शिक्षक
ज्ञानु विद्राेही
एका बिहानै
सपनाको खोजिमा निस्किएको छोरो
साँझ
आँखा बेचेर
घर फर्कियो
अफसोच
वर्षौदेखि
म भने
आखा ओछ्याएर सडकभरि
नयाँ सपना
पढाइरहेछु ।
- झापा