कुराले म ट्वाँ परिरहेँ
।
“त्यत्तिमात्र हैन काम गरेपछि कहिलेकाहीँ आराम
पनि चाहिन्छ त्यसका लागि तपार्इंलाई कहिले ठमेल त कहिले थाइल्याण्ड जाने व्यवस्था पनि
गरांैला नि ।”