लीलाराज दाहाल
कोहीकोही किन यति प्यारा लाग्छन्
टाढै हुन्छन् र पनि सहारा लाग्छन् !
चे तनाको दियो बाली उज्यालिएका
मशाल बोक्ने हर गाउँ खारा लाग्छन् !
दीन, दुःखीका पीडा गीत बन्छन् जब
तिनै गीत सामन्तलाई नारा लाग्छन् !
पुग्छ जसै तयारी धक्का दिनलाई
तिनै पर्खाल मक्किएका गारा लाग्छन् !
– वाग्मती, सर्लाही