समीक्षा
निबन्धकार बोधराज पौडेलको निबन्धसङ्ग्रह ‘धमिराको देवल’
सामाजिक यर्थाथका विषयहरूलाई कलात्मक रुपमा उतारिएको कृति हो । छन्द कवितामा समेत उत्तिकै
दखल भएका कवि, निबन्धकार पौडेल अनुभूतिका भावना र तीक्ष्णतालाई स्पष्ट रुपमा उतार्ने निबन्धकार
हुन् । लामो साहित्यिक यात्रामा आर्जन गरेको विपुल अनुभूति र जीवनका भोगाइहरू नै निबन्धमा
मूल श्रोत बनेका छन् । ‘धमिराको देवल’ निबन्धसङ्ग्रहभित्र सरल जीवन, सुन्दर जगत्, सरस व्यहारका पक्षहरू
उद्घाटित भएका छन् । निबन्धको विषयबस्तु चयन र प्रस्तुति शिल्प सरल र सहज लाग्दछ ।
उक्त कृति गहिरो जीवनबोध तथा गहन आत्मानुभूतिको अभिव्यक्तिका रूपमा आएको छ । पौडेलका
निबन्धको विषय समाजका भौतिक विषयबाट विस्तार हुँदै सामाजिक उन्नयनतर्फ ढल्केको भेटिनुका
साथै अन्तस्करणको चेतलाई गहिराईबाट उठाएको भेटिन्छ । अतः उक्त कृति पठनीय र सङ्ग्रहनीयसमेत
छ ।
कृति : धमिराको देवल (निबन्धसङ्ग्रह)
निबन्धकार : बोधराज पौडेल
प्रकाशक : परिबोध मिडिया प्रा.लि., काठमाडौँ
मूल्य : ४५०/-
प्रकाशन : २०८२
