“आफू विरुद्ध आफैं” अभियानको पाँचौं श्रृङ्खला कविहरूका कविताहरूमाथि चर्चा गर्दै मिति २०८२ जेठ ९ गते शुक्रबार काठमाडौँको ठमेलमा सम्पन्न भएको छ । यस शृङ्खलामा अभियान्ता कविहरू नवराज रिजाल, आर एम डङ्गोल, छविरमण सिलवाल, होमशंकर
बास्तोला र बोधराज पौडेलले कविता वाचन गरेका थिए ।
कवि आर एम डङ्गोलले कविले रचना गरेका कविताको
रचना गर्भ, परिवेश, विषयवस्तु र प्रस्तुति कस्तो छ भनेर सोधेका
थिए । वाचन गरिएका कवितामाथि कविहरूले सो कविताको रचना गर्भ, बुनोट
र विषयवस्तुबारे प्रकाश पार्दै कविले कवितामा राजनीति र सामाजिक महत्वका विषय
मात्र नभइ नवीनतम खोज गर्नुपर्ने धारणा डङ्गोलले राखे । त्यसैगरी कवि बोधराज
पौडेलले कविताका धेरै सिद्धान्त पढियो र कविता अरू विधाभन्दा धेरै लेखिए पनि कविता
यस्तै हुनुपर्छ भन्ने मान्यताको विकास आफूले गर्न नसकेको र लामो समय कविता लेखे
पनि आफू सिद्धान्तमा नबाँधिने तर कविताको आधारभूत लय भने नछोड्ने बताए ।
होमशंकर बास्तोलाले पहाडी जीवनसँग आफ्नो बालापन जोडिएका कारण अभाव र गरिबीको चित्रण आफ्ना रचनामा आउने स्पस्ट पारे । यति हुँदाहुँदै पनि आफ्नो लेखनको मूलस्रोत राजनीति र सामाजिक परिवेश रहेको उनको भनाइ थियो । नवराज रिजालले आफ्नो कविता लेखन कम भए पनि कविताको उचाइ, भाव, बिम्ब र मिथकसँग आफू परिचित रहेको बताए । कवि बोधराज पौडेलले ‘दाजै म पूरै बेबारिसे भएँ’ होमशंकर बास्तोलले ‘भो नखोक अपुरा सपनाहरू’, आर एम डङ्गोलले ‘जन्मोत्सव’ र छविरमण सिलवालले ‘रुख’ शीर्षकको कविता वाचन गरेका थिए ।