गीत
गीत
गणेशकुमार मिश्र
दुःख सोच्ने मनले दुःखै देख्दछ
सुख सोच्ने जनले सुखै भोग्दछ
कल्पनाको तलाउमा चल्छ मानव मन
जति आर्जन गरे पनि कमी हुन्छ धन
शान्तिलाई फैलाउन दुःखले
रोक्दछ
सुख सोच्ने जनले सुखै भोग्दछ
मनको मैलो फाल्नलाई हेरौं मनभित्र
भौतिकताका चित्र, रङ्ग
छन है विचित्र
अज्ञानताको अँध्यारोले ज्ञान छेक्दछ
सुख सोच्ने जनले सुखै भोग्दछ
– नुवाकोट, हालः बु.न.पा. – १०, काठमाडौँ