भेटवार्ता - राधेश्याम लेकाली
बरिष्ठ साहित्यकार राधेश्याम लेकालीको जन्म इलाम नगरपालिका–२, मलापथमा वि. सं. २०१५
साल असार २२ गते भएको हो । सानै उमेरदेखि साहित्य लेखनमा रुचि राख्नुहुने लेकाली २०३३
सालमा ‘सौगात’ मासिक पत्रिकामा ‘भानुप्रति’ शीर्षक कविता लेखेर साहित्यिक जीवनमा होमिनुभएको
थियो । भाषा, साहित्यमा सक्रिय व्यक्तित्व लेकालीका वर्तमानको दस्तावेज (मुक्तकसङ्ग्रह, २०३९), प्रेमाभिव्यक्ति (मुक्तकसङ्ग्रह, २०४३), काठमाडौँ र काठमाडौँ
(मुक्तकसङ्ग्रह, २०६२), समयका घोडाहरू (मुक्तकसङ्ग्रह, २०६२), निरङ्कुशता (कवितासङ्ग्रह, २०६७), स्वतन्त्रताको साइपाटा
(कवितासङ्ग्रह, २०६७), प्रस्थान विन्दु (कवितासङ्ग्रह, २०६८), आगतको ढाडमा वर्तमानको
सर्प (२०६९), बहिस्करण (कवितासङ्ग्रह, २०७३), आगत (गीतिएल्बम, २०७१), आउँदै छ एउटा मान्छे
(कवितासङ्ग्रह, २०७३), नाथे भात (कवितासङ्ग्रह, २०७४), पहाडहरू जलिरहेछ (कवितासङ्ग्रह)
लगायत दर्जनौं कृतिहरू प्रकाशित भएका छन् । उहाँले ढाकर (सामयिक सङ्कलन, २०३४), कदर त्रैमासिक (२०३६–३८), सिर्जना (सापस मुखपत्र
(२०४१), संचेतना मासिक (२०४२), अन्तर्दृष्टि, अनुगमन द्वैमासिक (२०५४–२०६२), सागर (अमेरिका, २०६८, २०६९), अनेसास प्रथम महिला सम्मेलन
स्मारिका (२०१६, अनेसास रजत जयन्ती स्मारिका (२०१६), स्मारिका (नेपाल–भारत साहित्य
महोत्सव २०७९), स्मारिका (नेपाल मुक्तक प्रतिष्ठान २०७९), चियाबारी (विष्णु नवीन
स्मृति ग्रन्थ, सन् १९७८), व्रिटिस गोर्खा (सन्धिदेखि सर्वोच्चसम्म, २०५९), स्मारिका नेपाल केवल
टिभी एसोसिएसन (२०६०,२०६१,२०६२), गङ्गा सुवेदीका विचार
र कथाहरू (२०६०), प्रा. बालकृष्ण पोख्रेल अभिनन्दन ग्रन्थ (२०६३), कवि हरिहर शास्त्री स्मारिका
(२०६७), डायस्पोरामा देवकोटा (समीक्षासङ्ग्रह–२०१२), सिर्जनामाः नारी (२०१८, अनेसास), जापानमा नेपाली कवि र
कविता (२०१८), भ्रष्टाचार विरुद्धका कविता (२०७९), नेपाल मुक्तक प्रतिष्ठानको स्मारिका
(२०७९), नेपाल–भारत साहित्य महोत्सवको स्मारिका (२०७९), शंकर सन्दर्भ (२०८१), नरेन्द्रबहादुर श्रेष्ठ
: आलेख र अभिलेख (२०८२, भ्रष्टाचार विरुद्धका
कविता (२०८०-२०८२), शंकर लामिछाने सन्दर्भ (२०८१) आदि पत्रिका एवम् पुस्तकहरूको सम्पादन गर्नुभएको
छ । भाषा, साहित्यको क्षेत्रमा उल्लेख्य योगदान गरेवापत उहाँले सम्मान (ब्रिटिस गोर्खा अध्ययन
तथा अनुसन्धान केन्द्रबाट २०५९), सम्मान (अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज, अमेरिका), ‘तन्नेरी’ सम्मान (२०७१), सम्मान (लैनसिहं बाङ्देल साहित्य
कला प्रतिष्ठान–कोलकाता, भारत), बैजन्ती स्रष्टा सम्मान (२०१५), अनेसास बेस्ट प्रेसिडेन्ट
अवार्ड (२०१५/१६), अनेसास डायसपोरा डेक्स सम्मान (२०१६), अनेसास हिरो अवार्ड (२०१७), शब्दार्थ क्रिएसन सम्मान, सम्मान (सिन्धुली वाङ्मय
प्रतिष्ठान २०७४),
म्युजिक खबर म्युजिक अवार्ड (२०७४), प्रथम एचिभमेन्ट अवार्ड
(डा. किङ्ग गुनु घर्ती इन्टरनेसनल फाउन्डेसन, अर्नोवा, मंगलमाइती ट्रस्ट,भारत २०१६), साहित्यश्री सम्मान
(त्रिवेणी अकाडमी,
पन्जाब, भारत २०१६), सम्मान (तृतीय अन्तर्राष्ट्रिय
नेपाली साहित्य सम्मेलन, कोलकाता २०१८), इन्टरनेसनल एक्सिडेन्ट
अवार्ड (२०२४) लगायतका दर्जनौ पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएका साहित्यिक
पत्रकार सङ्घका अध्यक्ष एवम् शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष,
साहित्यिक अभियन्ता राधेश्याम लेकालीसँग होमशंकर बास्तोलाले गर्नुभएको छोटो कुराकानी ।
यहाँले साहित्यिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– इलाम चेतनाले भरिएको ठाउँ हो । म त्यहीँ
जन्मे, हुर्कें र बढेँ । सानैदेखि अन्याय, अत्याचार, विभेद र तिरस्कार भोगेको हुँ । कविता लेखेकै भरमा २०३३
सालमा थुनामा परेँ । आठ कक्षा पढ्दा टेबल टेनिस खेलमा खुट्टा उचालेकै भनेर स्काउटको
क्यामफायरबाट हटाइएको हुँ । न्यायाधीशले २०३४ सालमा साइनबोर्ड लेखेको पारिश्रमिक नदिएर
ठगिएको छु । २०३२ सालमा एसएलसीको परीक्षाको २ महिना अगाडि विनाकारण २ महिना कार्वाहीमा
परेको छु । २०३४ सालमा शिक्षक कुटिएको घटनामा कुनै संलग्नता बेगर नै इलाम मरब क्याम्पसबाट
१ वर्ष कार्वाहीमा परेको छु । तर संलग्न भएकाहरू भने काठमाडौँसम्म आएर कार्वाहीबाट
फुकुवा भए । मैले भने कार्वाही भोग्नुप¥यो । यी र यस्ता अनेकौं कारण साहित्य लेखनमा लाग्ने
प्रेरणा प्राप्त भएको हो । मेरो सानैदेखि सामाजिक विभेद, अन्याय र अत्याचारको
विरुद्ध लाग्ने स्वभाव रह्यो । चेतनाको विगुल फुक्न मन पराउने स्वभावले होला मैले साहित्यलाई
रोजेँ ।
यहाँको हालसम्मको साहित्यिक यात्राका बारेमा केही जानकारी पाउन सकिएला कि ?
– विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाहरूवाहेक
मेरो प्रकाशित पुस्तकहरूमा वर्तमानको दस्तावेज (मुक्तकसङ्ग्रह, २०३९ कन्चन गुप्ता, दार्जिलिङ), प्रेमाभिव्यक्ति (मुक्तकसङ्ग्रह, २०४३ साहित्यिक पत्रकार
संघ), काठमाडौँ र काठमाडौँ (मुक्तकसङ्ग्रह, २०६२, वासुशशी समृति परिषद्), समयका घोडाहरू (मुक्तकसङ्ग्रह, २०६२, नेपाल मुक्तक प्रतिष्ठान), निरङ्कुशता (कवितासङ्ग्रह, २०६७, अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज), स्वतन्त्रताको साइपाटा (कवितासङ्ग्रह, २०६७, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज), प्रस्थान विन्दु (कवितासङ्ग्रह, २०६८, अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज), आगतको ढाडमा वर्तमानको सर्प (कवितासङ्ग्रह २०६९, सङ्गमगृह प्रकाशन, अमेरिका), बहिस्करण (कवितासङ्ग्रह
२०७३), आगत (गीति एलबम–२०७१),
आउँदैछ एउटा मान्छे (कवितासङ्ग्रह २०७३, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज), नाथे भात (कवितासङ्ग्रह
२०७४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज), पहाडहरू जलिरहेछ (कवितासङ्ग्रह २०७६, बुक–हिल पब्लिकेसन प्रा.लि.), अपमानित समय (मुक्तकसङ्ग्रह–
प्रेसमा) र शब्दहीन (कवितासङ्ग्रह– प्रेसमा) आदि रहेका छन् ।
यसैगरी
साहित्यिक संस्थागत संलग्नतामा – साहित्यिक पत्रकार संघको अध्यक्ष, शंकर लामिछाने प्रतिष्ठानको
अध्यक्ष, हेम सरिता पाठक फाउन्डेसन नेपालको अध्यक्ष (२०८२ सम्म), हेम सरिता पाठक फाउन्डेसन
अन्तर्राष्ट्रिय समितिको महासचिव २०८२, इलाम समाजको अध्यक्ष (२०५७ देखि), म्युजिक खबर म्युजिक
डट. कम. को सल्लाहकार (२०७० देखि), नेपाल मुक्तक प्रतिष्ठान कार्यसमिति सदस्य (२०७१ देखि
२०८२), नेपाल मुक्तक प्रतिष्ठान कार्यसमिति उपाध्यक्ष (२०८२ देखि), अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज केन्द्रीय कार्यसमितिको सल्लाहकार (२०२०–२०२२), अनेसास केन्द्रीय समिति
अध्यक्ष (२०१८–२०२०), अनेसास केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष (२०१२–२०१४, २०१४–२०१६, २०१६–२०१८), अनेसास केन्द्रीय समिति
सदस्य (२०१०–२०१२), अनेसास नेपाल च्याप्टरको अध्यक्ष (२०१०– २०१८) आदि । यी सबै मेरा यात्राका उपलब्धि
हुन् ।
तपाईं २०६८ सालदेखि साहित्यिक पत्रकार संघको अध्यक्ष हुनुहुन्छ । साहित्यिक पत्रकार
संघले के के काम गरिरहेको छ ?
– साहित्यिक पत्रकार संघमा म २०४१ सालमा
पहिलोपटक बृहत् लेखक सम्मेलनको निमन्त्रणा
समितिको संयोजक, पछि लगत्तै कार्यसमितिमा मनोनित सदस्य, त्यसपछि २०४२ सालमा निर्वाचित सदस्य, त्यसपछि २०४४ सालमा सचिवमा
निर्वाचित भएँ । तर २०४६ सालमा भएको निर्वाचनमा महासचिव पदमा उठ्दा म सहित पूरै समूह
पराजित भयौं । एकैपटक २०५६ सालमा म महासचिव र २०६० मा अध्यक्षमा निर्वाचित भएर २ कार्यकाल
२०६४ सम्म अध्यक्ष भएँ । त्यसपछि २०६५ चैत १ गते विशेष कार्यसमिति बन्यो र संस्थापक
अध्यक्ष भवानी घिमिरे अध्यक्ष बन्नु भयो । उहाँ अध्यक्ष रहेकै बेला दिवङ्गत हुनुभएपछि
२०६७ भदौ ५ गतेदेखि पूर्व अध्यक्ष अच्युतरमण अधिकारी अध्यक्ष हुनुभयो । त्यसपछि म पुनः
२०६८ वैशाख १ गतेबाट अध्यक्षको जिम्मेवारीमा छु । स्वास्थको कारण अच्युतरमण अधिकारीले
संस्था मलाई जिम्मा लगाउनुभएको हो । मैले जिम्मा लिएपछि संस्थाका पुरस्कारहरूलाई नियमित
गर्ने, कार्यक्रमहरू नियमित गर्ने, संस्थाको वैधानिकता कायम गर्ने लगायतका कामहरू गर्दै
आएकाछौं ।
साहित्यिक पत्रकार संघ र नेपाल साहित्यिक पत्रकार संघबिच एकीकरण हुने हल्ला सुनिन्थ्यो
। यस बारेमा केही जान्न सकिएला कि ?
– कुराकानी भइरहेको छ । दुवै संस्थाको
संरचना फरक छ । अब महासंघ बनाएर दुवै संस्थाको अस्तित्व यथावत राखेर जानेबारे मैले
प्रस्ताव अघि सारेको छु । यसबारे गृहकार्य भइरहेको छ ।
तपाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय अध्यक्षसमेत
हुनुभयो । नेपालमा बसेर पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व गर्न सकिने
रहेछ हैन ?
– अमेरिकामा सन् १९९१ मा स्थापना भएको
अनेसास पचास देशमा फैलिसकेको अन्तर्राष्ट्रिय संस्था हो । यसको एकसय च्याप्टरमध्ये
नेपालमा पनि शाखा रहेको छ । मैले नेपाल च्याप्टर दर्ता गर्नुअघि नै म केन्द्रबाट प्रकाशित
हुने ‘अन्तर्दृष्टि’ त्रैमासिकको प्रधान सम्पादक र केन्द्रीय समितिको सदस्य सन् २०१०
मा भएँ । यसअघि सन् २००० मा पनि ‘अन्तर्दृष्टि’ त्रैमासिकको सम्पादन गरिसकेको थिएँ
। नेपालमै बसेर अध्यक्ष हुन सकिन्छ । तर यसको लागि व्यापक सम्पर्क, कडा मेहनत र लगनशीलता
चाहिन्छ ।
तपाईंले त पत्रिका र पुस्तक पनि प्रकाशन गर्नुभयो क्यार । यस बारेमा केही जानकारी
पाउन सकिएला कि ?
– मैले महिमा साप्ताहिक, विज्ञपति साप्ताहिक, साहस साप्ताहिक, जन दैनिक लगायत समाचार
पत्रिकाहरूका अलावा साहित्यिक पत्रपत्रिकाहरूमा ढाकर (२०३४), कदर त्रैमासिक (२०३७–३८), सिर्जना (सापस मुखपत्र
२०४१), संचेतना मासिक (२०४२),
अन्तर्दृष्टि –अमेरिका,
(२०५६–२०६६–२०६९–२०७०–२०७१–२०७२–२०७३–२०७४ –२०७५–२०७६–२०७७), अनुगमन द्वैमासिक (२०५४–२०६२), सागर (साहित्यिक सँगालो, फ्लोरिडा, अमेरिका (२०६८, २०६९), अनेसास प्रथम महिला सम्मेलन
स्मारिका–२०१६, अनेसास रजत जयन्ती स्मारिका–२०१६, स्मारिका (नेपाल–भारत साहित्य महोत्सव २०७९), स्मारिका (नेपाल मुक्तक
प्रतिष्ठान २०७९) आदिको सम्पादन गरेको छु । यस्तै पुस्तक सम्पादनमा चियाबारी (विष्णु
नवीन स्मृति ग्रन्थ (सन् १९७८), व्रिटिस गोर्खा (सन्धिदेखि सर्वोच्चसम्म, २०५९), स्मारिका नेपाल केवल
टिभी एसोसिएसन (२०६०,२०६१,२०६२), गङ्गा सुवेदीका विचार र कथाहरू (२०६०), प्रा. बालकृष्ण पोख्रेल अभिनन्दन ग्रन्थ (२०६३), कवि हरिहर शास्त्री स्मारिका
(२०६७), डायस्पोरामा देवकोटा (समीक्षासङ्ग्रह–२०१२), (ब्लतजययिनथ या एयझक या
क्यगतज ब्यगतज ब्कष्बल ऋयगलतचष्भक क्ष्ल एबचचब ित्भहतक ल्भउब िक्भअतष्यल ऋय(भमष्तयच०, सिर्जनामाः नारी २०१८
(अनेसास), जापानमा नेपाली कवि र कविता (२०१८), भ्रष्टाचार विरुद्धका कविता (२०७९ र २०८१), नेपाल मुक्तक प्रतिष्ठानको
स्मारिका (२०७९), नेपाल–भारत साहित्य महोत्सवको स्मारिका (२०७९), शंकर सन्दर्भ (२०८१), नरेन्द्रबहादुर श्रेष्ठ
ः आलेख र अभिलेख (२०८२) आदि पनि सम्पादन गरेको छु ।
तपाईं विभिन्न सर्जकहरूको सिर्जना पाठकहरूसम्म पु¥याउन साहित्यिक कर्म
गरिरहनुभएको देखिन्छ । यस्ता कार्य गर्न कठिन छैन ?
– हामीले कहिले पनि असल सरकार पाएनौं ।
साहित्य, कला र संस्कृति देशको गौरव र ढुकढुकी हो बुझ्ने सत्ता पाएनौं । प्रत्येक आन्दोलनमा
सर्जकहरूले गरेको योगदानको कुनै मूल्याङ्कन गर्ने, यसको महत्व बुझ्ने र संरक्षण
तथा प्रोत्साहन गर्ने सरकार पाएनौं । प्रत्येक सत्ताले आफ्नै आसेपासे र दलीय भागबन्डामा
कथित योगदान गरेको भ्रममा रहेका छन् । उदाहरण– प्रज्ञाहरूको भागबन्डा होस्, सरकारले दिने पुरस्कार
सम्मान होस् वा अन्य सरकारी नियुक्त होस् सबै सबैमा दलहरूका भातृसंस्थाहरूको सिफारिसमा
भागबन्डा हुँदै आएको छ ।
भाविष्यमा साहित्यसम्बन्धी के कस्तो कार्य गर्ने लक्ष राख्नुभएको छ ?
– साहित्यिक पत्रकार संघलाई महासंघ बनाएर
अन्य संघहरूलाई जोड्ने, शैलुङमा स्रष्टा घर निर्माण गर्ने, संघको स्मारिका प्रकाशन गर्ने, संघको कार्यक्रमहरूलाई
निरन्तरता दिने तथा नेपाल सरकारलाई साहित्यिक पत्रकारिताको लागि नियमन गर्ने निकाय
अलग्गै बनाउन र अलग्गै बजेटको व्यवस्था गर्न दवाव दिने आदि मुख्य योजनाहरू बनाएका छौं
।
वर्तमान नेपाली साहित्य कस्तो छ भन्ने लाग्दछ यहाँलाई ?
– प्रकाशनको दृष्टिबाट हेर्ने हो भने व्यापक
छ । जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपाली साहित्य, कला र संस्कृति पुगेको छ । तर
ध्यान दिनुपर्ने भनेको स्तर हो, विषयबस्तु हो, समय सापेक्ष हुनु पनि हो । केही नक्कली लेखकहरू यत्रतत्र
सर्वत्र देखा पर्नु, प्रचारप्रसारमा पैसाको तुजुक देखाउनुले विकृति पनि देखा परेकोमा चिन्ता गर्नुपर्ने
भएको छ ।
जीवनमा साहित्यिक क्षेत्रमा लागेर के प्राप्त गरेजस्तो लाग्छ ?
– केही पाउनको लागि साहित्यमा लागेको होइन
। तर सन्तुष्टि पाएको छु ।
अन्त्यमा, ‘अन्तर्बोध’ मार्फत केही भन्न बाँकी छ कि ?
– उत्कृष्ट नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय
क्षेत्रमा लान अनुवादमा जोडदिनु पर्छ । साहित्यिक पत्रिकाको लागि सरकारले अनुगमन गर्ने
निकाय र बजेटको संरचना बनाउनुपर्छ । सरकारले दिने सम्मान र पुरस्कार राजनीति पर्दाबाट
हट्नुपर्छ । प्रज्ञा प्रतिष्ठानहरू, भाषा आयोगलगायतमा पनि राजनीतिक भागबन्डा हट्नुपर्छ ।
‘अन्तर्बोध’ जस्तोले पनि ‘सर्भाइभ’ हुन पाउनुपर्छ ।
