मिति २०८२ साल भाद्र २३ र २४
गते भएको जेनजी आन्दोलनका कारण निर्वाचित सरकार अपदस्त भएपछि नयाँ सरकार गठन भयो ।
जेन जी आन्दोलनको आडमा बनेको सरकारले २०८२ साल फाल्गुण २१ गते देशभर शान्तिपूर्ण रुपमा
निर्वाचन सम्पन्न ग¥यो । उक्त निर्वाचनबाट पुराना राजनैतिक दलहरू पराजित हुनुका साथै तीन वर्ष अगाडि
गठन भएको राजनैतिक दलले झण्डैझण्डै दुई तिहाई बहुमत ल्याए । नेपालको संविधान २०७२ अनुसार
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन मार्फत १६५ जना र समानुपातिक तर्फबाट ११० जना गरी
संघीय संसद्मा २७५ जना संसद निर्वाचित हुने व्यवस्था छ । सविधानको उक्त व्यवस्थालाई
हेर्दा निर्वाचनमा कुनै पनि राजनैतिक दलले स्पष्ट बहुमत ल्याउन नसक्ने हुँदा संविधान
संशोधन गरी शासकीय सुधार गर्नुपर्दछ भनी आवाज उठिरहेका वेला राष्ट्रिय स्वतन्त्र पार्टीले
यस निर्वाचनमा झण्डै दुईतिहाई बहुमत ल्याएको देखिन्छ । पुराना राजनैतिक पार्टीहरूले
जनताले गरेको अपेक्षा अनुरुप काम गर्न नसक्नु र राजनीतिलाई सेवाभावको रुपमा कायम गर्न
नसक्दा नयाँ पार्टीले पूर्णबहुमत त्याएर उदाय भएको हो । जनताले विकास निर्माण एवम्
सुशासनका लागि सरकारबाट धेरै अपेक्षा गरेका छन् । स्वास्थ्य, शिक्षामा राज्यको ठुलो लगानी
रहे तापनि जनताले चाहेजस्तो शिक्षा र आवश्यकता अनुसारको स्वास्थ्य उपचार पाउन सकेका
छैनन् । यस तर्फ पनि सरकारले काम गर्नुपर्ने देखिन्छ । जनताले पाउने सरकारी सेवा र
सुविधामा ठिलासुस्ती छ । सरकारी ढिलासुस्तीलाई समाधान गर्दै सरकारी सेवाहरूलाई छिटो
छरितो र प्रविधिमैत्री बनाउनु छँदैछ । नयाँ सरकार गठन भएपछि जनताका इच्छा र अपेक्षाहरू
पूरा गर्न न्यून श्रोत, साधनका कारण कठिन हुन सक्दछ । त्यसमाथि पुराना राजनैतिक पार्टीहरूलाई साथमा लिएर
राज्य संचालन गर्न कम कठिन छैन । यी सबै चुनौतीहरूको सामना गर्दै जनताको वर्तमान परिवर्तनलाई
आत्मासाथ गर्दै जनचाहाना अनुरूप काम सरकारले गर्नुपर्दछ । आफ्नो मुढेवल र जनचाहाना
विपरीत सरकार अघि बढेमा जनताले परिवर्तनभन्दा पनि दुःख र हैरानी पाउने अवस्था रहन्छ
। इजरायल–अमेरिका, इरान युद्धको असरका कारण इन्धनको मूल्य वृद्धि हुँदा बजारमा मूल्य बृद्धि उच्च
भएको छ । यी सबै चुनौतीहरूको सामना गर्दै देश निमाणमा लाग्नु वर्तमान सरकारको दायित्व
रहेको छ । अतः आगामी दिनमा जनताका भावना पूरा हुने अपेक्षा राख्दै नववर्ष २०८३ सालको
उपलक्ष्यमा लेखक, पाठक, विज्ञापनदाता,
सम्पूर्ण नेपाली दाजुभाई एवम्
दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
