कविता
हिजोआज निक्कै जाड़ों बढेको छ
निक्कै चिसो चढेको छ,
माइनस डिग्रीमा चिसिएका छन् तिम्रा
यादहरू
मस्तिष्कको सागुरो गल्लीमा
छरपस्ट प्रेमका चित्रहरू धमिलिएका
छन्
हिजोभन्दा आज बेग्लै पवन बहेको
छ
मभन्दा अगाडि अरुका सम्झनाले
स्थान लिएको छ
मुटु थला परेको छ, रक्त सञ्चार रोकिएको
छ,
किनकि
हिजोआज निक्कै जाडो बढेको छ
जाडोलाई चिर्न तिम्रा पत्रहरूको
धुनी ताप्दै थिएँ
स्नेहले डम्म थुनेको अनि भावना, शब्द र आँटले भरिएको
अँ हँ, तात्विक तिम्रा प्रेम
पत्रको ज्वालाले
अनयासै गलाबाट हुस्सु र हिउँको
वर्षा आँखाको बाटो हुँदै झरेछ
कठाङ्ग्रिएको शिशिरको वृक्षजस्तो
उजाड
उभिएका छन् मेरा आशाहरू
किनकि,
हिजोआज निक्कै जाडो बढेको छ
माइनस डिग्रीमा चिसिएका छन् तिम्रा
यादहरू
हाँसोभित्र हजारांै एक्लोपनका
कीटाणुहरू सलबलाइरहेका छन्
कहीँ मनमा दौडन्छन्, कहीँ मस्तिष्कमा महायुद्ध
चलाइरहेका छन्
एकनासे गति र एकोहोरो निरन्तरता
दिक्क लागिरहेछ
किनकि,
हिजोआज निक्कै जाडो बढेको छ
माइनस डिग्रीमा चिसिएका छन् तिम्रा
यादहरू ।