‘त्यसपछि ऊ मेरो जीवनमा प्रवेश ग¥यो ।’ उनले आफ्नो रामकहानी भन्न सुरु गरिन् ।
‘के बिबाह गर्नुभयो ?’ उसले सोध्यो ।
‘होइन नि, लिभिङ टुगेदरमा सँगै बस्न थाल्यौं ।’ उनले कुरा प्रष्ट्याइन् ।
‘अनि ?’ उसले अझ जान्न कुरा कोट्यायो ।
‘त्यसपछि दोस्रो व्यक्ति मेरो जीवनमा प्रवेश ग¥यो ।’ उनले भनिन् ।
‘नयाँ प्रेमी हो ?’ उनको रहस्य थाहा पाउन अर्को प्रश्न ग¥यो ।
‘बिल्कुल होइन । हामीबाट एउटा छोरा जन्मियो ।’ उनले लामो सास तानेर भनिन् ।
‘अनि के भयो ?’ उसले सोध्यो ।
‘त्यसपछि मेरो जीवनमा तेस्रो व्यक्तिको प्रवेश भयो ।’ हर्षित मुद्रामा उनले भनिन् । ‘फेरि अर्को छोरा भयो कि छोरी ?’ उसले पत्ता लगाउन चाह्यो ।
‘छोराछोरी केही होइन । एउटै व्यक्ति मेरो प्रेमिका र उसको पनि प्रेमिका नै बनेर हाम्रो जीवनमा प्रवेश गरी ।’ उनले कुरालाई गम्भीर मोडमा पु¥याइन् ।
जटिल सम्बन्धको घनचक्कर नबुझेर उसको टाउको रन्थनियो । साहस झिकेर प्रश्न ग¥यो, ‘तिनले गर्दा तपार्इंहरूबिचमा डिभोर्स भयो होला हगि ?’
‘होइन नि । उनैले गर्दा हामी मिलेर सँगै बस्न बाध्य छौं । उनी हामी दुवैलाई बराबर माया गर्छिन् । हामी दुई पनि उनलाई खुब माया गर्दछौं । हाम्रो सम्बन्ध जोड्ने सेतुको रुपमा आएकी छिन् ।’ उनले सम्बन्धको जटिल गाँठो फुकाउँदै भनिन् ।
‘अनि तपाईंहरूको सानो छोरा नि ?’ अवोध बच्चाको माया लागेपछि उसको अवस्था थाहा पाउन खोज्यो ।
‘ए.. उसलाई त हामीले अनाथ आश्रममा जिम्मा लगाइसकेका छौ ।’ उनले खुसीसाथ भनिन् ।
- वेलायत