सम्पादकीय - ६२
विचार, भावना र घटनाहरू हरेक मानिससँग हुन्छन् । त्यस्ता भित्री भावनात्मक घटनाहरूलाई कलात्मकरूपमा उतार्न सक्नु साहित्य हो । जुन शब्दमा बोदिन्छ, लेखिन्छ तिनै शब्दहरूलाई खेलाएर सटिक, आकर्षक, कलात्मक प्रस्तुति गर्न सकियो भने साहित्य ठहरिन सक्छ ।
विश्वव्यापीकरण, वस्तु, सेवाको विस्तार आदि कारणले पनि नेपाली श्रमलाई विश्व बजारले प्रभाव पारिरहेको छ । विश्व बजारमा श्रमको प्रभाव र नेपाली श्रम विदेशी भूमिमा बिक्री गरेर हाम्रा दाजुभाइ र दिदीबहिनीहरू रिमेटेन्स देशभित्र भित्राइरहेका छन् । हो आज देशमा रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य छन् । विदेशमा नेपाली श्रम बेच्नका लागि सरकारद्वारा सरकारी कार्यालय खोलिएका छन् । यस वर्षको पौष महिनामा दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि इपियस कोरिया शाखाले भाषा परीक्षाको लागि फारम भर्न आब्हान गरेको थियो । त्यस परीक्षामा पहिले पानीजहाज कम्पनीमा काम गर्न जान पाउने परीक्षामा सहभागी भएका परीक्षार्थीलाई फारम भर्न नदिएका कारण परीक्षाबाट बञ्चित गराउन पाइदैन भन्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी युवाहरूलाई बल प्रयोग गरी पौष १३ गते दुई जना युवा मारिए । देशभित्र रोजगारी प्राप्त हुन नसक्नु र विदेशमा रोजगारीको लागि परीक्षामा पास फेल जे भए पनि परीक्षामा सहभागी हुन पाउँ भन्दा निर्मम तरिकाले दमन गरी होनाहार युवा मारिनु कहाँसम्मको प्रजातन्त्र हो ? उल्टै सरकारले संविधान वमोजिम नागरिकको सुरक्षा गरी रोजगारी उपलब्ध गराउनुपर्नेमा परीक्षमा सहभागी गराउन पाउँ भन्दा मारिनु दुःखद अवस्था हो । अदालतले सबै इच्छुक उमेदवारहरूलाई फर्म भर्न दिनु भनी आदेश दिएको देखिन्छ । यदि परीक्षामा सहभागी हुन नपाउने अवस्था हो भने कानुनको व्याख्या गर्ने अदालतले रोक्ने नै थियो । सामान्य तृटिका कारण दुई युवाको अनाहकमा ज्यान गएको स्पष्टै छ । अतः प्रहरी प्रशासन शान्तिपूर्ण आन्दोलन गरिरहेका निहत्था नागरिकमाथि दमनमा उत्रिनु संविधान र कानुनको अवमूल्यन गर्नु हो । अतः दोषी उपर सरकारले कडा कारवाही गरी प्रहरीलाई संयमता अपनाउनेसम्बन्धी आधारभूत तालिम दिने तर्फ समयमै सोच्नुपर्ला कि ? त्यस तर्फ सरोकारवाला सबैले विचार पु¥याउनुपर्छ र जनाताको भावना अनुसार काम गर्नुपर्दछ ।