इन्द्रकुमार श्रेष्ठ “सरित्”
आँखा घोच्ने अँध्यारोलाई हटाउनु छ
छुट्टिएका बारहरू अहिले नै सटाउनु छ
दुष्टहरूको दुष्ट्याईको के कुरा गर्नु र ?
देशबाटै यिनीहरूको संख्या घटाउनु छ
कपु तहरूले गर्दा दुखेको छ आमाको छाती
पीडाको त्यो खाल्डोलाई मायाले पटाउनु छ
देश छ र हामी छौं भन्ने कहिल्यै बुझेनन्
यो शाश्वत सत्य तिनीहरूलाई बुझाउनु छ
घामभन्दा उज्यालो जुनभन्दा प्यारो देशलाई
पोखरीमा फुल्ने सुन्दर कमलझैँ बनाउनु छ
– तरहरा, सुनसरी, हालः काठमाडौँ