राम विनय
१. पृष्ठभूमि
प्रगतिशील लेखक संघ कोशी प्रदेशको नियमित कार्यक्रम आज मिति २०७९ चैत १८ गते शनिबारका दिनको साँझमा प्रविधिमैत्री “माक्र्सवादी दृष्टिकोणमा साहित्य” विषयको अन्तक्र्रियात्मक कार्यक्रममा भाग लिन पाउँदा मलाई खुसी लागेको छ ।
कोशी प्रदेशको यस कार्यक्रम उपस्थित भैरहेको यसबेलामा मलाई २०२५ सालमा विराटनगर पोखरियामा क. दामोदर घिमिरेको अगुवाइमा स्थापना तथा नियमित रुपमा संचालन भएको विष्णुमाया पुस्तकालयमा नवीन युवा साहित्यिक संघले संचालन गर्ने गरेकोे साहित्यिक कार्यक्रममा भाग लिएको तथा त्यसबेला भियतनाम युद्ध चलेको बेलामा मैले लेखेको कविता “संघर्षमा व्यस्त बुढो भियतनामीको व्यथाः एक अभिव्यक्ति” वाचन गरेको याद आइरहेको छ । त्यो कविता त्यसै संस्थाको प्रकाशन “हातमालो समसामयिक साहित्यिक पत्रिका”मा प्रकाशन भएको थियो ।
त्यही सालको फागुनमा झापाको शनिश्चरेमा मेची अंचलस्तरीय महत्वपूर्ण साहित्य सेमिनारमा भाग लिएको सम्झना भैरहेकोछ । त्यो वास्तवमा प्रगतिशील, प्रगतिवादी साहित्यको लागि महत्वपूर्ण नतिजामूलक सेमिनार थियो । त्यस सेमिनारमा महानन्द सापकोटा, गोविन्द भट्ट, डा. ऋषिकेश उपाध्याय, गंगा उप्रेती, नरेश शाक्य, द्रोणाचार्य क्षेत्री, सूर्य कन्दङ्वा, रामनाथ दाहाल, तेराख, राधाकृष्ण मैनाली, गणेशबहादुर प्रसार्इं लगायतका धेरै प्रगतिशील, प्रगतिवादी साहित्यकारहरूको सहभागिता थियो । प्रगतिशील साहित्यमा त्यस सेमिनारले महत्वपूर्ण योगदान दिएको थियो । यो प्रगतिशील साहित्यको इतिहासमा एक अविस्मरणीय क्षण थियो भन्न सकिन्छ ।
२. विषय प्रवेश
दर्शन भनेको विश्व दृष्टिकोण हो । दर्शनप्रतिको विस्वास र प्रभावबाट दृष्टिकोण निर्माण हुन्छ । कुनै पनि समस्याको यर्थातपरक निकासको सन्देश दिने सृजनालाई दृष्टिकोणयुक्त सृजना मानिन्छ ।
औपचारिकरुपमा नेपालमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको छलफल वि. सं. २००५ मा कम्युनिष्ट घोषणापत्र नेपालीमा अनवाद भएपछि सुरु भएकोदेखिन्छ । नेकपा संस्थापक महासचिव पुष्पलालले यसको अनुवाद गर्नुभएको थियो ।
आजको हाम्रो चर्चाको विषय छ “माक्र्सवादी दृष्टिकोणमा साहित्य” । विश्वमा दुई प्रकारको दृष्टिकोण रहेका पाइन्छ, १. भौतिकवादी २. आध्यात्मवादी दृष्टिकोण ।
आज हामी भौतिकवादी दृष्टिकोणको बारेमा खास गरेर माक्र्सवादी दृष्टिकोणको बारेमा चर्चा गर्ने छौं ।
हामीले विश्वको इतिहास नियाल्याँै भने धेरै देशहरूमा साहित्य, कलाको क्षेत्रमा धेरै प्रकारका चिन्तन धारहरूको बारेमा विचार बहस भएको पाउँछौ । त्यसबाट विभिन्न प्रकारका धारणा, विचार, सिद्धान्त र दृष्टिकोणहरूको विकास भएको देखिन्छ ।
विश्वसाहित्यमा एकै प्रकारका चिन्तनधारहरू चलेको देखिँदैन । त्यतिबेला बैचारिक चिन्तनधारहरूको बिचमा तीव्र प्रतिस्पर्धा भएको थियो । शोषित, पीडित, अन्यायमा परेका निमुखा बहुसंख्यक जनताको पक्षमा माक्र्सवादी दृष्टिकोणको जन्म र विकास भएको हो ।
विगतकालमा भएको माक्र्सवादी मजदुर आन्दोलनले आफ्नै प्रकारको यर्थाततम् सच्चा मानवतावादी कार्यक्रमलाई यसले अगाडि सा¥यो । त्यसैको जगमा प्रगतिवादी साहित्यको जग बसेको हो । यही जगमा उभिएर शोषण, दमन, उत्पीडन, अमानवीयता, जातिभेद, छुवाछुत, हत्या हिंसाको बिरोधको साथ साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवादको बिरोधमा जनताहरू उठे । यसले गर्दा सबैतिर नयाँ वातावरणको सिर्जना भयो ।
शोषित, पीडित, न्यायप्रेमी जनताहरू खास गरेर सर्बहारा वर्गको मुक्तिको लागि साम्यवादी मूल्य र मान्यताको चित्रण हुनु माक्र्सवादी (प्रगतिवादी, समाजवादी यथार्थवादी) साहित्यको प्रमुख विशेषता हो । माक्र्सवादी साहित्यलाई हेर्न यसको प्रमुख जग यसको धारणा र दृष्टिकोणलाई थाहा पाउनु आवश्यक छ ।
३. के हो माक्र्सवादी दर्शन ?
– यो एक विश्व दृष्टिकोण हो ।
– यो ज्ञान प्राप्त गर्ने एक विधि हो ।
– माक्र्सवादी दर्शन समग्रमा एक बैज्ञानिक सिद्धान्त हो ।
– जीवन र जगतको विकासको नियमलाई बुझ्ने यो एक तरिका हो ।
– सही दृष्टिकोण, नियम र सिद्धान्तहरूको निश्चित ऐतिहासिक स्थितिको
राम्रो जानकारी लिने यो एउटा पद्धति हो ।
– कार्ल माक्र्सले भनेका छन “आजसम्म दार्शनिकहरूले विश्वको व्याख्या मात्र गरे । प्रमुख कुरा त त्यसलाई बदल्नु हो ।”
– माक्र्सवादी दर्शनले हामीलाई प्रकृति र समाज विकासको नियमहरूलाई बुझ्ने र सचेत हस्तक्षेप गरेर समाजलाई बदल्न मार्गदर्शन गर्दछ ।
– माक्र्सवादको सारतत्व द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । लेनिनले भनेका छन् “माक्र्सवादी दर्शनको आत्मा द्वन्द्ववादले हामीलाई संसारलाई बुझ्ने र बदल्ने दृष्टिकोण प्रदान गर्दछ ।”
– हाम्रो चेतनाबाट स्वतन्त्र रुपमा रहेको विद्यमान विश्व (पदार्थ र भौतिक जगत) हाम्रो चेतनाको श्रोतको उद्गम हो र यसको कारण पनि यही पर्दाथ हो । यो पदार्थ अनादिकालदेखि अनन्त र अनवरत छ ।
– संसारमा गतिशील पदार्र्थ बाहेक अरू केही छैन । हाम्रा वरिपरिका बस्तुहरू र परिघटनाहरू यही गतिशील पदार्थका परिघटनाहरूका विभिन्न रुपहरू मात्र हुन् । त्यसैले फ्रेडिक एन्ङ्गगेल्सले भनेका हुन “यो संसारमा अपरिर्वनशील विषय एउटै मात्र छ, त्यो हो संसार परिवर्तशील छ भन्ने सिद्धान्त ।”
माक्र्सवाद एक यस्तो जीवन्त दर्शन हो, जुन आमजनताको जीवनमा संघर्षको भूमिका खेल्नसक्छ । माक्र्सवाद शब्दको खेल होइन, वास्तविक जीवन फेर्ने उपाय हो, यो संङ्कीर्ण र यान्त्रिक दर्शन होइन । सच्चा मानवतावादी दर्शन हो ।
४. साम्यवाद के हो ?
साम्यवाद भनेको सर्वहाराको मुक्तिका लागि सर्वहारा सिद्धान्त हो । यो क्रान्तिको बाटोबाट राजनैतिक सत्तामाथि अधिकार जमाउनु नै सर्वहाराको ऐतिहासिक कर्तव्य हो ।
– अघि अघिका दर्शनशास्त्रले जनतालाई भौतिक बस्तुहरूको उत्पादक मात्र सम्झेका थिए । अहिले द्वन्द्वदात्मक भौतिकवादले सिद्ध गरेको छ “परिश्रमी जनता नै सर्वेसर्वा हुन् । यही वर्गले क्रान्ति गरेर उत्पादक सम्बन्धहरूलाई परिवर्तन गरेर शोषकहरूलाई सखाप पारेर (रुपान्तरण गरेर) समाजवादी समाजको स्थापना गर्नेछ र यसले मानव जातिको लागि स्वतन्त्र, न्याय र शान्तिको खुसियाली ल्याइदिनेछ ।”
५. माक्र्सवादी दर्शनको विकास
पदार्थ र चेतनाको अन्र्तसम्बन्धबाट उत्पन्न भएको समस्याको बिशिष्ट समाधानको उपायमा यो दर्शनमा आधारित छ ।यसले प्राकृतिक मानव समाज र बिचारधारात्मक विकासको नियमहरूको अध्ययन गर्छ ।
दर्शनको यस क्षेत्रमा जर्मन दार्शनिक हेगेलको द्वन्द्ववाद र फायरवादको भौतिकवादको योगदान रहेको छ । यी दुवै मूल्यवान र सुसंगत बिचारहरूलाई आत्मसात गरेर माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद सिद्धान्तको विकास गरेका हुन् ।
यही सिद्धान्तलाई समाज विकासको नियमहरूसित जोडियो । श्रमजीवी वर्गका जनताको हितमा यसैबाट संगठित पार्दैै क्रान्तिकारी आन्दोलनसित यसलाई गाँस्दै लगियो ।
यो विश्वभरिका मजदुर, किसान मुक्तिकामी बहुसंख्यक जनताको मुक्ति आन्दोलनको लागि गहकिलो बैचारिक हतियार र मार्गदर्शक सिद्धान्त सावित भयो । संक्षेपमा यसरी पनि व्यक्त गर्न सकिन्छ —
– सिद्धान्तबाट चेतनाकरणको अभियान चलाउनु ।
– शोषित, पीडित मजदुर किसान लगायत बहुसंख्यक न्यायप्रेमी जनताका सबल संगठन निर्माण गर्नु ।
– क्रान्तिकारी परिवर्तनको लागि आमजनता परिचालन गरी जनक्रान्ति र जन आन्दोलनको विकास गर्नु ।
– सामाजिक असमानता, अन्याय, अत्याचार, विकृति, विसङ्गतिको विरुद्ध वर्ग संघर्ष, उत्पादन संघर्ष र बैज्ञानिक प्रयोग गरेर सामाजिक रुपान्तरण गर्न लाग्नु ।
६. कल्पनाबाट बैज्ञानिक धरातल
माक्र्स र एङ्गेल्सले यस सिद्धान्तबाट समाजलाई एउटा आदर्श कल्पनाको तहबाट बैज्ञानिक धरातलमा उभ्यायो । कम्युनिष्ट घोषणा पत्रमा भनिएको छ “कम्युनिष्टहरू आफ्नो बिचार उद्देश्यलाई लुकाउन खोज्दैनन् । उनीहरूले खुला रुपमा के घोषणा गर्दछन् भने सबै पुराना विकृत सामाजिक अवस्थाहरूलाई जबरजस्तरुपमा ध्वस्त पारेर मात्र उनीहरूको नयाँ समाज स्थापना गर्ने उद्देश्य पूरा हुनसक्छ ।”
यसैको आधारमा लेनिनले त्यस सिद्धान्तलाई व्यवहारिक जीवनमा लागु गरेर पुरानो सामन्ती जार राज्यसत्तालाई ध्वस्त पारेर नयाँ सोभियत संघमा समाजवादी राज्यप्रणाली खडा गरे र स्टालिनले त्यसलाई साम्राज्यवादी आक्रमक युद्धबाट बचाए ।
कम्युनिष्ट घोषणापत्रमा भनिएको छ “अहिलसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्गसंघर्षको इतिहास हो ।”
सामन्ती समाजको गर्भबाट जन्मिएको आधुनिक पुँजिवादी समाजले वर्गीय अन्तर्विरोध हल गरेको छैन । त्यसले पुराना ठाउँमा नयाँ वर्ग जन्माएको छ । जनतालाई कसरी शोेषण र उत्पीडन गर्ने भन्ने नयाँ नयाँ तरिकाहरू शोषकहरूले निकालेका छन् । यसले संघर्षका नयाँ रुप खडा गरेको छ ।
माक्र्सवादबाट यिनै दर्शनको आधारमा निर्माण भएको विश्व दृष्टिकोणलाई ध्यानमा राखेर साहित्यको सिर्जना गरिन्छ । त्यस दृष्टिकोणबाट सिर्जना बिम्बात्मक तरिकाले गरिएको साहित्य नै माक्र्सवादी साहित्य हुनसक्छ । यिनै मार्गदर्शक सिद्धान्तबाट नै प्रगतिवादी, समाजादी, यर्थातवादी साहित्यको सिर्जना हुनसक्छ र भएको पनि छ ।
७. साहित्यमा प्रगतिशीलता
प्रगतिशीलताको अर्थ– प्रगतिमुखी गुण हो । यो विकासको सामान्य प्रक्रिया हो । निरन्तर उन्नतितिर अग्रसर हुनु यसको विकासशील गुण हो ।
रचनामा विकासशील गुण हुनु नै प्रगतिशीलता हो ।
विकासवादी सिद्धान्त अनुसार सामाजिक प्रगतिमा विस्वास राख्ने धारणा नै प्रगतिशीलता हो । तर यो आमूल परिवर्तनतिर जान भने धर्मराउँछ ।
यो माक्र्सवादबाट स्वतन्त्र छ । यो आलोचनात्मक यथार्तवादमा पुगे पनि यसलाई नाघ्न सक्दैन । सुधार र परिवर्तनको कामना गर्छ । प्रायः क्रियाशीलतमा ओर्लिदैन ।
यसले यर्थाथताको चित्रण गर्छ । सुधारात्मक सन्देश दिने ध्यय राख्छ, साथै सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद र विभिन्न प्रकारको हैकमवादको विरोध गर्छ । सामाजिक विकृति र विसङ्गतिको विरोध गर्छ ।
यो सामन्तवादको विरोधी भए पनि पुँजीवादको विरोधी नहुनसक्छ । समस्त विकासको सन्दर्भमा सुधारात्मक अग्रगमनको पक्षधर हुनसक्छ । त्यसैले यो प्रगतिवादको सहयात्री धार हो ।
यसले शोषण र अत्याचारको विरोध गर्छ । यसले मानव कल्याणको भाव अँगालेको कारणले प्रगतिशील साहित्य, प्रगतिवादी साहित्यसित मेल खान्छ ।
साहित्यकार ईश्वरवादी भए पनि सिर्जना सामाजिक रुपमा प्रगतिशील बन्नसक्छ ।
सुधारवादी भावना र उदारवादी शोचर राख्ने प्रगतिशील लेखकले आर्थिक विषमताको मूलकारण ठम्याउँछ । संघर्षशील पक्षमा चेतनालाई डो¥याउनुभन्दा विधि स्थितिलाई सराप्ने, मागपत्रको शैली अपनाउने र सुधारको चेतना दिने काम गर्छ । कलालाई जीवनको यर्थाततामा उभ्याउनु, आफ्नो आस्थाका पात्रलाई प्रस्तुत गर्नु, सरल रचना शिल्प अपनाउनुको कारणले प्रगतिशील साहित्यले यर्थातवादको आलोचनात्मक अवस्थासम्म पु¥याउन सक्छ तर आशा र निरासाको द्वन्द्वमा अल्झेर अग्रगामी समाजवादी यर्थातवादमा नपुग्नसक्छ ।
प्रगतिशील साहित्य आनन्दमुखी मूल्यमा होइन चेतना विकासशील नैतिक मूल्यमा आधारित छ । (भानुभक्त पोखरेल)।
यो जनवादी साहित्य, लोकतान्त्रित साहित्य, जनपक्षीय साहित्यको नाममा रचिएको पाइन्छ ।
यो युद्धको विरोध गर्ने तर विरोधी मोर्चामा जान हच्किने हुन्छ ।
यसले वर्ग चेतनालाई चित्रण गरे पनि वर्गबद्धमा सामेल हुन हिच्किच्याउँछ ।
प्रगतिशील साहित्य प्रगतिवादी साहित्यको समथक हुन्छ ।
८. साहित्यमा प्रगतिवाद
विश्वमा खासगरी सन् १९१७ को अक्टोबर क्रान्तिपछि सोभियत संघमा म्याक्सिम गोर्कीको अगुवाइमा समाजवादी यथार्थवादको स्थापना भयो । सोभियत संघको बिघटनपछि पनि विश्वमा समाजवादी यथार्थवादको सिर्जना निरन्तर चलिरहेको छ । स्वछन्दतावाद र यथार्थवादको तेश्रो धारको रुपमा समाजवादी यथार्थवादी साहित्यको धारको रुपमा विकास भएको हो । यसमा म्याक्सिम गोर्कीको महत्वपूर्ण योगदान रहेको छ ।
हामीले नेपालमा पनि यही समाजवादी यथार्थवादलाई नै प्रगतिवादी साहित्यको रुपमा लिएका छौँ ।
प्रगतिवादी साहित्य, सिद्धान्त विकासक्रममा यथार्थवादी धारको अग्रगामी विशेषता लिएर यसको उच्चस्थरको स्वरुपमा प्रगतिवादको विकास भएको हो ।
सुरुमा यसले सामाजिक यथार्थवादको चित्रणलाई आफ्नो रचना पद्धतिलाई अँगालेको पाइन्छ । पछि यो क्रम आलोचनात्मक यथार्थवाद हुँदै दार्शनिक रुपमा नै माक्र्सवादी दृष्टिकोणलाई नै आफ्नो रचना सिर्जनाको आधार बनाउन थालेको देखिन्छ ।
यसले समता, बन्धुत्व र जीवनको सुख, शान्ति र समृद्धिको लागि श्रम र मूल्य, पुँजी र बस्तु, उत्पादन र वितरण तथा स्वामित्व र उपभोगजस्ता कुरामा ध्यान दिन्छ ।
बेलायतको चार्टिष्ट आन्दोलन, अमेरिकको स्वाधीनता सङ्ग्राम, फ्रान्सेली क्रान्ति र सोभियत संघको अक्टोबर क्रान्तिले विश्वमा एक प्रकारले उथल पुथल ल्यायो । यसले गर्दा यथार्थवादले फड्को मा¥यो र प्रगतिवादको उदय भयो । यथार्थवादले बस्तुपरक ढँगले सत्य, तथ्य अघि सार्छ । श्रमजीवी जनताको साँस्कृतिक आन्दोलनबाट प्रगतिवाद हुर्किएको छ ।
प्रगतिवादी (माक्सवादी) साहित्यले साम्राज्यवाद, सामन्तवाद, बिस्तारवाद, पुँजीवादी हैकमवाद जस्ताका शोषणको विरोध गर्छ । सामन्ति चिन्तन, शोच र व्यवहारलाई यसले नकार्छ अथवा विरोध गर्छ । सामाजिक विकासको दृष्टिले यो बैज्ञानिक समाजवादको पक्षपाति हुन्छ ।
जीवन र जगतप्रति यसले स्पष्ट दृष्टिकोण राख्छ । यो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनको विश्वदृष्टिकोणमा यो प्रतिबद्ध हुन्छ ।
यसले सबैखाले धार्मिक अन्धविस्वास अस्वीकार गर्छ । सबैखाले वर्गीय विशेषताको शोषण, अन्याय, अत्याचार र अमानवीय व्यवहारको विरोध गर्छ ।
यसले साहित्यकारहरूलाई एकल्काँटेपनबाट मुक्त भएर सामूहिकतामा रमाउने र संघर्षमा जुट्नको लागि उत्प्रेरित गर्छ ।
श्रमिकहरूलाई अतिरिक्त श्रमशोषणबाट मुक्त हुन पे्ररित गर्छ ।
यसले मानव कल्याण, समता र विश्वबन्धुत्वको भावनाको भाव अँगाल्नुका सार्थ राष्ट्रिय परिसरबाट अन्तर्राष्ट्रिय मानव चरित्र निर्माण गर्न पे्ररित गर्छ ।
कलालाई जीवनको यथार्थतामा खडा गर्नु र श्रमजीवी वर्गमा यसलाई केन्द्रित गर्नु प्रगतिवादी साहित्यको प्रमुख चिनारी हो । त्यसैले यसले बहुसंख्यक श्रमजीवी, शोषितपीडित जनताको पक्षमा साहित्य र्सिजना गर्छ । यसले युद्ध र हिंसाको अन्त्य चाहन्छ । सम्पूर्ण जनतामा सुख, शान्ति र समृद्धिको स्थापन गर्नको लागि सघाउँछ ।
कम्युनिष्ट घोषणापत्र प्रकाशित भएपछि प्रगतिवाद तिख्खर र व्यवस्थित भएर फौलियो । यस अघि पनि रुसमा निकोलाई चेर्नेस्कोले ‘के गर्ने ?’ भन्ने उपन्यास
लेखे । फ्रान्समा पेरिस कम्युनको बेलामा हार्जेन र युजेपोटरले अन्तर्राष्ट्रिय गीत लेखेर सङ्गीत भरेर अन्तर्राष्ट्रिय आवाज बुलन्द गरेर यस धारलाई जन्म दिएका थिए ।
सोभियत समाजवादी क्रान्तिपछि समाजवादी यथार्थवादलाई उठायो । यसले यान्त्रिक भौतिकवादको र सङ्कीर्णवादको खण्डन ग¥यो र द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई अपनाएर स्थापित ग¥यो ।
यसले वर्तमान राजनीति, अर्थनीति, साँस्कृतिक अन्र्तसम्बन्धमा जीवन र जगत्को यथार्थतालाई अघि सा¥यो र परिवतर््ानको सन्देशलाई फैलायो ।
यो निर्माणको साहित्यिक चिन्तन हो । यसले व्यक्तिको सर्बोतोमुखी साम्राज्यतापूर्ण विकासका लागि सही मार्ग निर्देश गर्छ ।
यसले शोषणविहीन, वर्गविहीन सामाजिक संरचनाको लागि अभिपे्ररित गर्छ ।
साम्यवादी समाजको निर्माणको परिकल्पनालाई साकार पार्न सहयोग पु¥याउनु यसको अन्तिम लक्ष हो । यसको लागि आवश्यक छ —“सुस्पष्ट दार्शनिक विश्वदृष्टिकोण अपनाउनु, जनप्रतिबद्धताप्रति इमान्दार बन्नु र सच्चा मानवतावादको लागि मानव कल्याणमा परिचालित हुनु ।”
यो माक्र्सवादको दर्शनको जगमा उभिएकोछ र साम्यवादको परिकल्पनात्मक चिन्तनको रुपमा नै प्रगतिवादलाई हेरिन्छ ।
९. अन्य धारका साहित्य बारेमा
साहित्यको क्षेत्रमा प्रगतिशील र प्रगतिवादी साहित्यबाहेक विभिन्न धारणा, बिचारका साहित्यहरू परिचालित भएको पाइन्छ । जसमा आध्यात्मवाद, यथार्थतावाद फ्रायडवाद, शून्यवाद, अराजकतावाद, उत्तर आधुनिकतावाद, संरचनावाद, डेरिडावाद, विर्सजनवाद, छाडावाद आदि लगायतका अनेक प्रकारका अवधारणा र बिचारबाट उतप्रेरित साहित्यहरू भएको पाइन्छ । ती सबैमा आ–आफ्ना प्रकारका विश्वदृष्टिकोणले काम गरेको हुन्छ । हामीहरूले तिनीहरूको बारेमा पनि जानकारी राखेर आफ्नो धारणालाई स्पष्ट पार्न सक्नुपर्दछ ।
समाजमा विष घोलिएका र जनतालाई भ्रमपार्न सक्ने जनविरोधी साहित्य पनि हुनसक्छ , त्यसबारेमा अध्ययन, अनुसन्धान गरी जनबिरोधी साहित्यको विरोध गरेर पाठकहरूलाई सचेत पार्नु प्रगतिशील, प्रगतिवादी साहित्यकारहरूको दायित्व हो ।
१०. हाम्रो बाटो
प्रगतिशीलता र प्रगतिवाद नै हाम्रो साहित्यको यात्राको प्रमुख दर्शन हो । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद अथवा माक्र्सवाद नै हाम्रो विश्व दृष्टिकोण हो । यो दर्शन, सिद्धान्तलाई व्यवहारमा मिलाएर लान सकिन्छ । विगतबाट सिकेर, वर्तमानमा लागेर, भविष्यको दूरदृष्टि राखेर साहित्यिक अभियान चलाएर हामीहरू अगाडि लाग्नु आवश्यक छ । अघि व्यक्त गरेजस्तै चेतनशील भएर, संगठित बनेर, सामाजिक रुपान्तरणमा लाग्नु हाम्रो लक्ष्य हो । निरन्तर अगाडि बढ्ने हाम्रो बाटो हो ।
साहित्यमा प्रगतिवादी सौदर्य चिन्तनले काम गरेको साहित्यको अन्र्तबस्तु र रुप पक्षमा ध्यान दिएर सिर्जनालाई बढाउनु आवश्यक छ ।
कला, बिचार र ताललाई कविता भनेजस्तै साहित्यमा कला, बिचार, शैलीलाई ध्यान दिने, नारावादी वा पोष्टरवादी होइन साहित्यलाई आवश्यक पर्ने मापदण्डलाई कायम राखेर प्रगतिशील, प्रगतिवादी साहित्यको अभियानलाई सफल पार्नु आवश्यक छ ।
पारशमणि प्रधानले भने जस्तो “कविता, कविताजस्तो हुनुपर्छ, शब्द थुपारिकन के हुन्छ ? भाव भए पो हुन्छ ।” कला कलाको लागि होइन, जीवनको लागि हुनुपर्छ । यो विषय पनि विश्वदृष्टिकोण बमोजिम निर्धारण हुन्छ ।
माक्र्सवादले हामीलाई समस्याको बस्तुगत तथ्यबाट समाधान खोज्न र विश्लेषण गर्न सिकाउँछ । जीवन कला साहित्यको लागि कहिले पनि नसुक्ने प्राकृतिक मुहान हो । त्यसैले हामीले समाजको अध्ययन गर्नुपर्छ ।
विभिन्न वर्ग, जाति, सम्प्रदाय, भाषा, लिङ्गको पारस्पारिक सम्बन्ध र तिनको अवस्था, स्वरुप र मानसिक स्थितिको अध्ययन गर्नुपर्दछ । त्यसबाट जनरुचिगत साहित्य सिर्जना हुनसक्छ ।
साहित्य सिर्जनाको लागि कुनै पनि विषय छनौट गर्दा राम्ररी केलाउनुपर्छ । चाहे ती पुर्खाका पुराना ऐतिहासिक कुरा हुन वा विदेशीहरूका कुरा हुन् तिनीहरूलाई हामीले नयाँ ढाँचामा नयाँ विषय बस्तुमा मिलाएर समय सापेक्ष जनपक्षीय साहित्यको सिर्जना हुनसक्छ । (माओत्सेतुङ्ग )
आजको नेपाल हिजोको नेपालबाट विकास भएर आएको हो । हामीहरूले इतिहासप्रति माक्र्सवादी दृष्टिकोणमा विश्वास राख्ने भएको हुनाले आफ्नो सम्पूर्ण इतिहासको अध्ययनबाट आफूलाई अलग राख्न हुँदैन । हामीले सुरुदेखि आजसम्मको आफ्नो देश नेपालको इतिहासको निचोड खिची मूल्यवान् परम्परालाई लिने र गलत परम्परालाई छोड्ने गर्नुपर्दछ । (पुष्पलाल)
“सैयौँ फूलहरू फुल्नदेउ, हजारौँ बिचारहरूलाई प्रतिस्पर्धा गर्न देऊ ।” माओत्सेतुङ्गले भनेजस्तै प्रगतिशील, प्रगतिवादी साहित्यले पनि यस बारेमा ध्यान दिएर प्रतिस्पर्धामा उत्रन सक्नुपर्छ । साहित्य बहुसंख्यक जनताको पक्षमा भएको र मन छुनेखालको भएमा मात्र पाठकको मन जित्न सकिन्छ । यो बैज्ञानिक समाजवादमा बढ्ने यात्रा हो । सच्चा मानवतावादी पक्षको यात्रा हो ।
वर्तमान समयमा जसरी सर्बहारा वर्गले पुँजीवादी वर्गसँग प्रतिस्पर्धामा उत्रनु पर्ने अवस्था छ त्यसैगरी साहित्य पनि प्रतिस्पर्धाको अवस्थामा रहेको छ । प्रतिस्पर्धाबाट उत्कृष्टतामा उत्रन सक्नु आजको आवश्यकता हो ।
स्पष्ट दृष्टिकोण अनुसार अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गरेर, निचोड निकालेर साहित्य सिर्जना गरेर समृद्ध पार्न सक्नुपर्छ । यो आजको माग पनि हो ।
आजको यस अन्तक्र्रियात्मक कार्यक्रममा सहभागी भएर आफ्नो जिज्ञासा राख्नुहुने मित्रहरू आयोजक प्रलेस कोशी प्रदेशलाई धेरै धेरै धन्यवाद छ ।
सन्दर्भ सामाग्री
– पुष्पलालका छानिएका रचनाहरू भाग १, मदन आश्रित स्मृति प्रतिष्ठान
नेपाल, २०५३ जेठ, काठमाडौँ ।
– कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवादक— कृष्णप्रकाश श्रेष्ठ, प्रगति
प्रकाशन, मस्को, सन् १९८६ ।
– येनानकी कला – साहित्य गोष्ठी मेँ भाषण, विदेशी भाषा
प्रकाशन गृह, पेकिङ्ग ।
– प्रलेसको संक्षिप्त इतिहास, विष्णु प्रभात, विवेक सिर्जनशील
प्रकाशन, काठमाडाँै, २०६३ ।
– माक्र्सवाद र त्यसको विकास प्रकृया, विष्णु प्रभात, पैरवी
प्रकाशन, काठमाडौँ, २०४७ ।
– अध्ययन सामाग्री, नेकपा एमाले, काठमाडौँ, २०६३ ।
– साम्यवादका सिद्धान्तहरू, फ्रेडरिक एङ्गेल्स, अनुावाद शिवप्रसाद,
प्रगति प्रकाशन, काठमाडौँ, २०४७ ।
– फ्रेडरिक एङ्गेल्सको संक्षिप्त जीवनी, लेखक, निरञ्जन गोविन्द बैद्य,
प्रगति प्रकाशन, २०४६
– साहित्यमा दृष्टिकोण, राम विनय, शब्द संयोजन, वर्ष १२ अङ्क
४, पूर्णाङ्क १३५, साउन, २०७२ ।