सम्पादकीय - ५८
नेपालको संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो निर्वाचन २०७९ मङ्सिर ४ गते शान्तिपूर्ण रुपमा सम्पन्न भयो । सो चुनावको नतिजा हेर्दा राजनैतिक दलहरूको रवैयाबाट दिक्क भएका जनताहरूलेपरिवर्तनको खोजी गरिरहेका
छन् कि भन्ने आभाष भइरहेको छ । २०४६ सालको बहुदलीय व्यवस्थाको आगमनपछि राष्ट्रिय राजनीतिको सेरोफेरोमा देखिएका र जुनै निर्वाचनमा पनि बलियो पकड देखाएका पुराना पार्टीहरूको प्रतिस्पर्धामा नितान्त नयाँ पार्टी र स्वतन्त्रहरूको विजयले पार्टीहरूप्रतिको वितृष्णा देखाइरहेको छ । तिस वर्ष आलोपालो राज्यसत्ता चलाएकाराजनैतिक दलहरूले जनताले चाहेजस्तो विकास निर्माणका काम र देशको समृद्धिमा उल्लेख्य प्रगति गरेको देखिदैन । तिस वर्ष अघि चुनाव लडेकाहरू आजको चुनावमा पनि उमेदवार बनेका छन् । उनीहरू देशको उन्नतिको केन्द्रबिन्दुभन्दा पनि सत्ता र शाक्तिको प्राप्तिमा केन्द्रित छन् । त्यसले पनि नयाँ अनुहार र नयाँ दलको उदय भएको हो भन्ने आम मानिसको बुझाइ छ । यस चुनावमा कुनै पनि राजनैतिक दलले स्पष्ट बहुमत नल्याएको र चारभन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्ने हुँदा सरकार पाँच वर्षसम्म टिक्छ भन्नेकुरा विगतको अङ्कगणित हेर्दा पनि थाहा हुन्छ । बहुमतको नजिक वा बहुमत हुँदा त पूरा अवधि सरकार टिक्न नसकेको अवस्थामा यो चुनावको परिणामले पाँच वर्ष टिक्ला भन्ने कुरा किमार्थ अनुमान योग्य होला कि ? अबकोसरकारको प्राथमिकता सरकार टिकाउन र संसदको किनबेचभन्दा पनि आफू टिकुन्जेल ंदेशको उन्नति, प्रगति र समृद्धिको यात्रामा खर्चनुपर्छ भन्ने आम जनताको चाहाना छ । लोककल्याणकारी राज्यको अवधारणा भनेको व्यक्तिगत, पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनताको भावनाअनुसार काम गर्नुहो । जनपक्षीय र लोकप्रिय काम गर्ने हो भने यो सरकार पाँच वर्ष टिकेर अर्को निर्वाचन गराउन सक्ने छ । सत्ता स्वार्थ र मतदाताको भावना बिर्सेर काम ग¥यो भने सरकार धेरै नटिक्ला । अब सरकारले देश र जनतालाई बिचमाराखेर समृद्धिको यात्रा तय गर्दै राष्ट्रलाई उन्नतिको पथमा लौजनुपर्दछ । त्यसको लागि नागरिक समाज, राजनैतिक पार्टीहरू, प्रतिपक्ष दल, सम्पूर्ण जनताले सहयोग गर्दै सरकारलाई सफल बनाउनुपर्दछ ।