कथा
धेरै लामो समयपछि उसले दिलमयालाई
बाटोमा देख्यो । २–३ बच्चाकी आमा भए पनि खाइलाग्दो
ज्यान, पहिरन पनि उस्तै हिँडाइ पनि उस्तै
। उसले दिलमायालाई छुट्टै प्रकृतिकोमा देख्यो ।
सासू बितेको पनि झण्डै ३ वर्ष भयो क्यारे, आफ्नो संस्कार अनुसार आएका सबैलाई खुवाउनु पिलाउनु, प्रसाद बाड्नु, दान दक्षिणा दिनु, पिण्ड तर्पण गर्नु सबै काम गरेर उम्किनु थियो । छोरा चाहिँ जागिर र आफ्नै व्यवसायमा थिए । घरमा सासू बुहारीमात्र थिए । सासू वृद्धा र अत्यन्त रोगी थिइन् । दैनिक औषधि खानुपथ्र्यो, औषधि किन्ने पैसा र औषधि लिन औषधि पसलसम्म जान उसलाई महाकष्ट थियो । आफूले गर्न नसक्ने भएपछि छोराबुहारीले पनि टेर्न छोडी सकेका थिए । लठ्ठीको सहारामा लङ्रङ लङ्रङ गरेर हिँड्थिन् र बिच बिचमा थुचुक्क बसेर नजिक आएकालाई आफ्नो दुःख सुनाउने गर्थिन् । छर छिमेकीले नभनेका कहाँ हुन र ? कति भन्दा पनि बुहारी चाहिँले उल्टै तिमीले नै लगेर पाल भनी ओठे जवाफ लगाउदी रहिछिन् । सासूलाई बुहारी चाहिँले तल धाराबाट पानी माथि भान्सामा लैजाने ड्युटी दिएकी थिएन् ।
घरको काम कुरा गराइ र बुहारीको
गाली सुनी नसक्नु थियो । आफूले खाना खाइसकेपछि सासूलाई चिसो भात थालमा राखेर आफ्नो
काममा लाग्थिन् । खाए खावस् नखाए नखाओस् उसलाई केही मतलव थिएन । दुईबिचमा बोलीचाली
नै बन्द भइसकेको थियो । छोरा चाहिँले श्रीमतीलाई यसो सम्झाउनुपथ्र्यो । तर छोरा पनि
उस्तै थियो । लामो दुःख, पीडा र चिन्तापछि सासू बितिन्
। छोराबुहारीले भोज भतेर र अनेक कर्मकाण्ड गरे । सासू हुँदा सबैले छिः छिः र दुरदुर
गर्ने बुहारी दिलमाया । सासूको काम उम्किएपछि ठाँटका साथ हिँड्न थालिन् ।