कविता
फाल्दै नफाल
ओमप्रसाद कोइराला
खोजी गर्ने समय सकियो
रोग लाग्ला कठोर
हेला होचो भइ मन रुदा
ध्यान खै के पुगोर
भोका नाङ्गा जबजब
यहाँ ज्यान जोखीम राखी
बस्ने गर्छन् बहुत
दुखले यै धरा धाममाथि ।
चोखो राख्ने मन छ
कसको पोल्न लागो ललाट
घुम्दा घुम्दै सबतिर
यहाँ लाउने गर्छ धाक
खै को खोज्ने बिचलित
हुँदा शान्त पार्ने समाज
खोक्रै खोक्रो सकल
दुनिया देखियो विश्व माझ
बाँच्ने बाटो नभइ
मन यो खुल्छ के खुल्छ आज
झाडा तीर्नै नगर दिलले
व्यर्थ भै व्यर्थ आज
खेल्दा खेल्दै अब
त सकियो आज साथी कवाज
को बन्ला खै भन त
तगडा भन्न लागो समाज ।
कालो मैलो नगर मनको
फाल सारा अँध्यारो
सक्छौ बाल्ने गर ह्दयमा
ज्योति छर्ने उज्यालो
राख्ने कैलै नगर दुखको
तीर्सना तुच्छ जालो
जालो राखेपछि अबुझ
भै बिग्रदै हुन्छ कालो ।
पूरा कैलै पनि मनुजको
हुन्न आफ्नो अभाव
गर्छौ राम्रो गर सकलमा
पार्नलाई प्रभाव
सुन्दा सुन्दै समय
सकियो बाँकि नै भो अभाव
ए ! साथी हो अघि सर
सदा पार्न आफ्नो प्रभाव ।
फाली कालो खलमल सफा
पार्नलाई पखाल
मौका हेरी लटपट सबै
आफनो मात्र पार
यै माटोको मलजल गरी
उब्जनी रम्य पार
आफूलाई हित हुने कुरा
राख कैले नफाल ।
०००