बनौं बसेर गौरव
ओमप्रसाद कोइराला
नराख रोस होसलेहुँदैन कर्म जोसले ।सुधार देश यो सदामिलेर आज लोकले ।।बनाउँ स्वर्गझैँ धरापुगेर हेर कन्दरा ।फलाउँ अन्न बेसरीलगाउँदै वरीपरी ।।पुगेर माथि लेकमाझरौँ मधेस पmाँटमा ।विभेद गर्नु व्यर्थ होठुलो र सानु जातमा ।।खुसी भएर बन्दनागरौँ समाजको यहाँ ।हुँदैन मौन भै बसेअभावपूर्ण लौ जहाँ ।।घसेर मात्र हुन्न त्योसुवास छर्ने अत्तर ।पगाल्न सक्दछौ भनेपगालिदेउ पत्थर ।।सरापले धरापमापुगेर बस्छ मानव ।सफा हुँदैन ए ! प्रभुबुझौँन आज त्यो नभ ।।नराख पाप पेटमाअनर्थ हुन्छ भेटमा ।कुकर्मबाट पन्सनेसुकर्म नै हो देशमा ।।