बालकथा
भावना घिमिरे
सरस्वती गाउँमा
जन्मिएकी हुन् गरिब किसान परिवारमा । उनका बाबाआमाले गाईभैंसी र बाख्रा पालेका थिए
। खेतीपाती पनि थियो । यसैले सरस्वतीलाई धेरै दुःख गर्नुपर्थ्यो । उनले बिहान
सबेरै घाँस काटेर ल्याउनुपर्थ्यो । स्कुलबाट
घर गएपछि पनि सरस्वतीले काम नगरी सुखै थिएन ।
जे जस्तो अवस्था भए
पनि उनले बाबाआमा र भाइलाई अति माया गर्थिन् र भाइ सानै भएका कारण उनले काम गर्न
दिन्नथिन् । बरू पढाउन सघाउथिन् ।
सरस्वतीले पढ्ने भनेको रातमा मात्रै थियो । तर
पनि उनी आफ्नो कक्षाको प्रथम छात्रा हुन् । स्कुलमा पनि उनी अति व्यवहारिक थिइन् ।
धेरै नबोल्ने भएकीले उनलाई साथीहरू हेप्न पनि खोज्थे । तर के गुर्नु कक्षाकी प्रथम
उनलाई कसैको हेपाइको प्रवाह नै थिएन । केही सिक्न खोज्ने साथीहरू उनको पछि
लाग्नुपथ्र्यो । साथीहरूलाई सिकाउन पाएपछि
सरस्वती अति खुसी हुन्थिन् ।
मोबाइल बोक्न स्कुलले
रोक लगाएको थियो । साथीहरू लुकीलुकी मोबाइल बोक्थे । फेसबुक र टिकटक त सबैको थियो
। तर सरस्वतीको न मोबाइल थियो, न
त फेसबुक र टिकटक अकाउन्ट ।
फेसबुक र टिकटक
नबनाएकामा साथीहरूले मात्रै होइन शिक्षकले
समेत अज्ञानी पुरानो समयकी जस्तो सम्झन्थे ।
तर सरस्वती आधुनिक
इन्टरनेटका बारेमा निकै रुचि राख्थिन् र भविष्यमा आइटी इन्जिनियर बन्ने उनले
लक्ष्य लिएकी थिइन् ।
फेसबुक, टिकटकजस्ता
सामाजिक सञ्जालले सस्तो मनोरञ्जन मात्रै दिने अनि
सामाजिक सञ्जाल चलाउँदा महत्वपूर्ण समय
खर्च हुने उनको तर्क थियो । उनको
यो तर्क सुनेर सबै साथीहरू हाँस्थे ।
एसइईमा सर्वोत्त्कृष्ठ
नम्बर ल्याएर पास भएकी सरस्वती आज विश्वले
चिन्ने आइटी इन्जिनियर बनेकी छिन् । उनी गुगलमा माथिल्लो पदमा जागिर
खान्छिन् । उनका केही
साथीहरू टिकटकमा नाचेको त देखिन्छ । तर के काम गर्छन् कसैलाई थाहा छैन ।
मासिक लाखौं तलब
बुझ्ने उनले कमाइको दश प्रतिशत आफू पढेको विद्यालय र गाउँको विकासमा खर्च गर्ने
घोषणा गरेकी छिन् ।
आज सरस्वतीका बाबाआमा
मात्रै होइन उनले पढेको स्कुलका सर–मिस र उनको गाउँ नै उनीदेखि गर्व गर्ने भएको छ
।