सम्पादकीय - ६९
आँसु झार्नुबाहेक
के गर्न सक्थ्यौं र हामी !
सिंहदरवार जलिरहदा
युवा पुस्ता जेनजीको आन्दोलाको
पहिलो दिन २०८२ भाद्र २३ गते शान्तिपूर्ण विद्रोहको सुरुवात थियो । तर २४ गतेसम्म आइपुग्दा
धेरै धनजनको क्षति हुन पुग्यो । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध भाद्र २३
गते जेनजी युवाहरूको आवहनमा शान्तिपूर्ण आन्दोलन गरिएको हो । आन्दोलनमा भिड अनियन्त्रित
हुँदा प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरिनु र गोली चलाउँदा अनाहकमा होनाहार युवा÷युवतीहरूको ज्यान जानु
राज्यपक्षको लापर्वाही हो । विद्यालयको पोसाकमै उपस्थित विद्यार्थीमाथि निर्मम प्रहार
भयो । सामान्य बल प्रयोग गरेर जुलुस नियन्त्रण लिनुपर्नेमा प्रहरीले अन्धधुन्ध गोली
चलाउँदा दुखद मानवीय क्षति भएको देखिन्छ । शान्तिपूर्ण आन्दोलन तोडफोडमा परिणत हुँदा
सार्वजनिक सम्पत्ति खरानीमा परिणत भयो । घुसपैठकारी र दमनकारीको कारण मृतकको अवस्था
देख्दा प्रत्येक नेपालीको मन रोयो । २३ गते भएको क्षतिले गर्दा भाद्र २४ गते उठेको
आन्दोलनको उभारले सिंहदरवारको कुर्सी छिनभरमा वतासले उडाएझैँ ढालिदियो । सिंहदरवार
खरानी बन्यो । घुसपैठ र लुटपाटका कारण व्यक्तिका घर, सम्पत्ति तोडफोड र क्षति हुनुका साथै अधिकांश सरकारी
संरचनाहरू अगजनीको चपेटामा परे । सरकारी सम्पत्ति खरानीमा परिणत भयो । शान्तिपूर्ण
आन्दोलनलाई आफ्नो स्वार्थ पूरा गर्न चाहने समूहले जेनजीको नाममा घुसपैठ गरी नेपलको
अन्तर्राष्ट्रिय छबीमा बदनाम गराए । दुईदिने आन्दोलनमा प्रहरीको गोली र विभिन्न आगो
लगाइएका घर÷संरचना समेतमा ७४ जना भन्दा बढीको मृत्यु एवम् ३०० भन्दा बढी व्यत्तिहरू घाइते
भए । यस परिवर्तनकामी आन्दोलनमा सहादत प्राप्त गर्ने व्यत्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली
व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । दुई दिनमै यसरी सत्ता
पलट होला भन्ने कसैले सोचकोसम्म थिएन । हिन्दुहरूको महान चाड दसैँ आउँनै लाग्दा आन्दोलन
र क्षतिका कारण व्यवसायहरू तहसनहस भएका छन् । जसका कारण सार्वजनिक र निजी प्रतिष्ठानहरूमा
कार्यरत केही श्रमिकहरूको रोजगार गुम्ने अवस्था देखिन्छ । अतः बडादशैँ, शुभ–दीपावली एवम् छटपर्व २०८२
सालको उपलक्ष्यमा सम्पूर्ण लेखक, विज्ञापनदाता, नेपाली दाजुभाइ, दिदीबहिनी एवम् सम्पूर्ण महानुभावहरूमा हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछौं ।
