दुनो सोझ्याउनु
तेजविलास अधिकारी
श्रमशील
पक्षमा लागेर
पटक पटक
चाकरी
चाप्लुसी
अनि
मालिस गर्नु होस्
वा
घुक्र्याएर
थर्काएर
अर्को मान्छे लगाएर
परिणाम आफ्नो
पोल्टोमा पार्नु होस्
गल्ती देखाउनु होस्
अर्काले हो भनेर
स्वाद लिनु होस्
मेरा कर्म
मेरो भाग्य
खाएँ त के भो
भन्नुहोस्
जता चल्छ हावा
जस्तो बग्छ लहर
त्यतै त्यतै लाग्नु होस्
मूलतः दुनो सोझाउनु होस्
पैसा कमाउनु होस्
कर छल्नु होस्
आलो पालो
फेर्न होस् पार्टी
खानु होस् स्वाद लिएर
सर्वकालिक
सार्वजनिक
सर्वमान्य (?)
नेताजस्तै बनेर
अजम्बरी÷अमर
बन्नु होस्
अरु हुन् कार्यकर्ता
अरु हुन् कमजोर
बनाएर अरुलाई दास
मालिक बन्नुहोस्
अलि
भाषण ठोक्दै लोकतन्त्रमा
जित्नु र हार्नु
सौन्दर्य लोकतन्त्रको भन्दै
पटक पटक आफ्नै
दुनो सोझ्याउनु होस्
अरू जे गरुन्
बाँचुन् वा मरुन्
खानुहोस्
मज्जाले खानु होस् ।
