गजल -
रमेश शर्मा घिमिरे
गजलन कसैले देखेर हुन्छ न लेखेर
मेटिन्न कर्म वीरको भाग्य मेटेर
नतमस्तक हुन्छ दैव स्वयम् आफैं
कर्ममा तल्लीन निष्ठावान देखेर
अडिदैन दुध केही गरे डोकामा
भाग्यमा भावीले लेखेको छ भनेर
विचलित भए पीडा थपिन्छ झन्
धैर्य हुनु दुनियाँ संसार हेरेर
सहज छैन यो जीवन यात्रा पनि
अवसर थोरै चुनौती छन् धेर
तर बिरुवा रोपी गोड मेल गरे
निश्चित छ फल पाइन्छ एकफेर
– विराटनगर–१९, बैजनाथपुर