कृतिसमीक्षा
विकल त्यागीद्वारा सृजित खजमजिएको ब्रह्माण्ड मुक्तकसङ्ग्रहको विमर्शन

वि.सं. २०३४ सालमा खोटाङमा जन्मिएका प्रकाश गुरूङ अर्थात् विकल त्यागीका चार कृति प्रकाशित भइकेका छन् । कविता, गीत, गजल र मुक्तकसङ्ग्रहको रूपमा आएका छन्– विविध कृतिहरू पाँच वर्षको अन्तरालमा । ती कृति हुन्– साँघुरो सुर्को (२०७८), आमआलाप (२०७९), स्पूmरणका भावकणहरू (गजल, २०८१) र पछिल्लो कृति मुक्तकमा ‘खजमजिएको ब्रह्माण्ड’ (२०८३) । उनी कविता, गीत, गजल, मुक्तकमा रमाउने व्यक्ति हुन् भन्ने कुरा स्पष्ट देखिन्छ ।
त्यागीका
सम्पदा र सदीक्षा दुई छोरी छन्, नाम पनि कति सुन्दर राखेका छन्– कवितात्मक, सिर्जनात्मक
नामकरण । यसले त्यागीको भावना सुन्दर, संवेदनशील, भावात्मक छ भन्ने
कुरा स्पष्ट हुन्छ । मुक्तकसङ्ग्रहको प्रारम्भको समर्पणमा भनिएको छ ः “सारा
सृष्टिका सौन्दर्य सार आपूmभित्र खिचेर
फक्रँदै गरेकी अप्रतिम सुवासिली मेरा दुई पूmल पुत्रीद्वय सम्पदा र
सदीक्षालाई ।”
उनी
भन्छन् कृति लेख्ने क्रममा– “मलाई बन्धन निको लाग्दैन । मलाई पिँजडाभित्रको सुगाको
गोपीकृष्णको रटान उचित लाग्दैन । म अनन्त आकाशमा अनन्त उडान भर्न चाहन्छु ।”
यसले उहाँका कविता मुक्तक कस्ता छन् भन्ने
कुराको द्योतन गर्दछ किनकि भावना जस्तो छ त्यस्तै अन्तर्हृदयबाट प्रस्फुटन हुने हो
। मन स्वच्छ छ भने यथार्थ कुरा लेखनमा आउँछ ।
अहिले
विश्व नै खजमजिएको छ, जताततै विसङ्गति, भ्रष्टाचार, अहम्पनले गाँजेको
छ, एकले अर्कोलाई दबाउने प्रवृत्ति देखिएको छ र त्यसको प्रभाव
यस लेखनमा पनि आएको छ । आप्mनो संस्कृति, परम्परामा विचलन आएको छ ।
विज्ञानले विकास त गरेको छ– आज संसार नजिक छ, तर मानवीय प्रवृत्तिमा
ह्रास आएको छ, त्यही कुरा ‘खजमजिएको ब्रह्माण्ड’ मुक्तकसङ्ग्रहमा व्यक्त
गरिएको छ ।
‘खजमजिएको
ब्रह्माण्ड’ मुक्तकसङ्ग्रहमा तीन सय एकासीवटा चतुष्पदीय मुक्तक रहेका छन् । मुक्तकसङ्ग्रहको
मूल शीर्षक ‘खजमजिएको ब्रह्माण्ड’ राखिएको छ । यो व्यापकताको प्रतीक हो । यहाँ
खजमजिएको सामाजिक अवस्थासँग अथ्र्याउन खोजिएको छ, समाजसँग जोड्न खाजिएको छ, विश्व–ब्रह्माण्डसँग
जोड्न खोजिएको छ । कविको दृष्टि ब्रह्माण्डजस्तो छ, त्यस्तै मानवीय प्रवृत्ति
पनि । मन–मस्तिष्करूपी ब्रह्माण्ड उबड–खाबड छ, वर्तमान समयमा हेरिएको
अभिव्यञ्जनामूलक शीर्षक सार्थक रहेको देखिन्छ ।
‘खजमजिएको
ब्रह्माण्ड’ मुक्तकसङ्ग्रहको भूमिकामा विकलको बारेमा साहित्यकार ध्रुव मधिकर्मीको
भनाइ सुन्दर लाग्यो– “त्यागीका मुक्तकहरू सरल र सहज छन्, अनुभूतियुक्त छन्
। उनले मुक्तकका सामाजिक जीवनका सामान्य अनुभव र अनुभूतिमा केन्द्रित रहेर आप्mना भावनाहरू
लेखेका छन् ।”
यस कृतिमा रहेको
पहिलो मुक्तक–
आमाको दुधले नपुगेर बाबाको घुँडो चुस्नेहरू
ईश्वरलाई
सराप्ने क्रममा आकाशतर्फ थुक्नेहरू
जानाजान
आँखाको औषधी नाइटोमा घस्दै छन्
यतिसम्म
काबा कि सित्तैमा पाए अलकत्रा घिच्नेहरू । (पृ.१३)
विसङ्गतियुक्त
समाज देखेर वा मानवीय प्रवृत्ति देखेर कवि आक्रोशित हुन्छन् । विषयवस्तुका
दृष्टिकोणले ‘खजमजिएको ब्रह्माण्ड’ मुक्तकसङ्ग्रहमा बहुल विषयको प्रयोग गरिएको छ ।
चतुष्पदीय मुक्तकभित्र– सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, मानवीय प्रवृत्ति, पठन–संस्कृतिको
अभाव, मानवीय स्वभाव, जीवनको आरोहावरोह, प्रेम, देशप्रतिको ममता, प्रकृतिप्रदत्त
विषयहरू– हावापानी, वन–जङ्गल, पशुपक्षी, धर्म–संस्कृति, जातजाति आदि अनेक
विषयवस्तुलाई समेटिएको छ ।
छ
शब्दका मुक्तकदेखि (पृ.६४) अठचालिस शब्दसम्मका मुक्तक (पृ.१३३) यहाँ संरचित छन् ।
यसले के देखाउँछ भने विकल थोरै शब्ददेखि धेरै शब्दसम्मका मुक्तक पनि देख्न सक्छन्
र मुक्तकीय विधिबाट विचलित चाहिँ हुँदैनन्, यो मुक्तककारको विशेषता
मान्नुपर्छ । जस्तै– षड्शब्दीय मुक्तक–
यसै
नहुने
उसै
नहुने
लागिन्छ
उँधोमुन्टे
। (पृ.६४)
अठचालिस
शब्दको मुक्तक विकल त्यागीको यस्तो रहेको छ–
सारा भुइँलाई
थिचेर आपूm एक्लो सगरमाथा बन्न खोज्नेहरू पातालमुनि स्वात्त भासिँदै
छन् सारा झार–पातमाथि छ्यार पारेर आपूm एक्लो फिँजारिन
खोज्नेहरूको हात–खुट्टा भाँचिँदै छन् बीभत्स आँधी, हुरी, भुइँचालो र ज्वालामुखी सामुन्ने कसको बाउको के
लाग्दो रहेछ र ! सारा संसारलाई आफ्ने मुठीमा पोको पार्न चाहने ऐँठनेहरू बत्तीमा
पुतलीभैँ मासिँदै छन् । (पृ.१३३)
सामान्य
भनाइमा सूक्ष्म कुरा अभिव्यक्त गर्छन् विकल त्यागी भन्ने कुरा यी मुक्तकहरूबाट
स्पष्ट हुन्छ । यसै सन्दर्भमा अर्को मुक्तकलाई पनि हेर्न सकिन्छ । जस्तै–
न त
मलाई गरिब हुनु छ
न त
मलाई अमिर हुनु छ ।
वश
दुई हात थाप्न नपरोस् मैले
मलाई
त प्राणतुल्य समिर हुनु छ । (पृ.२४)
कविहृदय
कोमल छ यहाँ तर “प्राणतुल्य समिर हुनु छ ।” यस्ता सन्दर्भहरू मुक्तकहरूमा
देखिन्छन् । ठाउँ–ठाउँमा उखानको प्रयोग पनि राम्रो ढङ्गबाट भएको छ । उदाहरणका लागि
जस्तै–
मर्ने
वेलामा हरियो काँक्रो । (पृ. १५)
काले
काले मिलेर खाऊँ लाले भाले । (पृ. २०)
कुकुर
भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ । (पृ. २१)
सबै
कुरा राम्रा मात्र भन्नुभन्दा पनि छपाइको क्रममा, कतिपय ठाउँमा व्याकरणिक
हिसाबबाट हेर्दा दोष देखिने गर्छन् । जीवन एउटा पढाइ हो, पढेर जानेर सकिने
कुरा पनि होइन, तसर्थ मुक्तकलेख्ने क्रममा मुक्तककारले आक्रोश व्यक्त गर्ने
क्रममा कुत्ताको आची, कुत्ताको पानी (पृ. १४) जस्ता वाक्य आएका छन्
त्यस्ता शब्द–वाक्यको प्रयोलाई घुमाएर भन्न सकिन्छ र स्वयम् मुक्तककारले प्रयोग
गर्नुभएको छ । साहित्यिक दृष्टान्त अनुसार यसलाई दोष मानिन्छ, आगामी दिनमा
ध्यान जानु राम्रो
हुन्छ । अर्को
कुरा– नमिल्दो शब्दसन्धि भएको पनि छ यो नगर्दा राम्रो सुनिन्छ– ‘बैँसावेग’ बैँसको
आवेगलाई उहाँले जोडिनुभयो । तत्सम शब्दमा तत्सम शब्द नै समास गर्दा राम्रो हो, यो अमिल्दो भएको
छ । यस्ता व्याकरणिक अन्यत्र पनि देखिन्छन् ।
‘खजमजिएको
ब्रह्माण्ड’ मुक्तकसङ्ग्रह केही सामान्य कुरालाई छाडेर अनुभूति केन्द्रित, गम्भीर र सुबोध्य
रहेका छन् । सामाजिक, राजनीतिक, विकासका सन्दर्भ र
प्राकृतिक सन्दर्भहरूलाई पृष्ठभूमिमा राखेर लेख्नुका साथै बहुल विषयवस्तुलाई
अँगालेर लेखिएका मुक्तकहरूले पाठकवर्गलाई अवश्य आकर्षित गर्नेछ । कृति सङ्ग्रहणीय
रहेको छ । यस्तो सुन्दर कृति नेपाली साहित्यको फाँटमा आएको छ । मुक्तककार विकल
त्यागीलाई उत्तरोत्तर प्रगतिको कामनासहित बधाई ज्ञापन गर्दछु । शुभम् भवतु ।
– २०८३ भाद्र १३ गते, धुम्बाराही, काठमाडौँ