रगतको मूल्य’ : मानवीय चेतनाको ऐना
बाबुराम लम्साल
साहित्य
: समाजको ऐना मात्र होइन, चेतनाको उज्यालो पनि
साहित्यलाई समाजको रूपान्तरण र चेतनाको संवाहक मानिन्छ। समाजका
आँखाले देखेर पनि नदेखेजस्ता बनाइएका पीडा, दबाइएका आवाज, उपेक्षित जीवन र
अँध्यारो कुनामा थन्किएका यथार्थलाई साहित्यले आफ्नै उज्यालोमा ल्याउँछ। त्यसैले
साहित्य केवल मनोरञ्जनको साधन होइन; यो मानिसको मनभित्र प्रश्न जगाउने शक्ति
हो। यसले कहिले आँसुको अर्थ बुझाउँछ, कहिले विद्रोहको आगो सल्काउँछ र कहिले
मानिसलाई मानिसकै सामु उभ्याएर सोध्छ—“हामी साँच्चै कति मानवीय छौँ?”