सम्पादकीय -६८
हिन्दुकुश हिमालय पर्वत
शृङ्खला अन्तर्गतको क्षेत्र दिनदिनै जलवायु परिवर्तनले सङ्कटमा परिरहेको छ । यस क्षेत्रको भूगोलको प्रकृतिले
अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ । जलवायू परिवर्तन नहँदाको अवस्थामा नेपालसहितका
हिमालको विशेषता नै बाह्रैमास हिमाल सेताम्मे भएर रहने हो तर पछिल्ला वर्षमा हिमालमा
हिउँ पग्लिएर कालै देखिएको छ । यसले नेपाल र नेपालजस्तै पर्वतीय देशहरू प्राकृतिक प्रकोपको
सिकार बन्दै गइरहेका छन् ।
जलवायु परिर्वतले पारेका
असर र चुनैतीहरूका बारेमा विश्व जगत्लाई जानकारी गराउने उद्देश्यले नेपाल सरकाले २०८२
जेठ २ देखि ४ गतेसम्म‘सगरमाथा सम्वाद’ आयोजन गरेको थियो ।
जलवाय परिवर्तनको कारण हिमालका हिउँ पग्लिएर हिमाल कालै भएका र त्यसले प्राकृतिक जीवनमासमेत
नराम्रो असर परेको देखिन्छ । जलवायु परिवर्तनले सर्वव्यापी चुनौतीहरू खडा भएका छन्
। यसले प्राकृतिक बिपत्ति निम्तिनुका साथै मानव जीवनमा जोखिम बढिरहेकाले विशेष ध्यान
दिनु जरूरी छ । जलवाय परिवर्तनले बाढी र पहिरो जस्ता बिपत्हरू निम्तिने र सोबाट जनधनको
क्षति हुन्छ । जसका कारण उच्च गरिबी हुनुका साथै कम वर्षाका कारण खानेपानीका श्रोतहरूसमेत
सुक्नसक्छन् । बढी, वर्षाका कारण बाढी पहिरो गई भू–क्षयसमेत हुन जान्छ
। यसको असरले कैयौंपटक खडेरी र बाढीको सामना गरिरहनुपर्ने हुन्छ । नेपाल सरकारले संचालन
गरेको तीन दिने ‘सगरमाथा संवाद २०८२’
को समापनसँगै नेपालले
जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण, मानव भविष्यका लागि
२५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जलवायु परिवर्तनको समस्यालाई जुध्न विश्व समुदायलाई
जलवायु सङ्कटविरुद्ध एकजुट भई कदम चाल्न नेपाल सरकारले अनुरोध गरेको छ । वर्षायाम सुरु हुन नलाग्दै वर्षाद सुरु भएको छ । यो पनि जलवायु परिवर्तनको असर
हो । गत वर्ष २०८१ असोजमा आएको वर्षाका कारण धनजनको ठुलो क्षति भयो । भौतिक पूर्वाधारहरू
सडक, पुल, बाटो भत्किएर सार्वजनिक सम्पत्तिको ठुलो नोक्सान भयो । अत्यधिक मनसुनले बाढी,
पहिरो जाने र जनधनको
क्षतिसहित खेतीयोग्य जमिनसमेत पहिरोमा मरिणत हुने र बालीनालीहरू नष्ट हुनेहुन्छ । जसका
कारण खाद्यन्नको अभाव हुनुका साथै नागरिकको जीवनस्तरमा समेत असर पार्दछ । त्यसर्थ,
सरकारले समयमै बिपद्
जाखिमलाई नूनीकरण गर्न आवश्यक कदम जाल्नुपर्दछ ।