चाेर भजन
कपिल अधिकारी
चाेरले चोरलाई ‘चोर’ भन्यो
माइकबाट घिच्रोको नसा फुलाउँदै करायो
र चोरमा गन्यो
“मेराले,
मैले त अहिले चोरेको छैन
खुसुखुसु जे गरेँ कसैलाई थाहा छैन
इतिहास त इतिहास भो
त्यो खरानी भो
आफ्नै आङको खरानी के उडाउनु !”
चोरले चोरलाई समात्न अर्को चोर पठायो
“भाग नलगाइ तेत्रो चप्काइस्”
चोरसँग चोर रिसायो
भाग्ने चोर ठिक कि
समाउन जाने चोर ठिक कि
समाउन लगाउने ठिक हो भनेर
गलफती गर्दै छन् जनता
र
चोरकै सुशासनमा रहंँदा दङ्ग पर्छन् ।
–––
– ताइपेइ, ताइवान
सन् २०२३, मे ४
माइकबाट घिच्रोको नसा फुलाउँदै करायो
र चोरमा गन्यो
“मेराले,
मैले त अहिले चोरेको छैन
खुसुखुसु जे गरेँ कसैलाई थाहा छैन
इतिहास त इतिहास भो
त्यो खरानी भो
आफ्नै आङको खरानी के उडाउनु !”
चोरले चोरलाई समात्न अर्को चोर पठायो
“भाग नलगाइ तेत्रो चप्काइस्”
चोरसँग चोर रिसायो
भाग्ने चोर ठिक कि
समाउन जाने चोर ठिक कि
समाउन लगाउने ठिक हो भनेर
गलफती गर्दै छन् जनता
र
चोरकै सुशासनमा रहंँदा दङ्ग पर्छन् ।
–––
– ताइपेइ, ताइवान
सन् २०२३, मे ४