कविता
मेरी प्यारी आमा
दिनेश बास्ताेला
आमा, मलाई जन्माउँदा कति दुःख, कष्ट भयो
होला
सायद अरूलाई त्यति दुःख, कष्ट परेन
होला
तिमीले जति माया ग¥यौ
त्यो माया अरू कसैले दिन सक्दैन होला
तिम्रा गालीमा पनि माया र ममता नै झल्किन्छ
त्यो तिम्रो अनौठो ढंगले नै
माया बर्साउने एउटा नयाँ शैली हो
राम्रा लुगा कपडा त किन्न सकिन तिमीलाई
तर म तिमीलाई माया गर्छु
र त्यो माया नै मेरो तिम्रो लागि साँचो उपहार हो
यदि अर्को जन्म हुने हो भने
म यो जुनीमा तिम्रै कोखबाट जन्मे पनि
अर्को जुनीमा पनि
तिम्रै कोखबाट जन्म लिन चाहान्छु
– विराटनगर– १९
