कविता
बदलिएको मोड, पग्लिएको मन
राजीव दवाडी
सुनौंला सपनाका संसार अब फिका लाग्न थाल्दा
कुहिरो फाटेजस्तै मेरा ती पुराना अहम् ढल्न थाले
कहिले पीडामा त कहिले तृष्णामा जिन्दगी फालिरहँदा
वितेका ती मेरा दिनका अवशेष पनि अब जल्न थाले
निस्पन्द झारले भरिएको बगैँचा थिएँ म तिमी नहुँंदा
उन्मत्त ती रहरहरू अब भित्रभित्रै चलमलाउन थाले
तिमी आयौ यो मनमा अब, हेर्दै हराउने
तृष्णा पलाउँदा
डबेका ती धमिला रेखाहरू बिस्तारै सतहमा तैरिन थाले
चन्द्रमा जस्ती उज्याली तिमी, सौन्दर्यकी
मञ्जुल देख्दा
म यात्री बदलिएको मोडमा, तन–मन मेरो
पग्लिन थाले
– प्रयागमार्ग, लगनखेल, ललितपुर
