सम्पादकीय - ७२
मानव सभ्यताको विकाससँगसँगै
प्रकृतिसँगको मानव जीवनको सम्बन्ध जटिल बन्दै गइरहेको छ । एकातिर विज्ञान, आधुनिक
प्रविधि र आर्थिक वृद्धिले जीवनलाई सहज बनाएको त सँदैछ अर्कोतिर यही विकासको नयाँ
आयामले वातावरणीय सन्तुलनमा गम्भीर असर पु¥याइरहेको छ । आज
विश्वभर जलवायु परिवर्तन, वनजंगल विनाश, जैविक
विविधताको क्षय, वायु प्रदूषण, जल प्रदूषण तथा
प्राकृतिक विपत्तिहरूको बढ्दो जोखिमले गर्दा प्राकृतिक जीवन संकटमा देखिन्छ ।
यस्तो अवस्थामा प्रकृति र पर्यावरणप्रतिको हाम्रो दायित्व एवम् अभिारालाई पुनः
जागृत गर्दै समयानुकूल अघि बढ्नुपर्दछ । प्रकृति केवल मानव जीवनको स्रोत मात्र नभई, सम्पूर्ण
जीव–जगत्को साझा आवास हो । स्वच्छ हावा, शुद्ध
पानी, उर्वर जमिन र जैविक विविधताले पृथ्वीमा यावत जीवनलाई सहज र
सम्भव बनाएको छ । विश्वमा हाल विकासका नाममा भइरहेको अनियन्त्रित प्राकृतिक दोहनले
प्रकृति विनास र जीवजन्तुको आवासमा चुनौती थपिरहेको छ । वनजंगल क्षेत्रको अतिक्रमण, नदीहरूको
प्रदूषण, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग तथा प्राकृतिक
स्रोतहरूको असन्तुलित उपयोगले वातावरणीय संकटलाई गहि¥याएको छ
। नेपालजस्तो प्राकृतिक सम्पदाले सम्पन्न देशको लागि पर्यावरणीय चेतना अझ
महत्वपूर्ण विषय हो । हिमाल, पहाड हुँदै तराईसम्म फैलिएको
हाम्रो देशको प्राकृतिक विविधता फरकफरक छ र यो हाम्रो राष्ट्रिय सम्पत्ति हो ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लिने, अनियमित वर्षा
हुने, बाढी, पहिरो जाने तथा कृषि उत्पादनमा असर
पर्नेजस्ता समस्याहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यी चुनौतीहरू केवल वातावरणीय
समस्या मात्र नभई हाम्रो आर्थिक, सामाजिक र सांस्कृतिक भविष्यसँग
प्रत्यक्ष जोडिएका विषय हुन् । प्रकृतिको संरक्षण कुनै एक व्यक्ति, संस्था
वा सरकारको मात्र जिम्मेवारी होइन । यो सरकार, जनता लगायतको
सामूहिक उत्तरदायित्व हो । हामीले वातावरणमैत्री जीवनशैली अपनाउने, वृक्षारोपणलाई
प्रोत्साहन गर्ने, प्राकृतिक स्रोतहरूको विवेकपूर्ण उपयोग
गर्ने तथा भावी पुस्तालाई पर्यावरणीय शिक्षामा सचेत बनाउने कार्य हाम्रोे
प्राथमिकता हुनुपर्छ । साहित्यले समाजको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै
आएको छ । प्रकृति र पर्यावरणका विषयलाई साहित्यिक विमर्शको केन्द्रमा राखेर मानव र
प्रकृतिबिचको अस्तित्वको सन्देश प्रवाह गर्नु आजको साहित्यिक दायित्व पनि हो । अतः
प्रकृतिको रक्षा गर्नु भनेको आफ्नै भविष्यको रक्षा गर्नु हो । जसले प्रकृतिमा
रहेका मानव जीवन, जीवजन्तु सबैको संरक्षण भई दिगो जीवन यापन
गर्न सक्ने आशा राख्न सकिन्छ ।
