निबन्ध
आभार शिविर
डिलमा
उभिइरहेछ । हेरिरहेछ । सोचिरहेछ । गमिरहेछ । पोखिइरहेछ । छरिइरहेछ । खोजिरहेछ
। छामिरहेछ । भौंतारिइरहेछ । जोस छ ।
उमङ्ग छ । उत्साह छ । जाँगर छ । अठोट छ । सङ्कल्प छ । विश्वास छ । विचार छ । चिन्तन छ । दृढता छ । चाहना छ । आकाङ्क्षा छ ।
दृष्टान्त छ । दृष्टिकोण छ । विश्लेषण छ । तर्क छ । व्याख्या छ । सुदृष्टि छ ।
हाँस्छ । हौसिन्छ । रौसिन्छ । कल्पिन्छ । मक्ख छ । मस्त छ । विश्वस्त छ । विजेता
सम्झन्छ । आज सम्झिरहेछ । भोलि सम्झेला । अजेय ठान्छ । सायद ठानिरहेछ । आँखा चिम्लन्छ
। त्यही विजय । विचार दौडिरहेछ । आँखा चिम्लेर कुदिरहेछ । अगाडि छैन । पछिपछि छ ।
हिँड्न छाडेको छैन । नछाड्नु उपलब्धि हो । जो छाड्दैन त्यो पुग्छ । नछाड्नु
पुग्नुको लक्षण हो । दूरी धेरै हुँदैन । केही फरक । थोरै भिन्नता । सबै कुदिरहेछन् । तमासा लागिरहेको छ । हिँड्नु जीवन
भेट्नु हो । रस पहिचान गर्नु हो । यसर्थ बुझेकाहरू हिँडिरहेका छन् ।
परिवेश
छताछुल्ल छ । असमेल छ । नसुहाउँदो छ । अमिल्दो छ । एकटकले हेरिरहेछ । बोल्दैन र
ठान्दैन आवश्यक । मान्दैन आजिलो र घुमाउँछ टाउको । टोक्छ औंलाहरू र चिम्लन्छ आँखा
। बोली फुट्दैन र गति रोकिँदैन । रोकिनु हुँदैन जम्मै थाहा छ । खोल्दैन मुख मात्र
हेर्छ । हेराइको प्रक्रिया यथावत् छ । अघिदेखि अर्थात् शताब्दीयौंबाट । एउटा
सिङ्गो कथा जो लेखिनुपथ्र्यो । लेखिएको छैन र प्रयत्नसम्म गरिएको छैन । सोच छैन र
समझदारी पनि छैन । हिजो लेखिएन र आज पनि लेखिएको छैन । भोलि... ? आश गर्न
सकिएला । परिवेश अनुकूल नभएर प्रतिकूल छ । चौतर्फी सपना र आश्वासनै आश्वासनका थाक
छन् । कल्पनाका डोका भरिभराउ छन् । विचार छन् । स्वर छन् । राग छन् । ताल छन् ।
ध्वनि छन् । प्रतिध्वनि छन् । अमिल्दा छन् । बेस्वादिला छन् । जाँगरहीन छन् ।
विचारहीन छन् । विश्वासरहित छन् । सर्वत्र छन् । व्यापक छन् । पक्षमा छन् ।
विपक्षमा छन् । विरुद्धमा छन् । जिब्रो चाटिरहेछन् । टाउको हल्लाइरहेछन् । आफैँलाई
बिर्सिरहेछन् । परिवेश असरल्ल र गुजुमुज्ज छ । सबै आश्वासनभित्र छन् ।
गुलियोकै
खोजी भइरहेछ । त्यहीभित्र रमाउँछन् र मजाले हाँस्छन् । सबै बिर्सन्छन् र खोल्दैनन्
आँखा । महत्वाकाङ्क्षा थुपार्छन् र बोक्छन् झोलामा । एक्लै कुद्छन् र कुदिरहन्छन्
। विजेता सोच्छन् एक्लो विजेता र एक्लो प्रतियोगी । आफैं दिन्छ पुरस्कार र आफैं
लिन्छन् । मतलब राख्दैनन् र सन्तोष मान्छन् । मस्तिष्क प्रफुल्ल पार्छन् र यात्रा
सुरु गर्छन् । तथापि यथार्थ टाढा छ । त्यो संसार वा क्षितिज पारि छ । थोरै पुग्छन्
किनकि यात्रा कठिन छ । धेरैलाई पच्दैन, तितो, पिरो, टर्रो, अलिनो, मलिनो, अमिलो र
बेस्वादिलो छ । भाग्नेहरू भागिरहेछन् र दौडिरहेछन् । लक्ष्य र गन्तव्य भेट्न
सकिँदैन । नाक थुनिएका, आँखा छोपिएका र कान बन्दछन् । यद्यपि
उछिन–पाछिन छ । दौडाद्रौडी छ ।
कँुदिरहेछन्, उफ्रिरहेछन् र रमाइरहेछन् । हो, जताततै
खोजी गुलियोकै छ । अस्तिदेखि, हिजोदेखि र आजै पनि त्यही परम्परा
कायम छ । बजारमा अस्मिता बिकिरहेछ । अस्तित्व हराइरहेछ । विचार बनिरहेको छैन ।
व्यभिचार हाँसेर अँगालो हाल्न खोज्दै छ । तथापि कतिपय तर्सेका र डराएका छन् ।
नदेख्नेगरी भाग्न खोज्दै छन् । केही केही आत्मसात् गर्दै पनि छन् । बाँच्ने नाममा, अभियानमा
र अभिलाषाभित्र खिचडी पाकिरहेको छ । आँखा अगाडिको परिवेश गुजुमुज्ज छ । असरल्ल छ ।
भोगाई अस्तित्वहीन छ । आत्मसात् गर्नुको कुनै विकल्प छैन । नचाहेरै वा नसोचेरै पनि
वर्तमानको स्वाद चाख्न परिरहेको छ । तर स्वाद बोल्ने साहस कोही गरिरहेका छैनन् ।
बिक्रीमा
छ आफैँ । हाँस्ने, उफ्रने, कुद्ने, बिर्सने, चिच्याउने
क्रम छ । यथार्थ जेहोस्, मरिरहेछ । कुहिरहेछ । गन्हाइरहेछ ।
भागिरहेछ । नाक थुनिरहेछ । थाहा छैन भन्दैन कोही । मान्दैन, सम्भवतः
त्यसैले भनिएन । आवश्यक नठानिएको पनि हुन सक्छ । गन्ध बेस्वादिलो छ । कस्तो ? कस्तो–कस्तो
? यसैले बेवास्ता भइरहेछ । आँसु छ जताततै । हिजोदेखिकै
श्रृङ्खला रोकिएको छैन । कहिले कता त कहिले कता, दुखिरहेछ र चह¥याइरहेछ
। पोलिरहेछ र टट्टाइरहेछ । सार्थकता प्रयास कतै भेटिँदैन । यद्यपि सबैलाई
हतारैहतारो छ । भन्नु पनि के र, सुनिंदैन, गनिंदैन
र ठम्याइदैन । किन ? उत्तर छैन । हुँदो हो त प्रश्न उठ्ने नै
थिएन । उठिरहेछ र हेरिरहेछ तर देखिंदैन र सोचिदैन । कति टुक्रिने ? सीमा के
हो ? मात्र भाँचिने र चोइटिने, त्यसो भए कहिलेसम्म
? हो, उत्तर छैन । खुल्दैनन् आँेठ । बन्द बन्द
छन् । आजदेखि नभएर, शताब्दीयौंँ
अघिदेखि । बस्ती त्यही भन्छ । डाँडापाखाका स्वर उस्तैउस्तै छन् । खोलानालाका भावलय
भिन्नता छैन । मन भाँचिइरहेछन् । चिराचिरा छन् । यत्रतत्र छन् । मेची–काली, हिमाल–तराई, उकाली–
ओराली, सगरमाथा–केचना भोगाई उस्तैउस्तै छन् । यद्यपि यसै भन्न
सकिन्न । किन ? थाहा छैन । तर
पनि सकिन्न । कुरा यति मात्र हो । केवल हेर्न सकिन्छ र सकिन्छ कल्पना बुन्न मात्र
। अगाडिको बाटो अझै अगाडि नै छ ।
बोलाइरहेछ
र हँसाइरहेछ । कुदाइरहेछ र उफ्राइरहेछ । हिँडाइरहेछ र घुमाइरहेछ । डुलाइरहेछ र
खुवाइरहेछ । पियाइरहेछ र बिसाइरहेछ । भुलाइरहेछ र सम्झाइरहेछ । सुताइरहेछ र
उठाइरहेछ । रिमोट कन्ट्रोलबाट काम भइरहेछ । नतमस्तक बनेर हेरिरहेछौँ । अर्थात्
हामी रोबोट । २२ औं शताब्दी । रोबोट बन्नेभन्दा अर्को हैसियत हामीसँग छैन । विवेक
म¥यो वा हरायो । शून्यमा परिणत भयो । कर्तव्य समुद्रपारि
पुग्यो । आस्था ओइलायो र झर्यो । विश्वास डढ्यो र खरानी भयो । हावाले उडायो । कसैले
भन्यो वा कथा सुनायो । सुन्यौँ मात्र । प्रश्न उठेन । विचार चलमलाएन । इच्छा
उम्रेन । आकाङ्क्षा जागेन । जोस बढेन । होस गुम्यो । बेहोसी पलायो । ऐंजेरु वा
वनमाराझैँ जस्तै । तसर्थ हामी रोबोट । शून्य परम्परा । शून्य विचार । शून्य
दृष्टान्त । शून्य दृष्टिकोण । केवल वैशाखी । अरू चढ्छन् । गन्तव्य पुग्छन् । आदेश
दिन्छन् । पूरा हुन्छ । विवाद हुँदैन । संवाद हुँदैन । प्रतिवाद हुँदैन । काम
हुन्छ । माम हुन्छ । दाम हुन्छ । नाम हुन्छ । हाम हुन्छ । लाम हुन्छ । डाम हुन्छ ।
हुन्छ धेरै । सीमा छैन । तौल छैन । केवल हुन्छ । मुन्टो हल्लिन्छ । चलमलाउँछ ।
विचार उठ्दैन । विमर्श हुँदैन । लुरुलुरु हिँड्छ । खुरुखुरु पुग्छ ।
परिचय
चाहिँदैन र खोजिदैन पनि । भन्न सकिन्छ त्यो आवश्यकता हो । यथार्थ वा विश्वास हो ।
दृष्टिकोण वा विवेक हो । संरचना वा सञ्जाल हो । उत्साह वा उमङ्ग हो । वर्तमान
खोजिरहेछ वा भोगिरहेछ । बोकिरहेछ वा हिँडिरहेछ अनि ताली बजिरहेछ । हाँसिरहेछन् वा
नाचिरहेछन् । गाइरहेछन् वा सन्तुष्टि मानिरहेछन् । त्यही त हो जीवन । त्योभन्दा
कहाँ फरक छ र, परिभाषा आँेठओँठमा वा विचार–विचारमा छ । पाटो–पाटोमा वा
बाटो–बाटोमा छ । त्यसैले भुलिरहेछौं वा बिर्सिरहेछौं । हराइरहेछौं वा कराइरहेछौं ।
तब न डराइरहेछौं । अभिनय भइरहेछ चारैतिर । हामी नाचिरहेछौँ । एकातिर रिमोट
कन्ट्रोल छ अर्कातिर रोबोट नाचिरहेछ वा उफ्रिइरहेछ । रोबोट अर्थात् हामी । तपाईं ।
म वा उनीहरू । अधिकांश सबै । बेचिरहेछ वा किनिरहेछ । लडाइरहेछ वा जुधाइरहेछ अनि
हाँसिरहेछ । हामी पहिचान नभएका वा अस्तित्व हराएका वा थाहा नपाएकहरू सबै ।
अस्तित्वहीन विचारमा नुहाइरहेछौँ । खोइ कहिलेसम्म थाहा छैन । नवीन युग वा अगाडि
देखापर्नै लागेको २२ औं शताब्दी । तसर्थ मन चुलबुलिइरहेछ । रोबोट रिमोट हामी ।
अर्थात् भाग्न वा नाक जोगाउनतिर लागेकाहरू बाहेक तपाईं र म । भागेर जाने ठाउँ नै
पनि कहाँ छ र, ठाउँ नभएरै कमसेकम तपाईं र मैले आफूलाई बिर्सन नसकेका न हौँ
।
समय
दुखिरहेछ । चह¥याइरहेछ र टट्टाइरहेछ । पग्लिरहेछ र बग्लिरहेछ । डग्लिरहेछ
र पोखिइरहेछ । बगिरहेछ, झरिरहेछ र चुहिरहेछ । मन शान्त छ । नहुनु
पर्ने यही थियो विडम्बना त्यही भइरहेको छ । कोही बोलिरहेका छैनन् । क्रिया
प्रतिक्रियाविना एकोतार हेरिरहेछन् । तर चल्नु चट्पटाउनु छैन । ठिङ्ग उभिएका छन् ।
आँखा भयभीत छन् । भाखा निस्तब्ध छन् । प्रतिक्रिया–हलचल छैन । सायद विचार मरेको
हुनसक्छ । विश्वास गुमेको हुनसक्छ । आस्था ओइलिएको हुनसक्छ । यसैले फर्सी वा लौका
जस्तै कुहिएको छ । स्मृति हराएको छ । अठोट उडेको छ । कामना दबेको छ । तृष्णा
पोखिएको छ । उत्साह चुहिएको छ । महत्वाकाङ्क्षा दर्फराएको छ । रिक्तताभित्र बसेका
छन् । परिवेश शान्त छ । शब्दहीन छ । बोलिरहेका छैनन् । आवश्यक ठान्दैनन् पनि ।
मान्छेहरू हेरिरहेछन् । पर्खिरहेछन् । कुरिरहेछन् । टन्न छ चौतारो । एउटै हो पर्खाई । अगाडि विश्वासका ग¥हा छन् ।
बालिरहेछन् आस्था । थपिरहेछन् तेल । सबैमा विश्वास छ । आशा पलाएका छन् । भाव
अङ्कुराएको छ । तृष्णा जरो गाडिरहेछ । विचार सल्बलाउँदैछ । जिन्दगी बगिरहेछ, कुदिरहेछ
र हिँडिरहेछ । प्रयत्न छन् तर सफलता प्राप्त गर्न सकिरहेका छैनन् । तृष्णा छ अनि
उत्साहसमेत जागृत छन् ।
बोकिरहेछ
निरीहता । तसर्थ दुःखिरहेछ । हारिरहेछ र रोइरहेछ । भागिरहेछ र हराइरहेछ । हिजैको
नियति र हिजैको व्यहोरा । अझै थाहा छैन, कति हो कति
भोग्नुपर्ने । सहिरहेछ, आँखा
बोझिल र स्वर गलित छन् । ढक्क फुलेको छ छाती र विह्वल छ मन । प्रतिकूल छ परिस्थिति
र अन्योलग्रस्त छ मानसिकता । त्यतै हराएको छ र कुर्नेहरू अझै कुरिरहेछन् । किन ? प्रश्न
अनेक तर, उत्तर छैनन् । विचार फेला पर्दैनन् र भेटिंदैन विश्वास ।
सम्भवतः लुकेको छ, भागेको छ
र हराएको छ । भूमिगत हुनसक्छ, अनुमान छन् ।
खोज्नेहरू थाकेका र पर्खिनेहरू आत्तिएका छैनन् । एउटा आस्था र विश्वास हलक्क बढेको
छ । यसकारण उत्साह छ, जाँगर र जोश ज्युँकात्युँ छन् ।
सदियौंदेखि कुरिरहेछन् । अभैm कुर्छौँ प्रतिक्रिया छन् । हिजो
समय विपक्षमा थियो । मान्छे विरुद्ध थियो । आस्था जलायो । यद्यपि विश्वास रोप्यो ।
विचार बाल्यो । आगो तापेन । अठोट उम्रेन । उखेल्दै गयो । फाल्दै गयो । उत्साह
निमोठ्दै रह्यो । एकपटक नभएर पटकौं–पटक । समाज जङ्गियो । आक्रोशित बन्यो । आँखामा
क्रोध बल्यो । हिजो जलायो । खरानी तुल्यायो । वर्तमानको कामना ग¥यो ।
वागमती विष्णुमती बगिरहे । प्रदूषित पानीमा हाम्फाल्यो । दुर्गन्धित बन्यो ।
ओठहरूले नाम लिएनन् । विस्मृतिबाट हरायो क्रमशः वा हराउँदै गयो ।
आज
सुन्दर हुनुपर्छ । कल्पना थिए । आस्था थिए । दृढता थिए । अठोट थिए । तर बगे सबै ।
तुषारापात भयो । मान्छे आक्रोशित छन् । विक्षुब्ध छन् । ओइलाएका छन् । दुःखेका छन्
। अधीर छन् । थुम्थुम्याउने प्रयत्न नभएको होइन । छेकबार नाघ्न नसकिने सम्भावना
उत्तिकै छ । प्रश्नहरू निरुत्तर छन् । खोई सुन्दर पूmल, कहाँ
हरायो ? प्रश्न त छ तर उत्तर छैन । एकातिर समय त्रूmरभन्दा
क्रूर बन्दै गइरहेछ त अर्कोतिर पर्खाइमा बस्नेहरू अधीर बनिरहेछन् । कसरी बुझाउनु ? अत्यन्तै
कठिन छ । फेरि मनहरू उठे, समय कहाँ पुग्ला ? कस्तो
होला नियति ? अनुमान लगाउन गाह्रो छ । कुरा समयको हातमा छ । उसैले
च्यापेको छ । मन दुख्न खोज्छ । विचार उठौँ कि नउठौँको अवस्थामा छ । प्रतिप्रश्न
गरौँ गरौँ गर्छ । मान्छे सधैँ सुतिरहँदैन । एकदिन अवश्य उठ्छ । सुतेकाहरू फेरि उठे
...मन कल्पनाको संसारभन्दा अलिकति बाहिरजान खोज्छ । समय र परिस्थिति आत्मसात्
गर्नुको विकल्प छैन । । भाग्नु टाढा टाढा भाग्नु सजिलो ठानिरहेछ । नहुनु पर्ने हो, खोइ किन
हो किन भइरहेछ । मान्छे चौतारामा कुरिरहेछन् । बेपत्ता बन्न खोज्दैछ । आँखा छोपेर
भागिरहेछ । बाटो छोडिरहेछ । साइडबाट वेवास्तामा कुदिरहेछ । भेट्टाउने प्रयत्न सफल
हुन सकिरहेका छैनन् । सम्भवतः सम्भावना अत्यन्तै न्यून छ । न्यून एउटा अर्को आधार
शिविर हो ।
