कथा
जाहेरी
‘सर
केही मगाउने होइन ? के क्वाक्र्वार्ती हेर्नुभएको’ उसले मलाई
झसङ्ग गराई ।
‘मगाउन
केही खानेकुरा । तिमी के खाने हो मगाऊ । अलेली भोक त लागेको थियो तर यो
रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै सबै भोक हरायो’ म वरिपरि हेरेर बोलेँ ।
‘सर
यो रेष्टुरेन्ट हो रेष्टुरेन्ट । यहाँ मःम, चाउमिन, जुस पिएर चल्दैन । अलिकति सितनसँग नपिइ कहाँ
इन्ज्वाई गर्न पाइन्छ र ! दुई बोतल मगाउँकी सर ?’ उसले
मेरो अनुहारमा हेरेर रक्सीको अर्डर मागी ।
‘तिमी
पनि रक्सी पिउछ्यौ ? छ्याछ्याछ्या अचेलका युवती के गरी
बिग्रिएछन्’ मैले हाँसेर भने ।
‘के
गर्नु र सर, मनले इच्छा नभए पनि बाध्यताले पिउनुपर्छ’ ऊ अनुहार
मलिन पारेर बोली ।
‘के
के ल्याउँ सावित्री ? नजिक आएर एउटी युवती उभिई । सावित्रीले
दाहिने हातको दुई औंला देखाउँदै भनी, ‘दुई बोतल बियर ल्याऊ ।’
‘सितन
केही चाहिदैन ?’ पुनः
युवतीले हातमा समाएको अर्डर स्लिपमा लेख्दै सोधी । सावित्रीले मलाई कोट्याउँदै भनी, ‘दुई
प्लेट रोष्ट ल्याउँ ।’
म
ग्राहकको रुपमा रेष्टुरेन्टमा छिरेको हो । मलाई के खान मन लाग्छ मैले अर्डर
गर्नुपर्ने हो तर ऊ पो खुरुखुरु अर्डर गर्छे सँगै आएको साथीझैँ । फेरि यत्ति विधि
अर्डरको तिर्ने पैसा मसँग छ कि छैन उसलाई कुनै मतलव रहेनछ ।
‘बियर
एउटा मात्र ल्याउ । म खान्न’ मैले अर्डर टिपिरहेकी युवती तर्फ फर्केर बोलेँ ।
‘सर
पिउनुहुन्न र ?’ सावित्री
मलाई हेरेर बोली, ‘आज मात्रै हो कि कहिल्यौ पिउनुहुन्न ।’
‘सधैँ’
मैले छोटो उत्तर दिएँ । ऊ कालीनिली भई । ‘सर यहाँ मनले होइन बाध्यताले पिउनुपर्छ
।’ उसले लामै सास फेरी । ‘ज्यान पाल्न जे पनि गर्नुपर्ने रहेछ ।’ झन् उदास बनेर
बोली । केहीछिन अगाडि उज्ज्वल रहेको उसको अनुहार असारमा पानी पर्न लागेको आकाशझैँ
कालो भएको देखेर मैले भने, ‘सावित्री तिमी त रुउँलाझैँ गर्न थालेऊ त ।
मेरो कुराले मन दुख्यो कि के हो ?’
‘हैन
हैन सर, ग्राहकदेखि किन मन दुखाउनु । ग्राहक त हाम्रा भगवान् हुन् ।’ ऊ बोल्दै थिई
तर भक्कानिएर उता फर्किएर भनी, ‘कसैका लागि भगवान् होलान् तर यो नर्कको लागि
राक्षसभन्दा फरक देखिदैन ।’
ऊ
अलिपर सरेर फेरि बोली, ‘हैन यो रेष्टुरेन्टमा कस्ताकस्ता पानीमरूवा
ग्राहक आउँछन् हो । भित्र पस्ने केटी र यौवनको गन्ध सुग्धै तर साधु पल्टन खोज्ने ।
ब्रम्हचारी हुन खोज्नेले के मान्छे गिजोल्ने रेष्टुरेन्टमा छिर्नु । कन्धनी कसेर
हिँड्नु
नि
!’ उसले हाँसेर शब्दका बाण तेर्साई ।
‘यसो
इन्ज्वाई गरौँ भनेर आएको । भोक लागेर केही खाउँ भनी छिरेको’ मैले भनेँ ।
‘यो
खाजा खाने होइन बाजा बजाउने ठाउँ हो’ उसले हाँसेर भनी ।
‘कस्तो
बाजा ?’ मैले थाहा पाएर पनि थाहा नपाएझैँ बुझ पचाएर
सोधेँ ।
‘मान्छेको
...’ ऊ हलल हाँसी ।
‘सावित्री
तिम्रो घर कता हो ?’ मैले
उसको घर पत्ता लगाउन खोजेँ ।
‘सर
पत्रकार हो र अन्तर्वार्ता लिएको ? नाम पनि सोधेको छ, घर
पनि सोधेको छ । सारा विवरण सोधेर समाचार बनाउने होला । बाध्यताले जिउ बेचेर एकपेट
पाल्ने हामीजस्ता भाग्यले हरिएका नारीको सामाचार छापेर यहाँहरूको गोजी भरिएला । तर
विवशताले पिल्सिएका चेलीको भत्किएर र बेचिएर बाँकी रहेको जीवन यो सहरबाट समेत
हुत्तिनुपर्छ । के हाम्रा आँखाबाट आँसुका थोपा नझारी तपाईंंहरूको जागिर बच्दैन ?’ हो सावित्री अलि बढी नै मप्रति आवेश पोखेर
पर सरी । एक मिनेट अगाडि मेरो छेउछेउमा आएर उत्तर दिदै थिई तर एकाएक रिसाई ।
‘म
पत्रकारजस्तो लाग्छ र ? पत्रकारको त कापी, कलम, क्यामरा
पो हुनुपर्ने हो त ?’ मैले
आफू पत्रकार नभएको विश्वास दिलाउन खोजेँ ।
‘यसै
भनेर धेरै मान्छे आउँछन् । भोलिपल्ट अखबार र अनलाइनमा फलानो रेष्टुरेन्टमा दिउँसै
बेश्यावृत्ति भनी छाप्छन् । हो आएर हाम्रै शरीर छामछाम छुमछुम गरेर भरपुर आनन्द
लिएपछि पनि कति असन्तोष हो यी पत्रकारको ? हैन आफ्ना चेलीबेटीको यसैगरी समचार पढ्दा के
यिनीहरूलाई आनन्द आउँदोरहेछ ?’
‘हैन
हैन सावित्री तिम्रो नामैले मेरो लागि काफी छ । म पत्रकार होइन र समाचार संकलन
गर्न आएको होइन ।’
हो सावित्री पत्रकारबाट कति बिच्किएकी रहिछे । पीडै भएर न रोष प्रकट गरेकी होली त उसले ।
त्यतिखेरै अर्डर टिप्ने युवतीले बियरको बोतल र गिलास ल्याइदिई । सावित्रीले बियरको बिर्को खोलेर बियर गिलासमा हाली र एक सुर्को तानी । घुटुक्क निलेर यस्तो मुख बिगारी कि जवरजस्ती खुवाइएको होस् । गिलास टेविलमा राखेर लामो सास फेरेर बोली, ‘सर त अचम्मको मान्छे हुनुहुँदो रहेछ । यस रेष्टुरेन्टमा अहिलेसम्म रक्सी नपिउने मान्छे औँसी, पूर्णिमामा मात्र आउने हुन् । मैले पनि इच्छाले कहाँ पिएकी हुँ र सर ! बाध्यता न हो । नखाउँ व्यापार हुँदैन, व्यापार नभए तलब आउँदैन । तलब नआए मुखमा माड लाग्दैन । छोरीको लागि पनि त अलिकति भोजन, बास र स्कुलको फिसको जोहो गरिदिनै प¥यो । मर्न सकिदैन । मरौँ भनेँ छोरीले दुःख पाउली भन्ने झझल्को आउँछ । दुनियाको हात शरीरभरि फैल्याउनुभन्दा त घाटको धुवाँमा उड्नु बेस हो तर सोचेजस्तो कहाँ हुन्छ र जिन्दगी ?’
ऊ
बोल्दा बोल्दै दुवै हातले अनुहार छोपेर टेविलमा घोप्टिई । सायद जीवनमा भोगेका
हन्डर र कठिन पीडाले पोलेर उसका आँखामा पक्कै आँसु पग्लिए भन्ने मैले अनुमान गरेको
थिएँ । साँच्चै मेरो मूल्याङ्कन ठिक रहेछ ।
मैले
उसको अनुहार छोपेको हात तान्दै भने, ‘सावित्री मान्छेका केही न केही दर्द र पीडा
त हुन्छन् नै । ती पीडा र समस्याहरूलाई पार लगाउदै अगाडि बढ्नु नै जीवनको सफलत हो
।’ मैले सम्झाएँ ।
‘जाबो
यस्तो जीवन !’ खै के सोची र आँखाबाट बगेका आँसु पुछी ।
त्यत्तिखेरै
रोष्ट आइपुग्यो । अर्डर टिप्ने युवतीले टेविलमा राखिदिएको एक प्लेट रोष्ट मलाई
दिदै भनी, ‘सर खानोस् ।’ सावित्रीले मलाई खान अनुरोध गरी र पुनः बियरको गिलास उठाएर
एक घुट्को निली । ‘थुक्क ! जुस नखाएको मुखले रक्सी
पिउनुप¥यो
। सर खुसीले कसैले रक्सी पिउला र ?’
‘खुसी
र मिठो नभई यत्रो महँगो रक्सी कसले पिउँछ र सावित्री ? कतिलाई
नभई रात नै कटिदैन’ मैले उसको अनुहारमा हेरेँ । उसको अनुहार पूरै आँसुले भिजेको
थियो । कपाल दुवै हातले मिलाएर भनी, ‘सर के को लागि यहाँ आउनुभएको ? तपाईंं
गलत ठाउँमा छिर्नु भो ।’ उसले रोष्टको एउटा टुक्रा टिपी र चपाउन थाली ।
‘म
ठिक ठाउँमा आएको छु सावित्री । सबै मान्छे एउटै नियतले
आउँदैनन्
। झ्यालखानामा सबै अपराधी मात्र परेका हुँदैन् । परिबन्ध र फसाइएर एकदुई जना जेल
परेका उदाहरण छन्’ मैले कुर्सीमा अडेस् लागेर भनँे ।
‘हो
सर यहाँले ठिक भन्नु भो । रेष्टुरेन्टमा काम गर्ने प्रत्येक महिलालाई
हरेक
मानिस बेश्या देख्छन् । तर के उनीहरू सबै बेश्या हुन् ? या
बाध्यताले बेश्या बनाइएका हुन् ? किन मान्छे बुझ्दैनन् । हाम्रो पोलिरहेको
छातीमाथि हात राखेर मन सित्तल पार्न चाहाने लोग्ने मान्छेहरूको नियत त्योभन्दा
माथि कहाँ उठेको छ र !’ उसका आँखाबाट पिलपिल आँसु चुहिरहेका थिए । सायद आँसु बगेको
मलाई थाहा नहोस् भनेर उता फर्केर उसले आँसु पुछी ।
‘मैले
तिमीलाई त्यस्तो नराम्रो शब्द बोलेको छु र सावित्री ? तिमी
सधैँ यो गल्लीबाट भित्र छिथ्र्यौ । विदाको दिन हो सायद सानो बच्चीले तिम्रो हात
समाएर यो रेष्टुरेन्टमा छिरेको कति पटक यी नै आँखाले देखेका हुन् । तिम्रो बारेमा
मैले बुझ्न खोज्नु मेरो अधिकारको कुरा त होइन । तर एउटी चेलीको पीडा बुझेर यहाँ
छिरेको हुँ । माफ गर । मैले अनाहकमा तिम्रो परिचय मागेँ ।’ मैले साँच्चै नै हात
जोडेर माफ मागेँ ।
ऊ
घुँक्कघुँक्क रुन थाली । ‘यहाँ कति मान्छे आए गए तर उनीहरूले हाम्रो शरीर र यौवन
मात्र सोधे । कसैले घण्टा मागे कसैले रात मागे । उनीहरूका हात जतिखेरै हाम्रो शरीर
तर्फ बढ्थे । तपाईंंं एउटा यस्तो ग्राहक देखेँकी मेरो व्याथा मात्र खोजिरहनुभएको छ
। हो मेरो पीडा र घाऊ सुन्नु हुन्छ भने केही छैन तर अखबारमा चाहिँ नछापियोस् ।’
‘म
पत्रकार भए पो छाप्नु सावित्री ! फेरि एउटी पीडित महिलाको पीडा छापेर कसरी रमाउन
सक्छु म ?’ मैले उसलाई आश्वस्थ पार्न खोजेँ ।
‘हो
नाम मेरो सावित्री भए पनि तपाईंंंले थाहा पाउनुभएपछि बेश्या भन्नु हुने छ बेश्या !
तर त्यो मेरो जवरजस्ती बाध्यता थियो । के एउटी नारी स्वइच्छाले बेश्या हुन सक्ली ?’
गाउँको
गरिबी र अभाव त सबैलाई थाहै छ । म स्कुल पढ्दा पढ्दै एस. एल. सी. पास भएँ । एस.
एल. सी. पासपछि विश्वविद्यालय पढ्ने इच्छा कुन विद्यार्थीको नहोला र ! तर मेरो
पढ्ने हैसियत थिएन । हाम्रो गरिबी र अभावको पाइदा उठाउन गाउँकी दमयन्ती दिदीले
एकदिन भनी, ‘सावित्री तैँले एस. एल. सी. पास गरिस् । घरबाट पैसा
खर्च गरेर पढाउने तिमीहरूको अवस्था छैन । तँलाई म पढ्न सहयोग गरुँला ।’
उसको
आश्वासनले मेरो मन फुरुङ्ग उड्यो । हो हाम्रो आर्थिक अवस्था कमजोर थियो । आमाबुबा
छोरीलाई पढाउन पाए हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो तर केले पढाउन् । म एस. एल. सी.
पास भएको एकहप्तापछि मेरो बाबालाई दमयन्तीले भनी, ‘गोरे दाइ तपाईंंंकी छोरी सावित्रीको पढाए
राम्रो रहेछ । उसले एस. एल. सी पास
गरी
। तपाईंंंसँग पढाउने क्षमता म देख्दिनँ । उसलाई पढाउन सके पछि तपाईंंंको
हेरचाह
गर्न सक्थी ।’ मेरो अनुहार हेरेर बाबुलाई फकाई । ‘के खर्चले पढाउनु र दमयन्ती
सावित्रीलाई ? मेरो घरको अवस्था कस्तो छ देखेकै छ्यौ तिमीले ।’
मेरा बाबुले सहयोगको आश्वासन मागेझैँ बोले ।
हो
दमयन्ती खै कता सहरतिर बस्थी । कोहीकोही भन्थे, ऊ काठमाडौँमा पैसा कमाएर बसेकी छे । ऊ
वर्षको एकपटक दसैँ वा हिउँदमा गाउँमा आउँथी । उसले गलाभरिको सुनको तिलहरी र हातमा
सुनका चुरा लगाएको देखेर गाउँका महिलाहरू भन्ने गर्थे, ‘हैन
हो, त्यो दमयन्तीले कति धेरै पैसा कमाइछे । पूरै सुनले ढाकिएर हिँड्छे ।’
कोही
भन्थे, ‘कमाई होली नि काम गरेर । सहर पसेको दश वर्ष भइसक्यो । गाउँका कति
केटीलाईसमेत जागिर लगाइदिएकी छ रे । काइलाघर दाइकी छोरी कालीलाई राम्रो जागिर
लगाइदिएर आमालाई सुनको तिलहरी र बाबुलाई औँठी पठाइदिई । खै कत्ति हो दसैँ खर्चसमेत
पठाइदिई रे ।’
यस्तै
हल्ला थियो गाउँभरि । छोरीलाई गाली गर्दा कोही आमाबाबु भन्ने गर्थे, ‘दमयन्तीजस्ती
छोरो पाउनु पो भाग्य त । बाबुआमालाई सुनले ढाकिदिएकी छे । कति धेरै पैसा कमाइ रे
सहरमा बसेर ।’ हो गाउँघरमा बुढाबुढीबाट यही कुरा कतिपटक सुनेका हुन् यी कानले ।
‘पढाउन
कठिन छ भने मसँग पठाइदिनोस् न त गोरे दाइ सावित्रीलाई । म जागिर लगाइदिन्छु ।
बिहान कलेज जान्छे । दिउँसो जागिर खान्छे । पढाइ खर्च
टारेर
केही बचाइ भने तपाईंंंहरूको ऋण तिर्न केही भरथेग हुन्छ ।’ उसले मलाई फुत्काउने
चेष्टा गरी ।
‘दमयन्ती
तिमीलाई लाखलाख धन्यवाद । मेरी छोरीलाई त्यति सहयो
गरिदेऊ
।’ बाबा बोल्नुभन्दा अगाडि आमाले बोल्दै भन्नु भो र मलाई देखाउँदै थप्नु भो, ‘सकिछे
भने भविष्यमा सावित्रीले तिम्रो गुन कुनै दिन तिर्ने छे ।’
हो
बाबाआमाको सल्लाह वमोजिम नै म पढ्न भनेर दमयन्तीको साथ लाग्ने भएँ । म घरबाट टाढा
कतै निस्किएकी थिइन । कल्लेरी खोलाबाट घरसम्म धानको धोक्रो र घाँसको भारी बोकेको र
कुभिण्डेसम्म रोटे पिङ खोल्न गएकोबाहेक म बाहिर निस्केकी थिइन ।
एक
महिनापछि म उसको पछिपछि लागेँ । तीन दिनमा हामी नेपालको सिमानामा पुगेछौँ ।
नेपालपारि सिमानामा हिन्दी अक्षर देखेर मैले दमयन्तीलाई भने, ‘हजुर
त काठमाडौँ बस्ने होइन र ?’
उसले मेरो गाला मुसार्दै भनी, ‘कसले भन्यो म काठमाडौँ बस्छु भन्ने कुरा ? म त इण्डिया बस्ने हो । मेरो जागिर उहीँ हो । तिमीजस्तै अरू कति बहिनीहरू बिहान बेलुकी पढ्दै दिउँसो काम गर्छन् । काठमाडौँमा के जागिर पाइन्छ र ? तिमीले थाहा पाएकै छ्यौ त गाउँमा मेरो इज्जत । मसँगै हिँडेपछि केको चिन्ता गर्नुप¥यो ।’ उसले मलाई सम्झाउँदै ढाडस दिई ।
‘आज म बुझ्दैछु, दमयन्तीले काठमाडौँमा के जागिर पाइन्छ भन्ने कुरा । हो जागिर त म पाइरहेकी छु, जुन आँखाबाट आँसु र मुटुबाट भावना रित्याउँदै परपुरुषको अँगालोमा बाँधिने । के यो कुनै सावित्री महिलाले विना बाध्यता र विवशता बेगर यो कार्य सहन सक्छे ? सर तपार्इं आफ्नो छातीमा हात राखेर भन्न सक्नुहुन्छ पीडा कति हुन्छ ? हुन त तपाईंंं पुरुष हो । यो पीडा तपाईंंंलाई के थाहा हुन्छ ।’ उसले निलो रङको कुर्था र कालो रङको सुरुवाल लगाएकी रहिछे । कुर्थाको फेरले दुवै आँखाका डिलबाट चुहेको पानी पुछी र हातले अनुहार छोपी ।
‘नरोऊ
नरोऊ सावित्री ! आँसुले आफैँलाई नै गलाउँछ । धेरै नरोऊ’ मैले उसको दाहिने हातको
नाडीमा समाएर अनुहारबाट हात हटाएँ ।
उसले
देब्र हातले पुनः आँसु पुछी र भन्न थाली, ‘जागिर खुवाउँछु भनेर बेश्यालयमा पो लगेर
बेचेकी रहिछे । घरबाट हिँडेको पाँचौँ दिनमा मुम्बइको बेश्यालयमा पु¥याइ
। मोटीमोटी नेपाली बोल्ने महिलाको जिम्मा लगाउँदै भनी, ‘सावित्री
म अफिसको काम परेकाले आज साँझै जोगवनी जानुपर्ने भयो । मेरो कोठा यी नै दिदीले
देखाउनु हुन्छ । उहाँ मेरो साथी हो । नडराइ बस्दा हुन्छ ।’ उसले अनेक बहान बनाएर
फकाई । म विश्वास गरेर गाउँदेखि आएकी थिएँ । त्यहाँ पनि विश्वास गर्नैप¥यो
।
नगरेर
के पो गर्न सक्थेँ र म ! त्यसपछि ऊ त्यहाँबाट हिँडी । आज आउँछे, भोलि
आउँछे, पर्सि आउँछे अँ हँ ऊ कहिल्यै मलाई भेट्न आइन । तपाईंंंलाई पत्यार नलाग्ला
उसले त मलाई पचास हजार भारूमा त्यो आइमाईलाई बेचेकी रहिछ । त्यसपछि के भयो ! एउटी
नारीले कसरी भन्न सक्छे ... !’ ग्वाँग्वाँ रुन थाली । उसको रुवाइ सुनेर केहीछिन
अगाडि अर्डर टिप्ने युवती आएर सोधी, ‘सावित्री के भएर रोएकी ? के
तिमीलाई कसैले अपमान ग¥यो ?’
‘छैन, छैन
केही गरेको छैन । आफ्नै पीडाले भक्कानिएर रुन मन लाग्यो’ उसले आफ्नै पीडाले रुएको
बताई ।
‘के
गछ्र्यौ त सावित्री ! गरिब हुनु पनि अभिसाप रहेछ । गरिबीकै कारण त भएका हुन् यी सब
घटना । आर्थिक अवस्था राम्रो भएको भए रेष्टुरामा बसेर दुनियाका हात समाएर किन मन
चुडाउनुपथ्र्यो हामीले ।’ यत्ति बोलेर ऊ फनक्क फर्किई ।
हो
त्यसपछि मैले जवरजस्ती ग्राहकको ओछ्यान तताउनुप¥यो । शरीर र ओठ त कतिचोटि हो कतिचोटि
चिमोटिए । मैले नमान्दामा लठ्ठीले हिर्काएर बनेको खत यी अझै निधारको छेउमै छ ।’
उसले बेश्याबृत्ति गर्न नमान्दा दिएको यातनाको खत चोरीआँैलाले छामेर देखाई । उसका
कुरा सुन्दै जाँदा मेरो छाती ढुक्क फुलेको थियो ।
‘सर
त टोलाउन लाग्नु भो त । मेरा कुराले बोर लाग्यो कि के हो सर ? हामीजस्ता
बाध्यताले बेश्या बनाइएका युवतीहरूको योभन्दा दुःखद् घटना के होला र ?’ उसले मतिर हेर्दै रोष्ट खान अनुरोध गरी ।
‘केही
थपौँकी ? सकियो भने अर्डर गर है सावित्री’ अघि अर्डर गर्ने युवतीले सोधी ।
‘चाहिएमा
म मागिहाल्छु नि’ सावित्रीले भनी, ‘सरलाई एउटा जुस मगाउँ ?’
‘हुन्छ
मगाऊ’ मेरो स्वीकृतिपछि उसले जुस मगाई ।
‘यत्तिमै
बन्द गरौँ सर’ उसले भन्दै गरेको विगतको पीडा रोक्न खोजी ।
‘के भनेकी सावित्री तिमीले । कथा बिच मोडमै रोक्ने । न यता न उताको अधकल्चो तिम्रो घटना सुनेर यो मनमा के खुल्दुली बोकेर उठ्नु । भन भन’ मैले पूरै उसको कुण्डली लिन खोजेँ ।
उसले
एक सुर्को बियर घुटुक्क निली र मुख बिगारी । उसको बिग्रिएको मुख देख्दा तितेपातीको
झोल पिएझैँ लागेको थियो । त्यसपछि रोष्ट टिपेर दाँतले लुछी र भन्न थाली, ‘आँसु
र पीडा पोख्दापोख्दै नारकीय जीवन बिताएको दुई वर्ष हुनै लागेको थियो । त्यो नारकीय
जीवन बताउन म के गरी सकुँली र ! सम्झदासमेत आँखाबाट असारको भलझैँ आँसु पोखिन्छ ।
रोएर र यातना सहेर बस्दाबस्दै दुई वर्षपछि एउटा युवक ग्राहकको रुपमा आइपुग्यो । ऊ
त्यस दिन मेरो पीडा सुनेर त्यसै फर्कियो । मैले सम्झँे, लोग्नेमान्छेभित्र
पनि मानवता रहेछ । हैन सर, तपाईंंंलाई चित्त चाहिँ नदुखोस् है । फेरि
अर्को दिन ऊ आयो । यसरी आउँदा आउँदै उसको र मेरो माया बस्यो । उसले एक दिन भन्यो, ‘सावित्री
तिमी यति सुन्दर छ्यौ । उमेर छ । एउटी युवतीलाई घरजम गरेर बस्न पक्कै मन हुन्छ नै
। म पनि अविवाहित छु । घरबार जोडौँ ।’
हेर्दा
त ऊ साह्रै राम्रो थिएन । कालोकालो हिस्सी परेको । उमेरमा स्याल पनि घोर्ले हुन्छ
भन्थे हो ऊ जवान थियो । उसको नाम समसुद्दिन रहेछ । बाहिर कालो देखिए पनि मित्री मन
उसको सफा देखेर भनेँ, ‘म बेश्यालयमा बेश्या हुन बाध्य महिलालाई
जीवनसाथी बनाउन सकौला र !’ म नरकमा भएकाले यहाँबाट उम्कन जो कोहीसँग हिँड्नु र
भाग्नु मेरो बाध्यता थियो ।
समसुद्दिनले
भन्यो, ‘मनले मानेपछि को बेश्या र को सावित्री छुट्याउन गाह्रो हुँदोरै’छ । तिमी
झुक्याएर यहाँ ल्याइ पु¥याइएकी हौ । तिम्रो माया र समर्पणदेखि म
पूर्ण विस्वस्त भएँ । तिमी र म बिहे गरेर घरगृहस्थी चलाऔँ ।’
त्यतिखेर
म कति खुसी भएकी थिएँ । नरकमा जाकिएकी एउटी महिलाको लागि सुन्दर संसारको निर्माण
त्यसै खुसीको पल थियोे । मेरो मनले समेत समसुद्दिनलाई माया गर्न थालेछ क्यारे
त्यही भएर भने, ‘समसुद्दिन म एउटी अभागीलाई अँगाल्नु तिमी भगवान् हौ
। सीता रावणले हरेर लाँदा मात्र त उनको के हविगत भयो भने म त मान्छे हुँ ।
त्यसमाथि जवरजस्ती दुनियाको ओछ्यान तताउँदा र छाती, ओठ टोकिदा पनि अपनाउन चाहने पुरुष भगवान्
नभएर के हुन् त ?’ पुनः
सोचेर भनेँ, ‘समाजले त अब मेरो नाम मात्र सुन्न चाहँदैन भने तिमी
के साँचै स्वास्नी मान्न सकौला र समसुद्दिन ?’
उसले
मेरो गालामा मायाको वर्षा बर्साउँदै भन्यो, ‘मन र मश्तिष्कले बेश्या नदेखी सावित्री
देख्यो भने बेश्यालाई पनि सावित्री देख्न सकिन्छ । तिमी कोठीमा बेचिएकी र
त्यहाँबाट मैले विवाह गरेको कसले थाहा पाउँछ ? तिमी र मैले त हो
नि
। हो त्यसपछि समाजमा तिमी सावित्री रहने छ्यौ । मात्र सावित्री ।’
अर्को दिन उनै समसुद्दिनको योजना अनुसार भागेर रेल चढ्दै उसको घर लाग्यौँ । उसको घरभन्दा बिस किलोमिटर अगाडि रहेको मस्तिजमा अल्लाहालाई किरिया खाएर विवाह ग¥यौँ । सर तपाईंंं नै भन्नु न म एउटी हिन्दु नारी । मन्दिरमा गएर सिन्दूर हाली विवाह गर्नुपर्नेमा कुरान र अल्लाहा सम्झेर बन्धनमा बाँधिनु के मन दुखेन होला ?
हो ऊ पनि केही नभएको तन्दुरामै रहेछ । एउटा सानो घर । एक कठ्ठा जमिन । यत्ति हो सम्पत्ति उसको । सम्पत्ति नभए पनि म खुसी नै थिएँ । उसकी आमा थिई । ऊ त बाइफाले नै रहिछ । छोराले हिन्दु बुहारी विवाह ग¥यो भनेर ऊ दिनै रुन्थी, कराउँथी र चिच्याएर भन्थी, ‘समसुद्दिन मुस्लिम कुनै केटी पाइनस् । यस छौडीलाई कहाँबाट उठाएर ल्याइस् । उहीँ लगेर छाडिदे ।’
तर
मेरो मायाको कारण उसको मनले कहाँ हिन्दु र मुस्लिम भन्थ्यो र । हो एकवर्षपछि मेरी
एउटी छोरी जन्मिई । एकदिन समसुद्दिनले भन्यो, ‘हामी गरिब त तिमीलाई थाहै छ । आमाको
दपेटाइसमेत सहिरहेकी छ्यौ । अब दुई चार वर्ष सही रहु । म दिल्ली जान्छु र केही
कमाएर छोरीको भविष्य बनाउँछु ।
‘साँच्चै
उसको मन कति कोमल थियो । उसले मेरो नर्कको जिन्दगी स्वर्ग बनाइदियो । अब छोरीको
जीवन पनि सुन्दर बनाउन चाहेको थियो ।’ बोल्दाबोल्दै साबित्रीका आँखाका डिलबाट भेल
उर्लियो र तप्पतप्प चुहुँदै टेविलमा पोखियो ।
समसुद्दिन
एकदिन म, आमा र छोरीबाट विदा भएर कमाइ गर्न हिँड्यो । तर ऊ दिल्ली जान्छु भन्थ्यो
कलकत्ता बन्दरगाहा पो पुगेछ । पानीजहाजमा काम गर्दागर्दै एकदिन खबर आयो, ‘समसुद्दिन
समुन्द्रमा पानीजहाज हराउँदा बेपत्ता भयो । ऊसँगै पानीजहाजमा काम गर्ने अरू पाँच
जाना कामदार सहित पानीजहाज बेपत्ता छ ।’
म
त्यो समाचार सुनेर धेरै रोएँ । अब कहाँ जाउँ ! मेरो स्वर्गको जीवन बनाउनेलाई
भगवान्ले खोसे । दुई वर्षसम्म बाटो हेरेँ अँ हँ ऊ आएन । अब ऊ कहिल्यो आउँदैन !’ ऊ
यत्ति भन्दै डाको छोडेर रुन थाली ।
मैले
के के भनेर सम्झाएपछि कुर्थाको फेर उचालेर आँखा पुछी र भन्न थाली, ‘धर्म
र जात होइन सर मान्छेसँग मन हुनुपर्छ मन ।’
सासुले दिनै टोकासो गर्न थालेपछि म के मुख र कसलाई पर्खेर त्यो पराई देशमा बस्न सकूँ । त्यही भएर छोरी बोकेर एकदिन बिहानै भागेँ र ट्रेन, बस हुँदै काठमाडाँै आइपुगेँ । घरमा जाउँ कुन मुख लिएर जाउँ । गाउँका सबै मान्छेले कोठीमा बेचिएकी बेश्या भन्छन् । नजाउँ कहाँ जाउँ ?
गाडीबाट
नयाँ बसपार्क ओर्लिएर यताउता हेरेँ । एउटी युवती एउटा बसको पछाडिपट्टि उभिरहेकी
रहिछे । ऊसँग कुरा गर्दा गर्दै घँुक्कघुक्क रुएछु । उसले मेरो पीडा सुनेपछि सहयोग
गर्ने विचार गरिछे र उसको डेरामा लिएर आई । ऊ को रहिछ तापाईंले थाहा पाइसक्नु भो
होला । ऊ त्यै अघि अर्डर लिने युवती हो ।
बाहिर अर्को ग्राहक आएको संकेत आयो र उसले अलि छिटोछिटो भनी, ‘बेश्यालयबाट निस्किए पनि यो पापी पेट पाल्न परपुरुषको अँगालोमा बेरिनुपरेको छ ।’ यत्ति बोल्दै ऊ जुरुक्क उठी र टेविलमा रहेको बोतलको पानीले मुख धोई । उभिएर मलाई हेरेर फेरि भनी, सर दमयन्तीलाई कुनै कार्यवाही गर्न सकिदैन ? सरबाट सहयोग पाउन पाए हुन्थ्यो । बाहिर मेरो अर्को ग्राहक आयो । बाई बाई !’ दाहिने हात हल्लाई र बाहिर निस्की ।
जो
अर्डर लिने युवती बिल लिएर आई । बिल काउन्टरमा तिरेर निस्कनै लाग्दा सावित्री म
नजिकै आएर बोली, ‘फेरि फेरि आउँदै गर्नु है सर ?’
म ढोकाबाट बाहिर निस्कनै लागेको थिएँ । त्यतिखेर खै के सोची र मेरो हात च्याप्प समाएर भनी, ‘सर हामीले न्याय पाइँदैनर ?’
‘कस्तो
न्याय ?’ मैले सोधेँ ।
‘बेश्यालयमा बेचिनु अन्याय नभए के हो ? रेष्टुरेन्टमा दिन दाहाडै छाती र पिँडुला छामिनु अन्याय नभए के हो त ? तपाईंंं पत्रकार भनेको वकील हो जस्तो लाग्यो । तपाईंंले मलाई न्याय दिलाउनुप¥यो ।’
उसले
म वकील भएको कसरी थाहा पाई । हो मैले उसको भावना सुनेर दुःख व्यक्त गरेकाले मसँग
न्याय माग्ने बाटो खोजेकी होली । मैले मेरो पर्सबाट सम्पर्क कार्ड दिदै भने, सावित्री
बाटो छेउको घरको तेश्रो तलामा भोलि दश बजे आऊ है । के गर्न सकिन्छ भोलि नै सल्लाह
गरौँला ।’
कार्ड
सामाएर एस, नो केही नभनी साबित्री मुसुक्क हाँसेर भित्र छिरेर
अलप भई ।
ऊ
भोलि दश बजे नै मेरो अफिसमा आइपुगी । मेरो कुर्सीमा बस्ने संकेत बुझेर बस्दै भनी, सर
त पत्रकार भनेको वकील पो हुनुहुँदो रहेछ ।’
‘कसरी
थाहा पायौ’ मैले सोधेँ ।
‘सरले
कार्ड दिनुभएको थियो नि, हो त्यही कार्ड हेरेर थाहा पाएँ’ हाँसेर
बोली र वरिपरि हेरेर फेरि भनी, ‘सर यहाँले किन बोलाउनुभएको ? केही
काम थियो कि ?’
‘काम
नभई कसले बोलाउँछ सावित्री’ यति भन्दै मैले कालो ब्यागको चेन खोलेर तीन पेज
लेखिएको कागज साबित्रीको हातमा दिदै भने, यो कागज पढेर सही गर ।’
ऊ
झसङ्ग झस्किई र आश्चर्य मानेर हेर्दै बोली, ‘सर यो के को कागज हो ?’
कुर्सीमा
सिधा अडेर लागेर उसलाई हेर्दै मैले भनेँ, ‘जाहेरी ।’
‘के
को ? कस्को ?’ हड्बडाएर
बोली । उसले रेष्टुरेन्टको क्रियाकलाप थाहा पाएर त्यस विरुद्ध उजुरी लेखेको होला
भन्ने सोचेकी रहिछे । उसको अनुहारमा डरको भाव देखेर मैले सम्झाउँदै भने, ‘नडराऊ
सावित्री । यो दमयन्तीलाई जेल हाल्न मानव बेचविखन विरुद्ध प्रहरीमा लेखिएको जाहेरी
हो ।’
एकाएक उसको अनुहार झलमल्ल घाम लागेजस्तो भयो । उसले मसँगबाट कलम र स्ट्याम्प प्याड मागेर कतै नहेरी सही गरी र जाहेरी कागज हातमा लिई । ऊ पढ्दै गर्दा उसका आँखाबाट एकाएक आँसुका थोपाहरू तप्पतप्प झरिरहेका थिए । जाहेरी पढिसकेपछि देब्रे हातले कागज अठ्याई र मलाई हेरेर रुन्चे स्वरमा भनी, ‘सर यहाँलाई लाखलाख धन्यवाद । दमयन्तीले मेरो जीवन जसरी तहसनहस पारी त्यसैगरी उसको जीवन पनि जेलको सिँढीमा सडाउनुपर्छ ।’ त्यति भनेर ऊ अनुहार टेविलमा घोप्टो पारेर रुन थाली ।