कथा
साँघुराे सुविधा
पहिला यो रोडमा
सार्वजनिक यातायातको नाममा कपन बङ्गलामुखी यातायात मात्रै चल्थ्यो । जुन यातायात
पैयाँटार हाइटदेखि चाबहिल रत्नपार्क शहीदगेट त्रिपरेश्वर हुँदै पुलचोकसम्म चल्थ्यो
। तर त्यो यातायातसित बस थोरै भएकाले हो क्यारे खरिबोटमा यात्रीहरू
घण्टौंघण्टासम्म कुर्नुपथ्र्यो । फेरि बस साझा महानगर जत्रो नभई बत्तिस सिटे मझौला
थियो ।
ड्राइभर र खलासी
पारिपट्टि होटलमा चिया पिएर गफ गर्दै बसिरहेका हुन्थे । होटलका साहुनीसित
जिस्किरहेका हुन्थे । यता वारिपट्टि यात्रुहरू भरिएर बस खचाखच भइसकेको हुन्थ्यो
। काठमाडौँमा जग्गा प्लटिङ्गको सुनामी
आएपछि सबभन्दा चाँडो जनआवाद भएको ठाउँ कपन नै हो । त्यही भएर दिनभरिमा एउटा मात्रै
नामको यातायातले एकदुई खेप सेवा गर्दैमा यहाँका जनतालाई सामान्य सुविधा पुग्न
सक्दैन थियो । गर्मीयाममा त बसभित्रको तातो वाफले
गुम्सिएर यात्रुहरू पाक्लाजस्तो हुन्थे । हपहप भएर पुरुष यात्रुहरू टोपी हल्लाउदै
हावा चलाइरहेका हुन्थे । त खलखली पसिनाले निथ्रुक्क शरीर भिजेपछि महिला यात्रुहरू
सलले पसिना पुछिरहेका हुन्थे । तथापि पारिबाट खलासी कराइरहेका हुन्थे – अब
गइहाल्ने हो । खाली छ छिटो चढिहाल्नुहोस् । हामी हजुरहरूकै सेवामा हाजिर भइरहेका
छौं । भरेभन्दा यता बसभित्र खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । ठेलमठेल भएर ढोकानेर
उभिरहेका यात्रुहरूलाई पछाडि सर्नुहोस् भन्दा कैयनपटक खलासी र यात्रुबिच कचिङ्गल
चल्थ्यो । बत्तिस सिटे बसमा असी जनाभन्दा धेरै यात्रु भइसक्दा पनि खलासीलाई चित्त
बुझ्दैन थियो । ऊ बसभित्र सिट खाली नै छ भनेर कराइरहन्थ्यो । उसले मिल्ने भए
हुटमाथि पनि यात्रुहरू भ¥याएर लैजाउलाझैँ गथ्र्यो
। जसरी दसैँमा गाउँघरबाट बोका खसीहरू बसको हुटमाथि खाँदाखाँद गरेर काठमाडौँतर्फ
ल्याइन्छन् । कहिलेकाहीँ त खलासीको कुरा नटेरेमा स्टेरिङ नै छोडेर ड्राइभर
यात्रुहरूलाई हकार्न भ्याउथे । बसभित्र उकुसमुकुसिएर च्यापिदै बसिरहेका यात्रुहरू
एकापसमा बात मार्थे । म त पैदलै गएको भए पनि चाबहिलमा बिजुलीको पैसा तिरेर यतिखेर
घर आइसक्ने थिएँ । म त हिँडेरै गएको भए यतिखेर सरस्वतीनगरको बैंकमा आफ्नो काम
भ्याइसक्ने थिएँ । बिच्चै, यो बस चढ्नु बेकार । पैसा, पैसाको नाश र समय, समयको बर्वाद । जताततै घाटा र नोक्सान । यस्तो
नि केको सेवा सुविधा ....। सेवाको नाममा सास्ती मात्र र सुविधाको नाममा हैरानी
मात्र ।
यात्रुहरूको चाप
देखेर होला रामहिटी, तीनचुली, आरुबारीतिर चल्ने सफा टेम्पोहरू यतातिर पनि
देखिन थाले । झण्डै–झण्डै एकहप्तासम्म त ती सफा टेम्पोहरूले प्रगतिचोकसम्म
राम्रेसित सेवा पु¥याउँदै थिए । कुनै टेम्पो
प्रगतिचोकदेखि शंखमुलसम्म जान्थे त कुनै टेम्पो सुनधारासम्म जान्थे । यस हिसाबले
कपन गुम्बा, आनी गुम्बा, पैयाँटार, त्रिवेणी चोक बस्ने यात्रुहरूलाई केही राहत
महसुस भएको थियो । तर फेरि बङ्गलामुखी यातायात समितिले लफडा गरेर सफा टेम्पोहरूलाई
फैकादेखि उँभो आउनै दिएन । तथापि जनताको एकताअघि सानो समितिको के पित्तम चल्थ्यो र
फेरि सफा टेम्पोहरू प्रगतिचोकसम्म नै चल्नथाले । यहाँका वासिन्दाहरू खुसी भए ।
यहाँका
वासिन्दाहरूको चापाचापलाई सफा टेम्पोले समेत धान्न नसकेको देखी नेपाल यातायातसमेत
दौडिन थाले । बालकुमारीदेखि कोटेश्वर नयाँ बानेश्वर पुतलीसडक नक्साल चक्रपथ हुँदै
गोपीकृष्ण हलको पारिपट्टिसम्म आउने नेपाल यातायातका बसहरू चाबहिल महाँकाल रामहिटी
फैका हुँदै कपन गुम्बासम्म आउँन थालेपछि यहाँका वासिन्दालाई आवतजावतमा सेवा सुविधा
पुग्नसम्म पुग्नथाल्यो । करिब–करिब सत्तरीवटा नेपाल यातायातका बसले सेवा
दिनथालेपछि यहाँका विद्यार्थी, शिक्षक, कर्मचारी लगायत समस्त यात्रुवर्गलाई सहज हुन
थाल्यो । कपन गुम्बाबाट दुई–दुई मिनेटको अन्तरमा नेपाल यातायातका बसहरू छुट्न
थालेपछि कपन बङ्गलामुखी यातायात छिट्टै पूर्णरुपले विस्थापित हुनपुग्यो ।
तर मान्छेको जात
जहिल्यै बैरी । मान्छेको जातलाई जस्तै गरे नि नहुने । जति सेवा सुविधा पुगे पनि
सन्तुष्ट नहुने । छिनछिनमा नेपाल यातायातका बसले सेवा पु¥याउन थालेपछि यात्रुहरू मात्तिन थाले ।
दिलरुपा र सविना
चाबहिल स्थित हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालमा नर्सिङ पेशामा नोकरी गर्थिन ।
ती दुईको एकसाथ ड्युटी परेको भर्खर दुईहप्ता जति भएको थियो । बसको अगाडि सिटमा
बस्न नपाउँदाखेरि दिलरुपा सधँै गनगन गर्थिन् । कपन गुम्बादेखि खरिबोटसम्म
झर्दाखेरि अगाडिका सिटहरू भरिनु स्वाभाविक थियो । आज पनि त्यस्तै थियो । बसका
अगाडिका सिटहरू पूरा थिए । सबिनाले पछाडिका खाली सिटहरूमा बस्न जाउँ भन्दा दिलरुपा
पटक्कै मानिनन् । सविनालाई रिस उठ्यो र तिनले रिसैरिसमा भनिन् –पहिला पहिला
बङ्गलामुखी बसमा मान्छेमाथि मान्छे खप्टिएर जाँदा पनि हुन्थ्यो । तिमी र म त्यसरी
नै घरबाट अस्पताल जाने र अस्पतालबाट घर आउने गथ्र्यौं ।
त्यसरी पनि जिन्दगीको
नियात्रा चलिरहेकै थियो । तर आज सिटमा बसेर जान पाउँदा पनि तिमी अगाडि र पछाडिको
कुरा गरिरहेकी छ्यौ । आखिर एउटै बसको अगाडि या पछाडि बस्नुमा के फरक पर्छ ? उही भाडादरमा उही समयमा र उही गन्तव्यस्थलमा
ओर्लनुपर्ने त हो । यो तिम्रो नचाहिँदो नखरा ।
बसको ढोकामा
उभिरहेको खलासी पनि बल पाएर भन्दैथियो – अगाडिको आरामदायी सिटमा बस्न पाउनु त
आफ्नै प्राइभेट कारमा मात्रै हो सिस्टर । के गर्ने ? सुरुमा चढ्ने
प्यासेन्जरहरूलाई पछाडि गएर बस्नुभन्नु भएन । गाह्रो छ हौ मलाई ।
